Skip to main content

नयाँ तृष्णा

समाज

कोटेश्वरबाट लगेर बन्धक बनाइएकी महिलाको उद्दार, संलग्न एक महिला नियन्त्रण

कोटेश्वरबाट लगेर बन्धक बनाइएकी महिलाको उद्दार, संलग्न एक महिला नियन्त्रण

७ कात्तिक, काठमाडौं । काठमाडौंको कोटेश्वरबाट लगेर ललितपुरको चाल्नाखेलमा बन्धक बनाइएकी महिलाको उद्दार गरिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, ललितपुरको संयुक्त टोलीले ती महिलालाई उद्दार गरेको प्रहरीले जनाएको छ । पीडित महिला गर्भवती समेत रहेकी छन् । वैदेशिक रोजगारीमा पठाइदिने भनेर लिएको १६ लाख रुपैयाँ फिर्ता नदिएको भन्दै उनलाई बन्धक बनाएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । प्रहरीले यसमा संलग्न एक महिलालाई पनि नियन्त्रणमा लिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईका अनुसार, लेनदेनको विषय जोडिएपछि दुवैलाई ल्याएर सोधपुछ गरिनेछ । त्यसपछि यसमा कारबाही प्रक्रिया कसरी अघि बढ्छ भन्ने निर्क्यौल हुने प्रहरीले बताएको छ…
Read More
महान आज्ञा कार्यशाला गोष्टि, कोशी प्रदेश समितिमा रेभ.शमूएल तामाङ्ग

महान आज्ञा कार्यशाला गोष्टि, कोशी प्रदेश समितिमा रेभ.शमूएल तामाङ्ग

२८ असोज, मेचीनगर । काँकरभिट्टाको कृपा फ्रि मेथोडिष्ट चर्च भवनमा महान आज्ञा कार्यशाला गोष्टि सम्पन्न भएको छ । सोमबार अनाथ, असाहाय बाल–बालिका,एकल महिला र गरीव बालबालिकाहरुको सेवा गर्ने उद्देय र यस कार्यशालाको मुख्य थिम नै “आफ्नो छिमेकीलाई आफूलाई झै प्रेम गर” भन्ने रहेकाले सबैले यस अर्गनाइजेसनको भिजनलाई साथ दिनुपर्ने संस्थाका निर्देशक रेभ.सिमसन तामाङ्गले बताउनु भयो । ग्लोवल अर्फन रिलिफ अर्गनाइजेसनको आयोजनामा भएको गोष्ठिमा अनाथ, असाहाय, असक्त बाल–बालिकाहरुमाभफ सेवा गर्ने उद्देश्यले नेपालमा स्थापना भएको निर्देशक तामाङ्गको भनाइ छ । कार्यक्रममा बाल–बालिका सम्बन्धि नेपालका कानूनी परामर्शदाता, बाल–मनोबैज्ञानिक तथा सामाजिक ब्यक्तित्वहरुबाट प्रशिक्षण लिएका थिए । संस्थाका निर्देशक तामाङ्गले दर्शन त्यसको कामबारे प्रस्ट्याएका थिए…
Read More
बुद्वशान्ति ख्रीष्टियन समाजकाे प्रथम बार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा पाष्टर राजन बस्नेत

बुद्वशान्ति ख्रीष्टियन समाजकाे प्रथम बार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा पाष्टर राजन बस्नेत

बुधबारे, २७ असाेज । राजन बस्नेत काे अध्यक्षतामा नव कार्य समिति गठन गरि बुद्वशान्ति ख्रीष्टियन समाजकाे प्रथम बार्षिक साधारण सभा सम्पन्न भएकाे छ। सभाले मेथाेडिष्ट चर्चका पाष्टर राजन बस्नेतकाे अध्यक्षतामा सर्बसम्मत प्रकृयाबाट नव समिती गठन गरेकाे छ । गठित समितिकाे उपाध्यक्ष,सचिब,सह सचिव र काेषाध्यक्षमा क्रमस पा तेज बहादुर भण्डारी ,पा प्रेम बहादुर लिम्बू ,ए गगन प्रधान र पा राम राई चुनिएका छन । यस्तै सदस्यमा पा अमृत शिवा, ए गुमान सि जवेगु,चन्द कला लिम्बू, नमिता बर्देवा,कमल मग्राति ,मनिष राई ,अर्पणा तामङ्ग र अमित मगर चयन भएका छन् । अन्तराष्ट्रिय पाष्टर दिवसकाे अवस पारि आयाेजित सभामा सिलिगुडि स्थित हिमालय फ्रि चर्चका…
Read More
मङोलद्वारा कालो टीका लगाएर दशैं बहिष्कार

मङोलद्वारा कालो टीका लगाएर दशैं बहिष्कार

२६ आश्विन, मेचीनगर । झापाको मेचीनगरस्थित मंगोल नेशनल अर्गनाइजेसनले कालो टीका लगाएर दशैंको बिरोध गरेको छ । दशैं बहिष्कार अभियान अन्तरगत अर्गनाइजेसनले कालो टीका लगाएर बहिस्कार गरेको हो । मेचीनगर नगरपालिका-२ को मंगोल रिसर्च सेन्टरमा भेला भएर उनीहरूले कालो टीका लगाएका हुन् । लगभग २५ जनाको समूह भेला भएर 'कथित दशैं बहिस्कार कार्यक्रम' आयोजना गरिएको थियो । कार्यक्रममा मंगोल नेशनल अर्गनाइजेसनका प्रेसिडेन्ट बुद्धलाल मेचे, कोशी प्रान्त सभा सदस्य बनिरा मेचे, मङ्गोल नेशनल अर्गनाइजेसन मेचीनगर अध्यक्ष किशोर धिमाल लगायतको सहभागिता रहेको थियो ।
Read More
दशैंको अवसरमा जागृत बाल उद्धार केन्द्रलाई खाद्यन्न सामाग्री बितरण

दशैंको अवसरमा जागृत बाल उद्धार केन्द्रलाई खाद्यन्न सामाग्री बितरण

मेचीनगर । सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडद्धारा जागृत बाल उद्धार केन्द्र नेपाललाई दशैंको उपलक्ष्यमा खाद्यन्न सामाग्रीसहित नगद बितरण गरेको छ । आज सहकारी संस्थाले यहाँका आश्रित बाल बालिकालाई बडा दशैंको अवसरमा खाद्यन्नलगायत मासु खनाका लागि नगद बितरण गरेको हो । संस्थाका बिभागीय बिजय बस्नेतले दशैको चाडवाडको समयमा बाल बालिकाहरु भोकभोकै नबसुन् भनेर दश हजारजतिको खाद्यन्न संस्थाले उपलब्ध गराएको बताउदै संस्थाका अध्यक्ष सुवास भट्टराईको हातबाट हस्तान्तरण गरिएको थियो । सहकारी संस्था संस्थाबाट केन्द्रीय अध्यक्ष सुवास भट्टराई, बिभागीय बिजय बस्नेत, सेवा केन्द्र काँकरभिट्टा प्रमुख नारद प्रसाद पौडेल र कर्मचारी हरि दाहाल सहभागी रहेका थिए भने यस जागृत बाल उद्धार केन्द्र…
Read More
चीनमा एक अत्याधुनीक चर्चको उद्घाटन

चीनमा एक अत्याधुनीक चर्चको उद्घाटन

१७ आश्विन , झापा । चीनको फुजाऊ पुजियानमा रहेको चाङ्ले जिल्लाको चेङ्गुआन चर्चले नयाँ एक अत्याधुनीक सुन्दर चर्च भवनको उद्घाटन तथा समर्पण गरेको छ । करिब एक सय वर्ष पुरानो मानिने चर्चको नयाँ भवनको उद्घाटन गरिएको छ । चर्चको उद्घाटन समारोहमा चाङ्ले क्रिस्चियन काउन्सिलका अध्यक्ष र चेङ्गुआन चर्चका पास्टर इन्चार्ज पास्टर लिउ लिजेनले सञ्चालन गर्नुभएको बताइएको छ । चर्च उद्घाटन समारोहमा जब घण्टी बज्यो र मण्डली “होली, होली, होली” गाउन थाले । संगीत झुण्डले परमेश्वरको आराधना गरेर ५० भन्दा बढी पास्टरहरु उद्घाटन समारोहमा भित्र पसेको कुरा उल्लेख गरिएको छ । चीनमा लामो समयदेखि पास्टरीय सेवाकाई गरीरहेका पास्टरहरुले परमेश्वरको बचनबाट उद्घाटनमा प्रचार…
Read More
भोलि सरकारले दिए सार्वजनिक बिदा

भोलि सरकारले दिए सार्वजनिक बिदा

१६ आश्विन, काठमाडौं । सरकारले भोलि सार्वजनिक बिदा दिएको छ । भोलि दशैँको पहिलो दिन अर्थात घटस्थापना भएकाले सार्वजनिक बिदा दिएकाे हो । सार्वजनिक बिदा भएका कारण सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्था, विद्यालय, बीमा, सेयर बजार बन्द हुने छन् ।
Read More
जैतुन छाँया सफलताको धन्यवाद कार्यक्रम, दर्शन सुतेर देख्ने कुरा होइन, देखेर सुत्नै नसक्ने हो : पास्टर नामूल राई

जैतुन छाँया सफलताको धन्यवाद कार्यक्रम, दर्शन सुतेर देख्ने कुरा होइन, देखेर सुत्नै नसक्ने हो : पास्टर नामूल राई

होमराज राई, १४ आश्विन, झापा । विर्तामोड नगर ईसाई समाज जवान संगतिले जैतुन छाँया सिजन ३ एपिसोड २ सफलतापूर्वक सम्पन्न गरेकोमा धन्यवाद कार्यक्रम गरेको छ । गत असोज ३ गते पासाङ्ग ल्हामु स्मृति जेसिस सामुदायीक सभाहल धुलावारीमा सम्पन्न जेैतुन छाँया सिजन ३ एपिसोड २ मा भब्य दर्शकको उत्साहजनक उपस्थिति रहेको कार्यक्रम सफलताको लागि जुटेका सहयोगीदाता, सम्पूर्ण ईसाई समाज, सञ्चारकर्मी, स्वयंसेवक लगायतले पुर्याएको योगदानको सम्मान गर्दै आयोजक समितिले धन्यबाद ज्ञापन गरेको हो । जेतुन छाँया सिजन ३, एपिसाेड २ सफलताको धन्यवाद कार्यक्रमका प्रमुख बक्ता पास्टर नामूएल राईले बुद्धिमानहरु, पैसावालहरु र दर्शन देख्नेहरु आउछन् , तर सबै कुरा छाेडाेर दर्शन लिएर आउनेहरुसँग…
Read More
कमल गाउँपालिका ईसाईको अधिवेशनबाट पास्टर प्रताप बिश्वकर्मा अध्यक्षमा निर्वाचित

कमल गाउँपालिका ईसाईको अधिवेशनबाट पास्टर प्रताप बिश्वकर्मा अध्यक्षमा निर्वाचित

१४ आश्विन, बिर बहादुर तामाङ, झापा । कमल गाउँपालिका ईसाई समाजको ९ ओैं अधिवेशन तथा १९ औं वार्षिक साधारणसभा केर्खा स्थित ज्योति चर्चमा सम्पन्न भएको छ। आईतबार सम्पन्न साधारणसभामा कमल गाउँ पालिका ईसाई समाजको अध्यक्ष रेभ.जोन मूर्मुको सभाअध्यक्षता तथा झापा जिल्ला ईसाई समाजका अध्यक्ष रेभरेण्ड अमरदिप आले मगरको प्रमुख आतिथ्यमा सम्पन्न भएको हाे । उक्त अधिवेशनमा कमल समाजका अध्यक्ष मूर्मुको प्रार्थनाद्वारा शुरू भएको कार्यक्रममा झापा जिल्ला ईसाई समाज, छिमेकी ईसाई समाज चुलाचुली र स्थानीय इलाका समाज गरी करिब ९० जनाको उपस्थिति रहेको थियो । अधिवेशनमा आतिथिमा चुलाचुली ईसाई समाजबाट पा गोपाल श्रेष्ठ र दमक नगर ईसाई समाजबाट पत्रकार तथा पास्टर…
Read More
सिधा कुरा डटकमका सम्पादकसहित तीनै जनालाई कैद सजाय

सिधा कुरा डटकमका सम्पादकसहित तीनै जनालाई कैद सजाय

१३ आश्विन, काठमाडौँ । सर्वोच्च अदालतले सिधाकुरा डटकमले अदालतको अवहेलना गरेको ठहर गर्दै सम्पादक, प्रकाशक र समाचार स्रोत राजकुमार तिमल्सिनालाई कैद सजाय सुनाएको छ । सर्वोच्च अदालतका अनुसार आइतबार बसेको पूर्ण इजलासले राजकुमार तिमल्सिनालाई ६ महिना कैद, प्रकाशक युवराज कँडेललाई र सम्पादक नवीन ढुंगानालाई तीन-तीन महिना कैद सजाय सुनाएको हो । त्यस्तै सर्वोच्चले सिधाकुरा डट कमलाई ५ हजार जरिवाना सुनाएको छ । सर्वोच्चले सम्पादक ढुंगाना र प्रकाशक कंडेलको हकमा सर्वोच्च अदालतमा उपस्थित भएर क्षमायाचना तथा पुन: त्यस्तो कार्य नदोहोराउने लिखित प्रतिबद्धता व्यक्त गरेमा तीन महिनाको कैदबाट सात दिनको मात्र कैद सजाय हुने आदेश गरेको छ ।  प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू…
Read More