४ पुष २०८२, शुक्रबार, काँकरभिट्टा । पर्यटन प्रवद्र्धन तथा दुई देशबीचको आपसी सम्बन्ध स्थापित गर्ने उदेश्यले मेचीनगरमा पहिलो पटक ‘इन्डो–नेपाल मेचीनगर मिडियाकप २०८२’ आयोजना गरिने भएको छ । प्रेस क्लब मेचीनगरको आयोजनामा यही पुस २७ र २८ गते काँकरभिट्टा माविको खेल मैदानमा प्रतियोगिता आयोजना गरिने भएको हो । खेलकुदको माध्यमबाट दुई देशबीचको भाइचारा स्थापित गर्दै नेपालको पर्यटन क्षेत्रको अधिकतम प्रचारप्रसार गर्ने मुख्य उदेश्य राखेर प्रतियोगिता आयोजना गर्ने तय भएको प्रेस क्लब मेचीनगर अध्यक्ष प्रकाश पौडेलले जानकारी दिए । प्रतियोगिताको विजेतालाई आकर्षण पुरस्कार राशी समेत राखिएको छ । प्रतियोगिताको विजेताले नगद ५० हजारसहित ट्रफी, मेडल तथा प्रमाण पत्र पाउनेछ । यस्तै,…
१८ मंसिर २०८२, बिहीबार, झापा । पूर्वी नाका काँकरभिट्टालगायतका क्षेत्रमा लागूऔषध तथा मानव बेचबिखनका घटनाहरू बढ्दै गएपछि सरोकारवालामा चिन्ता बढेको छ। नेपाल प्रहरी प्रदेश कार्यालय धरानले लागूऔषध तथा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत बिहीबार एकदिने अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। इलाका प्रहरी कार्यालय काँकरभिट्टाको सभाहलमा सम्पन्न कार्यक्रममा वरिष्ठ उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयाँलले लागूऔषध र अन्य अपराधिक गतिविधि बढ्दै गएको प्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको थियो। उहाँले भने, “लागूऔषध र मानव बेचबिखन विरुद्धको अभियान प्रारम्भ त भएको छ, तर यसलाई पूर्ण रूपमा नियन्त्रण गर्न अझै धेरै काम गर्न बाँकी छ।” कार्यक्रममा प्रहरी निरीक्षक जस बहादुर लिम्बु तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरू…
झापा, बिर्तामोड — N.E.B.C चर्च, बिर्तामोडद्वारा आयोजित एकदिने पत्रकारिता तालिम सम्पन्न भएपछि आज चर्च परिसरमै रक्तदान कार्यक्रम सम्पन्न भएको छ। बिर्तामोड रेडक्रसका इन्चार्ज पवन थापाको नेतृत्वमा खटिएको टोलीले चर्च परिसरमा २७ जना रक्तदाताबाट रगत संकलन गरेको थियो। संकलित रगत बिर्तामोड रेडक्रसमै सुरक्षित राखिने भएको छ। कार्यक्रमको प्रमुख भूमिकामा एल्डर मन खुदाङ रहेका थिए। साथै पास्टर रन कुमार सेवा तथा सम्पूर्ण N.E.B.C चर्चका पास्टर तथा अगुवाहरूको सहयोग तथा सहभागिता उल्लेखनीय रहेको थियो। एकदिने पत्रकारिता तालिममा ५० जनाको सहभागिता पास्टर **गिदोन लामिछाने (तारा)**को प्रमुख प्रशिक्षणमा सम्पन्न एकदिने पत्रकारिता तालिममा पाँचथर, ताप्लेजुङ, इलाम, झापा, मोरङ र सुनसरी गरी कुल ५० जनाको उपस्थिति रहेको…
१३ मंसिर २०८२, शनिबार, ईलाम । इलामको माई नगरपालिका–१ र ६ जोड्ने माईखोलामा आवागमन सहज बनाउन स्थानीयबासी र श्रम संस्कृति पार्टीको संयुक्त पहलमा ३५ मिटर लामो बाँसको अस्थायी फड्के पुल निर्माण गरिएको छ। वर्षेनी बढ्दो बाढीको जोखिम र पुरानो मार्ग बिग्रँदै गएपछि वैकल्पिक पहुँचमार्ग आवश्यक ठहरिँदै आएको थियो। स्थानीय initiative र सामूहिक श्रमदानकै बलमा पुल निर्माण सम्पन्न भएको छ। बाँसको तयार गरिएको यो फड्के पुलले दुवै वडाका वासिन्दालाई हिडडुल, विद्यालय जाने बालबालिकाको आवतजावत र दैनिक आवश्यकता पुर्याउने वस्तु ढुवानीमा तत्कालीन रूपमा सहजता दिने अपेक्षा गरिएको छ। विशेषगरी खोला तर्ने क्रममा बारम्बार जोखिम सामना गर्नुपर्ने बालबालिका, वृद्धवृद्धा तथा महिला दिदीबहिनीलाई यो…
९ मंसिर २०८२, मंगलवार, धुलाबारी, ९ मङ्सिर । लैङ्गिक हिंसाविरुद्धको ३४औँ ‘१६ दिने अभियान’ आजदेखि देशभर शुरु भएको छ । मेचीनगर नगरपालिका–११ धुलाबारीमा यस अभियानको सुरुआत प्रभातफेरिद्वारा गरिएको हो । “प्रविधिको सही प्रयोग गरौं, लैङ्गिक हिंसा अन्त्य गरौं” भन्ने मूल नारासहित धुलाबारी चोकबाट दक्षिणतर्फ खयरडाँगी हुँदै गरिएको प्रभातफेरिमा नगरप्रमुख गोपालचन्द बुढाथोकी, उपप्रमुख मिना उप्रेती, कार्यकारी प्रमुख अग्निप्रसाद अधिकारी, पुरुष सञ्जालका अध्यक्ष मोहन काजी लगायत जनप्रतिनिधि, विद्यार्थी, शिक्षक, विभिन्न संघसंस्था तथा सुरक्षाकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले “हिंसा–मुक्त घर, सुरक्षित समाज”, “लैङ्गिक हिंसाविरुद्ध बोल्नु नागरिकको कर्तव्य”, “मनौं तड्कौं, हरेक हिंसाको विरुद्ध खड्कौं” जस्ता संदेशसहितका प्लेकार्ड लिएर र्यालीमा सहभागिता जनाएका थिए। र्यालीपछि…
झापा । झापाको बिर्तामोड–३ स्थित बिराटपोखरिमा बालाचतुर्दशीको अवसर पारेर आयोजित गंगा आरती तथा संध्याकालीन भजन–कीर्तन कार्यक्रम सम्पन्न भएको छ। बिराटपोखरी बहुदेशीय संस्थाको आयोजना रहेको उक्त धार्मिक कार्यक्रममा स्थानीय भक्तजनको सक्रिय सहभागिता रहेको थियो। संस्थाका सचिव जगन्नाथ भट्टराईका अनुसार संध्याकालीन भजन–कीर्तनपछि रातभर जाग्राम राखी भजन–कीर्तन गरिएको थियो। साथै बिहान ३ बजेबाट पितृहरूको नाममा सतबीज छर्ने कार्यक्रम सञ्चालन गरिएको उनले जानकारी दिए। राजकुमार पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमले धार्मिक तथा सांस्कृतिक वातावरणलाई झन् समृद्ध गरेको आयोजक संस्थाले जनाएको छ।
२८ कार्तिक २०८२, शुक्रबार, वर्षौंसम्म अलपत्र पर्दै आएको ‘पूर्वको पहिलो बहुआयामिक सांस्कृतिक संग्रहालय’ सञ्चालनमा ल्याउने अन्तिम तयारीमा मेचीनगर नगरपालिका जुटेको छ। झापा क्षेत्रका २२ जातजातिको कला, पहिचान र संस्कृतिलाई संरक्षण गर्ने लक्ष्यसहित २०७५ सालमा जमिन व्यवस्थापनबाट सुरू भएको यो परियोजना कानुनी तथा प्राविधिक जटिलताका कारण बीचैमा रोकिएको थियो। २०७८ सालमै आंशिक संरचना तयार गरिए पनि विद्यालय व्यवस्थापन समिति र नगरपालिकाबीच कागजी सहमति नहुँदा निर्माण अघि बढ्न नसकेको नगरप्रमुख मनोजकुमार बुढाथोकी बताउँछन्। उनका अनुसार, ‘सम्भावित मुद्दा र अस्पष्ट सम्झौताका कारण राज्यको लाखौं बजेट उपयोगविहीन हुन लागेको थियो। अब सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरी निर्माणको वास्तविक स्थिति मूल्यांकन गरेर सञ्चालनमा लैजाने…
२४ कार्तिक २०८२, सोमबार, झापा, बिर्तामोड । झापाको बिर्तामोडमा ईसाई मण्डलीहरूले आयोजना गरेको फुटसल टुर्नामेन्ट सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगितामा न्युलाईफ फेलोसिप समूह विजेता बनेको छ भने गड भिजन समूह उपविजेता रह्यो। त्यस्तै, N.E.M समूह ले तेस्रो (सान्त्वना) स्थान हासिल गर्न सफल भयो। प्रतियोगिताको पुरस्कार राशी यस प्रकार रहेको थियो: पहिलो स्थान: रु. 40,000 दोस्रो स्थान: रु. 20,000 तेस्रो स्थान: रु. 10,000 कार्यक्रमको आयोजना सालोम इभेन्ट नेपाल ले गरेको थियो भने संयुक्त नागरिक पार्टी मुख्य प्रायोजक रहेको थियो। साथै, विभिन्न मण्डली र संस्थाहरूको सहयोगमा प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिएको आयोजकहरूले जानकारी दिएका छन्।
२३ कार्तिक २०८२, आईतवार, झापा । नेपाल ख्रीष्टियन रिभाइवल चर्च काउन्सिलको ३२औं वार्षिक सम्मेलन तथा अधिवेशन यस वर्ष झापा जिल्लाको अर्जुनधारा–२, गाँजाबारीस्थित ख्रीष्टियन रिभाइवल चर्चको प्रांगणमा भव्य, सभ्य र आशिषमय वातावरणमा सम्पन्न भएको छ। सम्मेलनको पहिलो दिनको कार्यक्रम मिति २०८२ साल कार्तिक २० गते बिहीबार आरम्भ भएको थियो भने समापन समारोह मिति २०८२ साल कार्तिक २२ गतेका दिन सम्पन्न भयो। यस वर्षको सम्मेलनको मुख्य शिर्षक बाइबलको वचन “मत्ती २४:४२” (“यसकारण जागा रहो, किनकि तिमीहरूका प्रभु कुन दिन आउनेछन् भनी तिमीहरू जान्दैन...”) रहेको थियो। कार्यक्रममा देशका विभिन्न स्थानबाट आएका सेवक, अगुवा र विश्वासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सम्मेलनमा आत्मिक…
१७ कार्तिक २०८२, सोमबार, झापा, सिवसताक्षी | झापाको सिवसताक्षी–दूदे रंगशालामा सुरु भएको महिला गोलकप प्रतियोगिताको उद्घाटन खेलमा नेपाल पुलिस क्लबले शानदार जीत दर्ता गरेको छ। उद्घाटन खेलमा पुलिस क्लबले चर्च ब्वाइज नेपाललाई ८–० गोलको फराकिलो अन्तरले पराजित गरेको हो। प्रतियोगिताको उद्घाटन सिवसताक्षी नगर प्रमुख मेघाहाङ थोप्रा रोशनले पानसमा दियो बालेर गर्नुभएको थियो। कार्यक्रममा झापा जिल्लाभरिका विभिन्न पालिकाका प्रमुख, बुद्धिजीवी, समाजसेवी तथा खेलप्रेमी दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमका क्रममा दर्शकहरूको मनोरञ्जनका लागि लिम्बू संस्कृतिको झल्को दिने नृत्य र गायन प्रस्तुति पनि गरिएको थियो। कार्यक्रमको सञ्चालन भुमिका फ्याक लिम्बूले गरेकी थिइन्।