आत्मिक बोलाहट, मण्डलीको एकता र नेपाली ख्रीष्टियन समाजको जिम्मेवारी – होमराज राई, ७ माघ २०८२, बुधबार, नेपाल ख्रीष्टियन समुदायका लागि अहिलेको समय आत्मिक मात्र होइन, गम्भीर आत्म–मूल्याङ्कनको समय पनि बनेको छ। प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचन नजिकिँदै गर्दा केही पास्टर तथा आत्मिक अगुवाहरू प्रत्यक्ष राजनीतिमा उम्मेदवार बनेको देखिनु, र त्यसले मण्डलीभित्र विभिन्न प्रश्न, बहस र विवाद जन्माउनु स्वाभाविक हो। ख्रीष्टियन विश्वासको मूल उद्देश्य मानिसलाई एक परमेश्वरसँग आत्मिक रूपमा डोर्याउनु, पवित्रता, प्रेम र मेलमिलापमा हुर्काउनु हो। चर्च कुनै राजनीतिक संस्था होइन; यो आत्मिक परिवार हो। त्यस परिवारका अगुवा—पास्टर, बिशप र सेवकहरू—मण्डलीका गोठालो हुन्, पार्टीका नेता होइनन्। बाइबल अनुसार पास्टरको भूमिका सत्ता प्राप्त गर्ने…
मेचीनगर । कृपा फ्री मेथोडिस्ट चर्चले शनिबार आफ्नो १२औँ वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। चर्च परिषद्का अध्यक्ष रेभ. शमूएल तामाङ्गको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि पास्टर बिरेश गुरुङ रहनु भएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गुरुङले मत्ती १६:१८ उद्धृत गर्दै मण्डली परमेश्वरकै योजनाअनुसार चट्टानमा स्थापित हुने बताउनु भयो। उहाँले परमेश्वरले दागरहित, चाउरी नपरेको प्रतापी मण्डली खोजिरहनुभएको उल्लेख गर्दै मण्डलीको वास्तविक सार आकारमा नभई करार र प्रतिवद्धतामा आधारित हुने स्पष्ट पार्नुभयो। “धेरै मण्डलीहरू आज शक्तिशाली बन्न नसक्नुको कारण परमेश्वरको उपस्थितिमा पुग्न कठिनाइ हो। हाम्रो चाल–ढाल, बोली–व्यवहार र जीवन समाजले हेर्न सक्छ भन्ने चेतना मण्डलीले धारण गर्नुपर्छ,” पास्टर…
– होमराज राई, ३० पुष २०८२, बुधबार, माघे संक्रान्ति नेपालको एक महत्वपूर्ण चाड हो, जुन प्रत्येक वर्ष पौष महिनाको अन्तिम दिन पारेर माघ १ गते मनाइन्छ। नेवारी भाषामा घ्युँचाकु, तराईमा खिचरी पर्व, र पहाडी भेगमा सामान्यतः माघे संक्रान्ति भनेर चिनिने यो पर्व संस्कृतिमा जति प्राचीन छ, प्रकृतिसँगको सम्बन्ध पनि उति नै गहिरो छ। खगोल, मौसम र अर्थ माघे संक्रान्ति सूर्य दक्षिणायनबाट उत्तरायणतर्फ प्रवेश गर्ने दिन हो—अर्थात् सूर्य मकर राशिमा प्रवेश गर्छ। हिन्दु परम्परामा यो दिनबाट दिन बढ्ने र उज्यालो समय विस्तारिन थाल्ने विश्वास गरिन्छ।नेपाल कृषि प्रधान समाज भएकाले दिन लामो हुनु र तातो ताप बढ्नु जीवनयापन तथा खेतीपाती दुवैका लागि…
मेचीनगर, झापा । मेचीनगर प्रेस क्लबद्वारा आयोजना गरिएको इन्डो–नेपाल मेचीनगर मिडिया फुटबल कप–२०८२ को उपाधि तराई प्रेस क्लब दार्जिलिङले जितेको छ । सोमबार सम्पन्न फाइनलमा दार्जिलिङले भद्रपुर प्रेस क्लबलाई २–० को अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो। पहिलो हाफ गोलरहित रहे पनि दोस्रो हाफ सुरु भएको दुई मिनेटमै दार्जिलिङका प्रवेश भुजेलले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसपछि ४४ औँ मिनेटमा दावा लामाले दोस्रो गोल थपेपछि विजय दार्जिलिङतर्फ उन्मुख बन्यो। विजेता दार्जिलिङले उपाधिसहित ५० हजार रुपैयाँ नगद र सिल्ड प्राप्त गर्यो भने उपविजेता भद्रपुरले २५ हजार रुपैयाँ र ट्रफि हात पारेको छ । अन्तिम गोलकर्ता दावा लामा फाइनल खेलको…
झापा, पुस २७। मेचीनगर नगरपालिकामा राजवंशी समुदायले पहिलोपटक ‘प्रथम भाक्का पिठ्ठ उत्सव’ उत्साहपूर्वक मनाएको छ। मेचीनगर–७ इटाभट्टास्थित राजवंशी समाज विकास समितिद्वारा आयोजित उत्सवमा करिब पाँच सय केजी धानको पीठो प्रयोग गरी भाक्का तयार गरिएको थियो। रैथाने परम्परागत परिकार भाक्काको संरक्षण र प्रवर्धन उद्देश्यसहित आयोजना गरिएको कार्यक्रममा समुदायको भाषा, कला, संस्कार र संस्कृतिसँगै पहिचान प्रस्तुत गरिएको समितिका अध्यक्ष दिनेश राजवंशीले जानकारी दिए। कार्यक्रमका प्रमुख अतिथि गोपाल चन्द्र बुढाथोकीले यस्तो सांस्कृतिक कार्यक्रमले नगरको पर्यटन प्रवद्र्धनमै टेवा पुग्ने धारणा राखे। उनका अनुसार मेचीनगरमा २५ भन्दा बढी जातजातिको बसोवास रहे पनि राजवंशी समुदायको उपस्थिति उल्लेखनीय छ। उत्सवमा नगरका १५ वटै वडाबाट आएका ३० जना…
१५ पुष २०८२, मंगलवार, मेचीनगर । पुस २७ र २८ गते सञ्चालन हुने इन्डो–नेपाल मेचीनगर मिडिया कपको लोगो सार्वजनिक गरिएको छ । प्रेस क्लब मेचीनगरको आयोजनामा हुन लागेको मिडिया कपको लोगो आज आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो । ट्रफीको आकारमा तयार गरिएको लोगोको माथिल्लो भागमा फुटबल समावेश गरिएको छ भने फुटबलभित्र मेचीनगरका प्रमुख पर्यटकीय स्थलहरू अंकित छन् । लोगोको बीच भागमा नेपाल र भारतका झण्डा समावेश गरिएका छन्, जसले नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने सन्देश प्रवाह गर्दछ । प्रेस क्लब मेचीनगरका अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि वडा नं. ७ का वडाध्यक्ष प्रल्हादमणि ओलीले लोगो सार्वजनिक…
११ पुष २०८२, शुक्रबार, काठमाडौँ सरकारले हरेक वर्षको पुस १५ गतेलाई राष्ट्रिय च्याउ दिवसको रुपमा मनाउने निर्णय गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको मन्त्रीपरिषदकाे बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं एव सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिएका हुन् । उनका अनुसार बैठकले नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२ स्वीकृत गरेको छ । उनले वैदेशिक रोजगारीको शिलशीलामा इराक गई त्यहाँको भिसा प्राप्त गरेका नेपाली नागरिकले नेपाल आएको बखत रेसिडेन्सी कार्डको सक्कल र फोटोकपीसहित आवेदन पेश गरेको खण्डमा श्रम स्वीकृति दिन स्वीकृति प्रदान गर्ने निर्णय समेत भएको बताए । उनले जापानमा प्रशिक्षार्थी कामदार पठाउनेसम्बन्धी निदेशिका खारेज गर्ने निर्णय भएको…
आज यस विषयमा मेरो व्यक्तिगत अध्ययनद्वारा मैले पाएको जानकारी अर्थात् प्रकाशलाई हजुरहरूको बीचमा राख्न चाहन्छु । खीष्ट येशूको जन्म मिति २५ डिसेम्बर नै हो भन्ने तथ्य छैन तर यसको अर्थ येशू यो संसारमा अर्थात् धरतीमा जन्मेको होइन भन्ने पक्षमा म छैन । तर यो २५ डिसेम्बर ख्रीष्ट येशूको जन्म उत्सवको रुपमा मनाउन कसरी सुरु भयो यसबारे ऐतिहासिक साथै धर्मशास्त्रहरूले के भन्छ भन्नेबारे अध्ययन गर्न जरुरी छ । खी्रष्ट येशू जन्मनुभएको ३०० द्यऋ मा रोमन क्याथोलिक सम्प्रदायले २५ डिसेम्बरलाई क्रिसमसको आधार दिएको हो भन्ने ऐतिहासिक तथ्यहरु छ । तर क्रिसमस अघि रोमनहरूले २५ डिसेम्बरको दिन सूर्य देवताको नाउँमा रोममा वार्षिक उत्सव…
ईलाम । माई नगरपालिका ईसाई समाजको आयोजनामा ईलामको सुखानीस्थित सहिद स्मृति फनपार्क मा संयुक्त ख्रिष्टमस कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। जिल्ला ईसाई समाज ईलामका अध्यक्ष टेक बहादुर राई को प्रमुख आतिथ्यतामा तथा माई नगरपालिका ईसाई समाजका अध्यक्ष धनकुमारी राई लिम्बू को अध्यक्षतामा आयोजित कार्यक्रममा माई नगरपालिका र अर्जुनधारा नगरपालिका अन्तर्गतका विभिन्न चर्चहरूको उल्लेखनीय तथा गरिमामय उपस्थिति रहेको थियो। ख्रिष्टमस कार्यक्रमको अवसरमा शुभकामना आदान–प्रदान गर्दै प्रमुख अतिथि पास्टर टेक बहादुर राई ले ख्रिष्ट येशु संसारका मुक्ति दाता हुनुहुन्छ भन्ने सन्देश दिनुभएको थियो। उहाँले ख्रिष्टमसले प्रेम, शान्ति, क्षमा र आपसी सद्भावको सन्देश फैलाउने उल्लेख गर्नुभयो। कार्यक्रमलाई थप उत्साहपूर्ण बनाउन विभिन्न खालका…
४ पुष २०८२, शुक्रबार, काँकरभिट्टा । पर्यटन प्रवद्र्धन तथा दुई देशबीचको आपसी सम्बन्ध स्थापित गर्ने उदेश्यले मेचीनगरमा पहिलो पटक ‘इन्डो–नेपाल मेचीनगर मिडियाकप २०८२’ आयोजना गरिने भएको छ । प्रेस क्लब मेचीनगरको आयोजनामा यही पुस २७ र २८ गते काँकरभिट्टा माविको खेल मैदानमा प्रतियोगिता आयोजना गरिने भएको हो । खेलकुदको माध्यमबाट दुई देशबीचको भाइचारा स्थापित गर्दै नेपालको पर्यटन क्षेत्रको अधिकतम प्रचारप्रसार गर्ने मुख्य उदेश्य राखेर प्रतियोगिता आयोजना गर्ने तय भएको प्रेस क्लब मेचीनगर अध्यक्ष प्रकाश पौडेलले जानकारी दिए । प्रतियोगिताको विजेतालाई आकर्षण पुरस्कार राशी समेत राखिएको छ । प्रतियोगिताको विजेताले नगद ५० हजारसहित ट्रफी, मेडल तथा प्रमाण पत्र पाउनेछ । यस्तै,…