Skip to main content

नयाँ तृष्णा

 मेचीनगरमा पहिलोपटक भव्य रुपमा भाक्का पिठ्ठ उत्सव सम्पन्

[adsforwp id="2511"]

झापा, पुस २७।


मेचीनगर नगरपालिकामा राजवंशी समुदायले पहिलोपटक ‘प्रथम भाक्का पिठ्ठ उत्सव’ उत्साहपूर्वक मनाएको छ। मेचीनगर–७ इटाभट्टास्थित राजवंशी समाज विकास समितिद्वारा आयोजित उत्सवमा करिब पाँच सय केजी धानको पीठो प्रयोग गरी भाक्का तयार गरिएको थियो।

रैथाने परम्परागत परिकार भाक्काको संरक्षण र प्रवर्धन उद्देश्यसहित आयोजना गरिएको कार्यक्रममा समुदायको भाषा, कला, संस्कार र संस्कृतिसँगै पहिचान प्रस्तुत गरिएको समितिका अध्यक्ष दिनेश राजवंशीले जानकारी दिए।

कार्यक्रमका प्रमुख अतिथि गोपाल चन्द्र बुढाथोकीले यस्तो सांस्कृतिक कार्यक्रमले नगरको पर्यटन प्रवद्र्धनमै टेवा पुग्ने धारणा राखे। उनका अनुसार मेचीनगरमा २५ भन्दा बढी जातजातिको बसोवास रहे पनि राजवंशी समुदायको उपस्थिति उल्लेखनीय छ।

उत्सवमा नगरका १५ वटै वडाबाट आएका ३० जना महिलाहरू पारम्परिक पोशाक र गरगहनामा सजिएर विभिन्न प्रकारका भाक्का बनाउँदै सहभागिता जनाएका थिए।

पूर्वी तराई–झापा र मोरङका आदिवासी राजवंशी समुदायको पुरानो चलन गाउँदेखि सहरसम्म फैलँदै गएको छ। धानको पीठोबाट पानीको बाफमा पकाइने भाक्का शुद्ध, स्वादिलो र पोषिलो हुने भएकाले अन्य समुदायसमेत यसको स्वादमा आकर्षित भइरहेका छन्।

मंसिरयता काँकरभिट्टा, इटाभट्टा, विर्तामोड, भद्रपुर, दमकललगायतका बजार क्षेत्रमा भाक्काको व्यापार निकै चहलपहल देखिन्छ।

राजवंशी समुदायले पुस २९ गतेलाई ‘भाक्का दिवस’का रूपमा मनाउने गरेको छ र यस वर्ष पनि जिल्लाभर विभिन्न कार्यक्रमसहित उत्सव मनाइने तयारी भइरहेको आयोजकहरूले जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक...
लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरण...
फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चा...
पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

काठमाडौँ, । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर...