Skip to main content

नयाँ तृष्णा

समाज

ईलाममा माई नगरपालिका ईसाई समाजको मासिक घुमन्ते संगति सम्पन्न

ईलाममा माई नगरपालिका ईसाई समाजको मासिक घुमन्ते संगति सम्पन्न

१० कार्तिक २०८२, सोमबार, ईलाम । माई नगरपालिका स्तरिय ईसाई समाजको मासिक घुमन्ते संगति हालै सम्पन्न भएको छ। संगति माई नगरपालिका र अर्जुनधारा नगरपालिकाको संगमस्थल सुखानीस्थित नेहेमया चर्चमा सम्पन्न भएको हो। कार्यक्रममा दुबै नगरपालिकाभित्रका विभिन्न चर्चहरूको प्रतिनिधित्व गर्दै पास्टर अगुवा, चर्च सदस्य तथा युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। संगतिमा पास्टर नोयल राईले बाइबलको तिमोथीको जीवन विषयबाट प्रवचन गर्दै उपस्थित मण्डलीलाई आत्मिक रूपमा उत्साहित गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन सामुयल राईले गर्नुभएको थियो भने स्तुति–प्रशंसा स्थानीय मण्डली तथा पास्टर डम्बर खजुमको नेतृत्वमा सम्पन्न भएको थियो।
Read More
जेन–जी युनाइटेडको सरकारलाई चेतावनी – रिहा नगरिए देशभर आन्दोलन

जेन–जी युनाइटेडको सरकारलाई चेतावनी – रिहा नगरिए देशभर आन्दोलन

८ कार्तिक २०८२, शनिबार, काठमाडौँ। शान्तिपूर्ण आन्दोलनमा सरकारले धरपकड गरेको भन्दै जेन–जी युनाइटेड समूहले आपत्ति जनाएको छ । आज (शनिबार) पत्रकार सम्मेलन गर्दै जेन–जी युनाइटेडका अगुवाहरुले सरकारको विरोध गरेका हुन् । जेन–जी युनाइटेडका अगुवा सागर तामाङले आफूहरुलाई सरकारले युनिफिकेशन हुने मौका नै नदिएको बताए । सरकारले पक्राउ परेका सबै प्रदर्शनकारीहरुलाई विना शर्त तत्काल रिहा गर्नुपर्ने उनले बताए । उनले भने, ‘हामी जेन–जीहरु आन्दोलन गर्दैगर्दा युनिफिकेशन हुनुपर्छ भन्न पनि नपाउनु ? अब हुँदैन यसरी । सरकारले हाम्रा साथीहरुलाई छोड्नुपर्यो । हाम्रो मागहरु छिटो पूरा गर्नुपर्यो । हाम्रो युनिफिकेशन क्याम्पियन जहिलेसम्म पूरा हुँदैन, त्यतिबेलासम्म लागिरहने हो ।’ त्यस्तै, अर्का वक्ता मन्जना राईले…
Read More
टी–२० विश्वकप एसिया छनोटको उपाधि नेपाललाई

टी–२० विश्वकप एसिया छनोटको उपाधि नेपाललाई

३१ आश्विन २०८२, शुक्रबार, काठमाडौँ। नेपालले आईसीसी टी–२० विश्वकप एसिया–ईस्ट एसिया प्यासिफिक छनोटको उपाधि जितेको छ । ओमनमा भएको छनोटको अन्तिम खेलमा सामोआलाई १२४ रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो । नेपालले दिएको २१२ रनको लक्ष्य पछ्याएको सामोआले २० ओभरमा ७ विकेट गुमाएर मात्र ८७ रन बनाउन सक्यो । सामोआका लागि सेन सोलियाले सर्वाधिक ४० रन बनाए । बलिङमा नेपालका ललित राजवंशीले सर्वाधिक ३ विकेट लिए । करण केसी, सन्दीप लामिछाने र कप्तान रोहित पौडेलले एकएक विकेट लिए । त्यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २११ रन बनाएको थियो । नेपालका…
Read More
बाङ्ग्लादेशमा भूतपूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड दिनुपर्ने माग

बाङ्ग्लादेशमा भूतपूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड दिनुपर्ने माग

३१ आश्विन २०८२, शुक्रबार, बाङ्ग्लादेशमा विद्यार्थीहरूको नेतृत्वमा भएको आन्दोलन दमन गर्न घातक बल प्रयोग गरेको भन्दै अभियोजनकर्ताहरूले तात्कालिक प्रधानमन्त्री शेख हसिनाविरुद्ध मृत्युदण्ड माग गरेका छन्। आन्दोलन उत्कर्षमा पुगेपछि शेख हसिना सत्ता त्याग्न बाध्य भइन्। त्यसपछि उनले भारतमा शरण लिएकी छन्। मानवताविरुद्ध अपराध गरेको अभियोगमा उनको अनुपस्थितिमै हसिनाविरुद्ध मुद्दा चलेको छ। सार्वजनिक भएको एउटा अडिओ क्लिपमा शेख हसिनाले आन्दोलनकारीहरूविरुद्ध "घातक हतियारहरू" प्रयोग गर्न निर्देशन दिएको सुनिन्छ। यद्यपि उनले आफूमाथि लागेका अभियोगको खण्डन गरेकी छन्। बीबीसीबाट
Read More
माई नगरपालिकामा ईसाई समाजद्वारा राहत वितरण सम्पन्न

माई नगरपालिकामा ईसाई समाजद्वारा राहत वितरण सम्पन्न

  ईलाम — ईलाम जिल्ला माई नगरपालिका–७, ८ र २ का वडावासिलाई स्थानीय ईसाई समाज, कोशी प्रदेश ईसाई समाज र क्यिक रेस्क्यु टिम को संयुक्त सहयोगमा राहत वितरण कार्यक्रम सम्पन्न भएको छ। सो कार्यक्रम स्थानीय सरकारका जनप्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न गरिएको हो। माई–७ का ८ घरपरिवारलाई जस्ता र केही कपडा, माई–८ का १९ घरपरिवारलाई कपडा र साबुन–टुथपेस्ट, र माई–२ का ५७ घरपरिवारलाई कपडा र साबुन वितरण गरिएको आयोजकहरूले जानकारी दिएका छन्। क्यिक रेस्क्यु टिमका अध्यक्ष बिक्रम यक्तेन लिम्बूले आफ्नो मन्तव्यमा भने, “यो सरकार मेरो पनि हो, यो देश मेरो पनि हो, र यो समाज मेरो पनि हो। थोपा–थोपा मिलेर नदी बन्ने…
Read More
श्रम संस्कृतिबाट देश समृद्ध बनाउने अभियान : हर्क साम्पाङ

श्रम संस्कृतिबाट देश समृद्ध बनाउने अभियान : हर्क साम्पाङ

झापा, २७ असोज । राष्ट्रिय श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले आफूलाई “रुखो बोल्ने तर झुठो नबोल्ने भुइँमान्छे” का रूपमा चिनिदिन आग्रह गर्नुभएको छ। पूर्वी सीमा काँकरभिट्टाबाट श्रम अभियानको थालनी गर्दै उहाँले भन्नुभयो, “म नेता होइन, पढाउन आएको होइन — देश बनाउने अभियानमा बोलाउन आएको हुँ। रुखो बोल्छु, तर झुठो बोल्दिन।” “देशभक्त र विदेशी कठपुतलीबीच संघर्ष सुरु भएको छ” साम्पाङले हालको राजनीतिक अवस्थालाई जेनजी आन्दोलनपछिको दुई धार — देशभक्तको एउटा र विदेशी प्रभावमा चल्ने अर्को धारको रूपमा चित्रण गर्नुभयो। उहाँका अनुसार, आफ्नो उद्देश्य देशलाई श्रम र उत्पादनसँग जोडेर चीन र भारतको दाजोमा उभ्याउने हो। “हाम्रो…
Read More
नेपालले जित्यो टी-२० सिरिज, निर्णायक पाँचौं खेलमा मलेसियामाथि ५ विकेटको जित

नेपालले जित्यो टी-२० सिरिज, निर्णायक पाँचौं खेलमा मलेसियामाथि ५ विकेटको जित

२२ आश्विन २०८२, बुधबार, काठमाडौं । नेपालले मलेसियासँगको टी २० अन्तर्राष्ट्रिय सिरिज ३–२ ले जितेको छ । चौथो खेल जितेर २–२ बराबरीमा पुगेको नेपाली महिला टोलीले पाँचौं तथा अन्तिम खेल जितेर सिरिज हासिल गरेको हो । बुधबार भएको निर्णायक खेल नेपालले ५ विकेटले जितेको थियो । घरेलु टोली मलेसियाले दिएको १ सय ४ रनको सामान्य लक्ष्य नेपालले ५ विकेट गुमाएर १८ औं ओभरमा प्राप्त गरेको थियो । टोलीका लागि ओपनर रुबी पोद्दारले सर्वाधिक २६ रन जोडिन् । यस्तै, पूजा महतोले २४ रन र कविता कुँवरले १४ रन बनाएका थिए । तर, ओपनर सम्झना कुमारी खड्का १३ रनमै आउट भइन् भने…
Read More
माईनगरपालिकाको चेप्टीमा बाढीपीडितलाई राहात वितरण

माईनगरपालिकाको चेप्टीमा बाढीपीडितलाई राहात वितरण

  ईलाम । ईलामको माई नगरपालिका–२ चेप्टीमा बाढीपीडित परिवारलाई राहात सामग्री वितरण गरिएको छ। ईलाम क्षेत्र नं. २ का उपनिर्वाचनबाट विजयी सांसद सुहाङ नेम्बाङको पहलमा केन्द्र सरकारको सहयोगमा प्राप्त सिरक र ढसना वितरण गरिएको हो। स्थानीय सरकार र जनप्रतिनिधिहरूको उपस्थितिमा पहिलो चरणमा ४५ घरधुरीलाई एक/एक थान सिरक र ढसना वितरण गरिएको समाजसेवीले नयाँ तृष्णा अनलाइनसँग जानकारी दिनुभयो। हालैको भीषण बाढीले चेप्टी बस्ती पूर्ण रूपमा डुबानमा परेपछि स्थानीय बासिन्दाको अवस्था अत्यन्त नाजुक बनेको बताइन्छ। स्थानीय सरकारका प्रतिनिधिहरूले थप राहत कसरी उपलब्ध गराउने भन्ने विषयमा गम्भीरतापूर्वक छलफल भइरहेको जानकारी दिनुभयो। बाढीका कारण धेरै ठाउँमा सडक अवरुद्ध भएकाले अझै पूर्ण विवरण संकलन हुन…
Read More
माई नगरपालिका अबिरल बर्षाले डुबानमा

माई नगरपालिका अबिरल बर्षाले डुबानमा

    ईलाम को माईनगरपालीकाको वडा न: ६,७,८,१,३,२ लगायत का क्षेत्र डुबानमा परेको छ । सबैभन्दा बडि वडा न: २ मा बाडिले असर पारेको छ, गरुवा दोभान चेप्टि दोभान, ढकने दोभान क्षेत्रहरुमा धान , सिमल तरुल ,केरा ,कागती ,बाँस, लगायतका नगदे बालि र अनाज मा बाडिले कोहि ठाँउ पुरेकोछ भने कोहिठाउ पुरै खोला कुदेको छ । स्थानीय बासीका अनुसार गयराती ३ बजे बस्तिमा बाढिपसेको र केही बाख्ररा सुँगुर खोलाले बगाएको र घरमा राखिएको धान चामल मकै जस्ता खाद्धायन्नमा पुरै लेदोले भरिएको तर मानवीय क्षेती भने नभएको बताए । बाढिले चेप्टि फनपार्कमा समेत क्षतिपुराएको देखिएको छ भित्र जानू सक्ने अवस्था नभएकोले…
Read More
बडादशैंको मुख्य दिन आज, टीका लगाउने उत्तम साइत ११:५३ बजे

बडादशैंको मुख्य दिन आज, टीका लगाउने उत्तम साइत ११:५३ बजे

१६ आश्विन २०८२, बिहीबार, काठमाडौं । नेपालीहरूको महान चाड बडादशैंको आज मुख्य दिन, विजयादशमी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको छ। टीका लगाउँदा ग्रहण गर्ने व्यक्ति पूर्व र दिने व्यक्ति पश्चिम फर्किनुपर्ने बताइएको छ। बिहान ९:२३ बजे देवी विसर्जन गरी, वैदिक विधिपूर्वक अभिषेकपछि नवदुर्गाको टीका, जमरा र प्रसाद थापी आशीर्वाद लिने परम्परा छ। आज टीका लगाउन नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म टीका ग्रहण गर्न सक्नेछन्। आजदेखि पूर्णिमासम्म टीका, जमरा र प्रसादलाई समृद्धिको प्रतीक मानिन्छ।
Read More