Skip to main content

नयाँ तृष्णा

कृपा फ्री मेथोडिस्ट चर्चको १२औँ वार्षिक उत्सव भव्यतापूर्वक सम्पन्न

[adsforwp id="2511"]
मेचीनगर । कृपा फ्री मेथोडिस्ट चर्चले शनिबार आफ्नो १२औँ वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। चर्च परिषद्का अध्यक्ष रेभ. शमूएल तामाङ्गको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि पास्टर बिरेश गुरुङ रहनु भएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गुरुङले मत्ती १६:१८ उद्धृत गर्दै मण्डली परमेश्वरकै योजनाअनुसार चट्टानमा स्थापित हुने बताउनु भयो। उहाँले परमेश्वरले दागरहित, चाउरी नपरेको प्रतापी मण्डली खोजिरहनुभएको उल्लेख गर्दै मण्डलीको वास्तविक सार आकारमा नभई करार र प्रतिवद्धतामा आधारित हुने स्पष्ट पार्नुभयो। “धेरै मण्डलीहरू आज शक्तिशाली बन्न नसक्नुको कारण परमेश्वरको उपस्थितिमा पुग्न कठिनाइ हो। हाम्रो चाल–ढाल, बोली–व्यवहार र जीवन समाजले हेर्न सक्छ भन्ने चेतना मण्डलीले धारण गर्नुपर्छ,” पास्टर गुरुङले भन्नुभयो। उहाँले १२औँ वार्षिक सभाले मण्डलीलाई नयाँ इतिहास रच्ने मोडमा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रमका क्रममा बार्षिक समीक्षा तथा आर्थिक विवरण प्रस्तुत गरिएका थिए। बार्षिक कार्यक्रममा रेभ पास्टार शमूएल तामाङले पास्टर सम्बोधान गर्नुभएको थियो भने सचिब होमराज राईले बार्षिक प्रगति प्रतिवेदन तथा २०२६ वर्षको कार्ययोजना सार्वजनिक गर्नुभयो। कोषाध्यक्ष डि.डी.बी. रानाले आर्थिक आय–व्यय प्रस्तुत गर्नुभयो भने दिदीबहिनी समूह, युवा तथा बालसंगति, आय–ब्याय बिबरण,सम्पत्ति तथा घर संख्या विवरण क्रमशः कमला राना, हेम कुमार मगर, गुरुआमा लिली तामाङ र रुथ सुब्बाले प्रस्तुत गर्नुभयो।
कार्यक्रमको समापनमा पुरानो समिति विघटन गरी नयाँ समितिको घोषणा गरिएको थियो। सर्वसम्मतिले सोही पूर्वसमितिलाई पुनः जिम्मेवारी प्रदान गरिएको छ। अगुवा दिलु मुखियाको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरिएको छ। नयाँ समितिमा उपाध्यक्ष रुथ सुब्बा, सचिव तृषा गुरुङ, कोषाध्यक्ष कमला राना तथा सदस्यहरू कला राई, एलिशा राई र बिना थापा रहेका छन् भने सल्लाहकारमा डि. रेखा पुन र गुरुआमा लिली तामाङ रहेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक...
लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरण...
फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चा...
पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

काठमाडौँ, । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर...