Skip to main content

नयाँ तृष्णा

३४औँ १६ दिने अभियान धुलाबारीबाट सुरु, नारा— “प्रविधिको सही प्रयोग गरौं, लैङ्गिक हिंसा अन्त्य गरौं”

[adsforwp id="2511"]

धुलाबारी, ९ मङ्सिर । लैङ्गिक हिंसाविरुद्धको ३४औँ ‘१६ दिने अभियान’ आजदेखि देशभर शुरु भएको छ । मेचीनगर नगरपालिका–११ धुलाबारीमा यस अभियानको सुरुआत प्रभातफेरिद्वारा गरिएको हो ।

“प्रविधिको सही प्रयोग गरौं, लैङ्गिक हिंसा अन्त्य गरौं” भन्ने मूल नारासहित धुलाबारी चोकबाट दक्षिणतर्फ खयरडाँगी हुँदै गरिएको प्रभातफेरिमा नगरप्रमुख गोपालचन्द बुढाथोकी, उपप्रमुख मिना उप्रेती, कार्यकारी प्रमुख अग्निप्रसाद अधिकारी, पुरुष सञ्जालका अध्यक्ष मोहन काजी लगायत जनप्रतिनिधि, विद्यार्थी, शिक्षक, विभिन्न संघसंस्था तथा सुरक्षाकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

सहभागीहरूले “हिंसा–मुक्त घर, सुरक्षित समाज”, “लैङ्गिक हिंसाविरुद्ध बोल्नु नागरिकको कर्तव्य”, “मनौं तड्कौं, हरेक हिंसाको विरुद्ध खड्कौं” जस्ता संदेशसहितका प्लेकार्ड लिएर र्यालीमा सहभागिता जनाएका थिए।

र्यालीपछि आयोजित कोणसभामा नगरप्रमुख बुढाथोकी, उपप्रमुख उप्रेती, पुरुष सञ्जालका अध्यक्ष काजी र समाजसेवी रमेश गुरुङलगायत वक्ताहरूले लैङ्गिक समानता र हिंसामुक्त समाजको निर्माण अबको अनिवार्य आवश्यकता भएको उल्लेख गरे। कोणसभा महिला विकास अधिकृत जयन्ती खरेलले सञ्चालन गरेकी थिइन्।

अभियानभर हुने विशेष कार्यक्रमहरू

१६ दिने अभियान अन्तर्गत मेचीनगरले विविध कार्यक्रम सार्वजनिक गरेको छ—

  • मंसिर १० : कक्षा १२ का विद्यार्थीका लागि साइबर क्राइमसम्बन्धी प्रशिक्षण
  • मंसिर १४ : मुस्लिम तथा दनुवार समुदायका महिलालाई लैङ्गिक हिंसा सम्बन्धी प्रशिक्षण
  • मंसिर १५ : कलेज विद्यार्थीलाई लैङ्गिक हिंसा तथा एड्सबारे सचेतना कार्यक्रम
  • मंसिर १७ : विश्व अपाङ्गता दिवसको अवसरमा १५ वडाका मिलीजुली समूहबीच खेलकुद प्रतिस्पर्धा
  • मंसिर १९ : सामुदायिक विद्यालयका कक्षा ९–१० का विद्यार्थीबीच युवा पुस्ता विषयक वक्तृत्वकला प्रतियोगिता
  • मंसिर २२ : मर्यादित महिनावारी दिवसका दिन वैदेशिक रोजगारीबाट फर्किएका महिलासँग अन्तरक्रिया
  • साथै १० वटा सामुदायिक विद्यालयमा विद्यार्थी तथा शिक्षकसँग छलफल कार्यक्रम संचालन हुने शाखाले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक...
लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरण...
फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चा...
पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

काठमाडौँ, । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर...