Skip to main content

नयाँ तृष्णा

झापा काउन्सेलरद्धारा ‘इन्टरनेट सेफ्टी’ सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

[adsforwp id="2511"]

तरुण राई,

७ मंसिर,

काँकरभिट्टा । एक्का नेपालका झापा काउन्सेलरको आयोजनामा इन्टरनेट सेफ्टी सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । एक्का नेपाल झापाका काउन्सेलरको आयोजना र एमिटी पब्लिक स्कूल काँकरभिट्टामा रहेको एमिटी प्रकृति क्लबको सहयोगमा भएको सो अभिमुखिकरण कार्यक्रम मेचीनगर नगरपालिका–६, काँकरभिट्टामा अवस्थित सूर्योदय अंग्रेजी माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न भएको हो।

अभिमुखिकरण कार्यक्रममा काउन्सेलर विष्णु प्रसाई, प्रियंका दनुवार लगायत एमिटी प्रकृति क्लबबाट प्रतिनिधित्व गरेका विद्यार्थीहरुद्धारा आजको समयमा इन्टरनेटको महत्व र आवश्यकता, बालबालिकाहरुले इन्टरनेट प्रयोग गर्दा कसरी सुरक्षित हुने साथै इन्टरनेट दुरप्रयोग भइहालेमा यसको हानि र जोखिमहरुबाट कसरी जोगिने र इन्टरनेट प्रयोग गर्दा आफु असुरक्षित भएमा यसले निम्त्याउन सक्ने मानसिक र स्वास्थ्यलाईमा पर्ने नराम्रो असरलाई कसरी समाधान गर्ने भन्ने बारेमा जानकारी दिनुभयो।

सूर्योदय अंग्रेजी माध्यमिक विद्यालयका प्रधान अध्यापक सिबु मैनालीले एक्का नेपालका काउन्सेलरहरुलाई धन्यवाद दिनुको साथै यस प्रकारका अभिमुखिकरण कार्यक्रम नौलो भएको र हामीले हाम्रो बाल बालिकाहरुमा कसरी इन्टरनेटको हानि र जोखिमहरुबाट कसरी जोगिने भन्ने बारेमा आफ्नो भनाई राख्नु भयो।

सूर्योदय अंग्रेजी माध्यमिक विद्यालयका कक्षा ८ र ९ का ५० जान विद्यार्थी माझ भएको सो अभिमुखिकरण कार्यक्रमको सञ्चालन काउन्सेलर चाँदनी अन्सारीले गर्नुभएको थियो भने काउन्सेलर विशिका श्रेष्ठ र काउन्सेलर सलिन सुब्बाले एक्का नेपाल र झापाका काउन्सेलरका बारेमा जानकारी दिनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक...
लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरण...
फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चा...
पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

काठमाडौँ, । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर...