४ मंसिर , काठमाडौं । प्रेस काउन्सिल नेपालले गलत र भ्रमपूर्ण अभिव्यक्ति प्रसारण गरी अराजकता फैलाएको भन्दै विभिन्न ९ वटा युट्युब च्यानललाई मंगलबार कारबाही गरेको छ । ती मध्ये दर्ता, सूचीकरण विना चलेका ३ वटालाई आवश्यक अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोमा पत्राचार समेत गरेको छ । सूचीकरण भएका अन्य सामाजिक सञ्जाल (युट्युब च्यानल)मा भएका अप्रमाणित र एकपक्षीय सामाग्रीलाई तत्काल हटाउन वा स्थगन गर्न समेत काउन्सिलले निर्देशन दिएको छ । काउन्सिलले पछिल्लोसमयमा कार्यविधि बनाई कुनै मिडियासँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जाल विशेष गरी युट्युब च्यानल र फेसबुक पेजबाट सम्प्रेषित सामाग्रीको विशेष अनुगमन गरिरहेको छ । केही सामाजिक…
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले “लैंगिक हिँसा विरूद्धकाे १६ दिने अभियान” विविध कार्यक्रम गरि भव्यरूपमा सफल बनाउन सम्बन्धि सरोकारवाला निकायहरूसंग छलफल अगाडि बढाएको छ । नगरपालिकाले आज नगरपालिकाको बैठक कक्षामा बिशेष छलफलको आयोजना गरि नगरक्षेत्र भित्र रहेका महिला, बालबालिका तथा मानव अधिकारका क्षेत्रमा क्रियाशील विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्था, विभिन्न राजनीतिक दलका नेतृत्वदायी भूमिकामा रहेका महिला प्रमुख प्रतिनिधिहरूलाई एक ठाउँमा उपस्थित गराएर मेचीनगरको अगुवाइमा सबैलाई एकताबद्ध बनाइ अभियानलाई साझा रूपमा सफल बनाउन के कस्ता उपायहरू अपनाउनु पर्छ भन्ने बिषयमा बृहत् छलफल गरिएको थियो । छलफलमा बोल्दै मेचीनगर उपप्रमुख मीना पोख्रेल उप्रेतीले अहिलेको समयमा पनि विभिन्न बहानामा मानिसको मानवीय अधिकारी…
२ मंसिर, झापा । झापाको दमक ३ मा जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ। आज बिहान २ बजे दमक नगरपालिका वडा न.३ दिपज्योती टोलमा जंगलबाट आएको एउटा हात्तीले सोही ठाउँ बस्ने सुबिन भट्टराईको भान्सा घर भत्काउन लागेको थियो । सोही बेला छिमेकी ४५ वर्षीय मिनबहादुर भण्डारीले धपाउन खोज्दा उनीमाथि हात्तीले आक्रमण गरेको थियो । सय मिटर परसम्म हात्तीले लखेटेर लछारपछार पारी उचालेर पछार्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय दमकमा घटनाबारे प्राप्त हुनासाथ प्रहरी टोली खटिएर अनुसन्धान कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
२२ कार्तिक , झापा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व मङ्गलबारदेखि सुरु भएको हो । विभिन्न नदी तथा तलाउको किनारमा पुगेर छठको व्रत लिनेहरुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका हुन् । अहिले पनि नदी तथा तलाउका किनारमा व्रतालुहरु बसिरहेका छन् । उनीहरु रातभर जाग्राम बस्छन् । भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ समापन हुन्छ । झापाको बिर्तामोडमा नेपाल मेधेशी सेवा समाजको आयोजनामा बिर्तामोड–३, बिर्ताबजार अदुवा खोलामा छठ पुजा तथा साँगीतिक समारोहलाई सम्बोधन गर्दै कोशी प्रदेशका उर्जा जलस्रोत तथा सिंचाइ मन्त्री एकराज…
२१ कार्तिक, Share – होमराज राई, मेचीनगर । झापा इसाई समाजले आठौं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । बुधवार बिर्तामोडको पर्शुराम पार्टी प्यालेसमा धार्मिकताले राष्ट्रको उन्नति गराउँछ भन्ने मुल प्रशंगकासाथ कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरप्रमुख पबित्रा महतारा प्रसाई र प्रमुख बक्ता रेभ एनडी थुलुङ्ग रहेको थियो । कार्यक्रमका प्रमुख बक्ता थुलुङ्गले भने धार्मिकताले राष्ट्रको उन्नति गराउँछ भन्ने प्रशंगबाट बोलेका थिए । सभमा धार्मिकताले निष्कलंताले,पबित्रताले, असल ब्यवहारद्धारा राष्ट्रलाई उचाल्छ । येशूख्रीष्टमा भएको धार्मिकता, पबित्रता र भक्तिपूर्ण जीवनले नै सम्प्रर्ण राष्ट्रलाई उचाल्ने काम गर्दछ । अब आउने झपा इसाई समाजका समितिहरु ठूलो दर्शन लिएर सबै मण्डलीहरुबीच एकता कायम ल्याउनु पर्ने उनको…
२० कार्तिक, काठमाडौँ। डेडिकेटेड फिडर तथा ट्रंक लाइन विवादमा महसुल नतिर्नुपर्ने माग गर्दै दायर भएको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । हिमाल आइरन एन्ड स्टिल उद्योगले नेपाल विद्युत प्राधिकरणको महसुल उठाउने निर्णयविरुद्ध रिट सर्वोच्च अदालतले मंगलबार खारेज गरिदिएको हो । मंगलबार प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश महेश शर्मा पौडेलको संयुक्त इजलासले उक्त रिटलाई खारेज गरिदिएको हो । प्राधिकरणले उक्त उद्योगले १३ करोड ६५ लाख १ हजार ९०२ रुपियाँ बक्यौता तिर्न बाँकी रहेको जनाएको छ । डेडिकेटेड र ट्रंकलाइनको महसुल उठाउने प्राधिकरणको निर्णयविरुद्ध हिमाल आइरन एन्ड स्टिलले २०७५ फागुन ९ गते सर्वोच्च अदालतमा रिट दर्ता गरेको थियो । यसअघि विद्युत…
२० कार्तिक, काठमाडौं। मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी धनुषा जनकनन्दिनी गाउँपालिका-४ ठेगाना भएका दिलीप राउत पक्राउ परेका छन् । एनसिबि कुवेतको समन्वयमा कुवेतमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ मंगलबार नेपाल फिर्ता ल्याइएको छ । राउत समेत भएको मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८१ असोज १८ गते उनी विरूद्ध रेड नोटिस जारी भएको थियो । उनलाई सम्बन्धित कसूर बमोजिम कानूनी कारवाहीको लागि मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटि…
१९ कार्तिक, झापा । नेपाली ख्रीष्टियन नागरिक संघ भद्रपुर क्षेत्र न ३ का कार्य–समितिले शुभकामना कार्यक्रम गरेको छ । सोमबार भद्रपुर ४ स्थीत नेपाल ख्रीष्टियन चर्च भवनमा सम्पन्न भएके शुभकामना कार्यक्रममा कोशी प्रदेश राज्य तथा भौतिक पुर्वधारमन्त्री भूमी प्रसाद राजबंशीको प्रमुख आतिथ्यतामा भएको थियो। मन्त्री भूमी प्रशाद राजवंशी ,पुर्वधार बिकास ,राज्यमन्त्रीले भन्नुभयो धर्मले सहि बाटोमा हिड्न सिकाउने काम गर्छ। धर्मले मान्छेलाई असल बनाउने काम गर्छ ।धर्मले सत्मार्गमा हिड्ने दिशा देखाउँछ। ख्रीष्टियन धर्म नयाँ धर्म होइन धेरै पुरानो हो । हामीलाई स्कूलमा इतिहासको किताबबाट पढाइन्थ्यो । राजवंशी मन्त्रीले धन्यवाद र शुभकामना सम्बोधन गर्दै भन्नुभयो एउटा महत्वपूर्ण कुरा यहाँ मैले देखिराखेको छु…
१४ कार्तिक, मेचीनगर । न्हुँदया भिन्तुना नेपाल सम्बत ११४५ को अवसरमा मेचीनगर –८ मा सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । साँस्कृतिक सम्पदा पुर्खाको पौरख, नेपाल सम्बत राष्ट्रिय गौरव भन्ने मुल नाराका साथ नेवा: देय् दवू मेचीनगर – ८ वडा समितिको आयोजनामा हुन लागेको साँस्कृतिक कार्यक्रममा राष्ट्रिय कलाकारदेखि बिभिन्न जातजातिको जातीय नृत्य, संगिनी नृत्य, बालन प्रस्तुत हुने छ । आयोजकले मंगलबार इटाभट्टामा पत्रकार सम्मेलन आयोजना गरेको २०८१ कात्र्तीक १६ गते साँझ साँस्कृतिक कार्यक्रम आयोजना गर्न जानकारी दिएको हो । नेवा : देय् दवूका केन्द्री सचिव दिनेश शाक्यले नेपाल सम्बतको महत्वको बारेमा प्रकाश पार्दै यसलाई देशभर लागू गर्नु पर्ने बताए…
९ कार्तिक, मेचीनगर । मेचीनगर ४ गोलेगाँउ टोल बिकास समिती आराधना चोक स्थित पूर्व दिशातर्फ राइसिङ पुल जाने सबिक बाटो झाडी जङ्गलले छोपी साना–तिना यतायातलाई समेत आवत–जावत गर्ने क्रममा गाह्रो अप्ठेयारो परेकाले गाउँका व्यक्तिहरुद्धारा श्रमदान गरेकाछन् । स्थानीय सरकार अर्थात सम्बन्धित निकाय वडा कार्यलयबाट बाटोले छोएको झाडी,रुख–बिरुवाहरु काटन हटाउने क्रम बिगत धेरै समयदिनदेखि निष्क्रिय रहेको देखिएको छ । उक्त बाटोका जङ्गल र झाडिलेगर्दा गाडी, बाइक कुदाउँदा हाँगाहरुले लाग्ने गर्दा कठिनाई ब्यहर्नु परेकोले आफै यसरी फाँडने काट्ने गरेको हो । वडाबाट खटिएकाहरुको बाटो हेर्दा झनै जङ्गल हुने श्रमदानकर्ताहरु बताउँछन् । यो गोलेगाँउ टोल बिकास समिति अन्तर्गत गाउँ वासीहरु सडक पोल बत्ती…