Skip to main content

नयाँ तृष्णा

ईलाममा ईसाई समाजद्वारा संयुक्त ख्रिष्टमस भव्य रूपमा सम्पन्न

[adsforwp id="2511"]

ईलाम । माई नगरपालिका ईसाई समाजको आयोजनामा ईलामको सुखानीस्थित सहिद स्मृति फनपार्क मा संयुक्त ख्रिष्टमस कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

जिल्ला ईसाई समाज ईलामका अध्यक्ष टेक बहादुर राई को प्रमुख आतिथ्यतामा तथा माई नगरपालिका ईसाई समाजका अध्यक्ष धनकुमारी राई लिम्बू को अध्यक्षतामा आयोजित कार्यक्रममा माई नगरपालिका र अर्जुनधारा नगरपालिका अन्तर्गतका विभिन्न चर्चहरूको उल्लेखनीय तथा गरिमामय उपस्थिति रहेको थियो।

ख्रिष्टमस कार्यक्रमको अवसरमा शुभकामना आदान–प्रदान गर्दै प्रमुख अतिथि पास्टर टेक बहादुर राई ले ख्रिष्ट येशु संसारका मुक्ति दाता हुनुहुन्छ भन्ने सन्देश दिनुभएको थियो। उहाँले ख्रिष्टमसले प्रेम, शान्ति, क्षमा र आपसी सद्भावको सन्देश फैलाउने उल्लेख गर्नुभयो।

कार्यक्रमलाई थप उत्साहपूर्ण बनाउन विभिन्न खालका ख्रिष्टमस गीत, भजन तथा नृत्य प्रस्तुत गरिएका थिए। सांस्कृतिक प्रस्तुतिहरूले उपस्थित सहभागीहरूलाई आनन्दित बनाउँदै आपसी खुसी साटासाट गर्ने वातावरण सिर्जना गरेको थियो।

कार्यक्रमको सञ्चालन माई नगरपालिका ईसाई समाजका सचिव डम्बर खजुम ले गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक...
लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरण...
फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चा...
पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

काठमाडौँ, । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर...