Skip to main content

नयाँ तृष्णा

समाज

स्थानीयको सक्रियतामा क्षतिग्रस्त भौतिक संरचना पुनः निर्माणसंगै आजबाट काममा प्रहरी

स्थानीयको सक्रियतामा क्षतिग्रस्त भौतिक संरचना पुनः निर्माणसंगै आजबाट काममा प्रहरी

  १५ आश्विन २०८२, बुधबार, झापा । क्षतिग्रस्त भौतिक संरचना स्थानीयको सक्रियतामा पुनः निर्माण गरिएसंगै आजबाट जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीमा कार्यरत प्रहरी कर्मचारी काममा फर्किएका छन् । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा  प्रहरी कार्यालयमा आगजनी र तोडफोड हुँदा प्रहरी हतियार छाडेर भागेका थिए भने त्यस यता प्रहरी विहीन बनेको बिर्तामोडमा स्थानीयकै अगुवाइमा क्षतिग्रस्त भौतिक संरचना पुनः निर्माण गरिएसंगै आजबाट प्रहरी काममा फर्किएका हुन् । जेनजी आन्दोलनपछि बिर्तामोडमा प्रहरी नहुँदा नहुँदा शान्ति सुरक्षामा चुनौति बढेको भन्दै युवा व्यवसायी रमेश चौधरी, पदम श्रेष्ठ, सजेश शिवाकोटी, बिपिन बजगाँई, बिर्तामोड–५ का वडाध्यक्ष रोहित प्रसाई, युवा व्यवसायी…
Read More
दसैँमा मासु स्वस्थ तरिकाले खान चिकित्सकको सल्लाह

दसैँमा मासु स्वस्थ तरिकाले खान चिकित्सकको सल्लाह

  १४ आश्विन २०८२, मंगलवार, झापा । दसैँमा मासु बिना पर्वको स्वाद अधुरो हुन्छ भन्ने बुझाइ प्रायः सबै नेपालीमा छ। तर चिकित्सकहरुले भने स्वादसँगै स्वास्थ्यलाई पनि उत्तिकै प्राथमिकता दिनुपर्ने सुझाव दिएका छन्। स्वास्थ्य विशेषज्ञहरुले चेतावनी दिएका छन् कि मासु उच्च तापक्रममा लामो समय पकाउँदा शरीरका लागि हानिकारक यौगिक (HCAs र PAHs) बन्न सक्छन्। त्यस्तै, पूर्ण रूपमा नपाकेको मासु सेवन गर्दा ब्याक्टेरिया (जस्तै साल्मोनेला वा इ.कोलाई) को जोखिम हुने भएकाले आन्तरिक तापक्रममा विशेष ध्यान दिनुपर्ने बताइन्छ। कसरी पकाउने त ? चिकित्सकका अनुसार मासु पकाउँदा यी उपाय अपनाउन सकिन्छः मासुमा रहेको बढी बोसो हटाएर मात्र पकाउने। दही, निम्बू रस, अदुवा–लसुनजस्ता प्राकृतिक म्यारिनेड…
Read More
ईलाममा माईनगरपालिका ईसाई समाजद्वारा घुमन्ते संगति सम्पन्

ईलाममा माईनगरपालिका ईसाई समाजद्वारा घुमन्ते संगति सम्पन्

१३ आश्विन २०८२, सोमबार, ईलाम, माईनगरपालिका | ईलाम माईनगरपालिका–८ स्थित न्युलाईफ अपोस्टोलिक चर्चमा माईनगरपालिका ईसाई समाजद्वारा संयुक्त घुमन्ते संगति सम्पन्न भएको छ। कार्यक्रममा माईनगरपालिकाभरिका ईसाई समुदायको उल्लेखनीय सहभागिता रहेको थियो। संगतिमा जिल्ला ईसाई समाज ईलामका अध्यक्ष टेक बा राई, समाजसेवी टुपेन्द्र यक्तेन, साथै विभिन्न चर्चका पास्टर तथा अगुवाहरूको विशेष उपस्थिति थियो। अध्यक्ष राईले बाइबलको फिलिप्पी २:२ उद्धृत गर्दै समाजमा आपसी सद्भाव, सहयोग र समझदारी अनिवार्य रहेको उल्लेख गर्नुभयो। उहाँले भिन्न धर्म र विश्वास भए पनि एकताको सूत्रमा बाँधिँदै सहकार्य अघि बढाउनुपर्नेमा जोड दिनुभयो। सो सेवा सञ्चालन न्युलाईफ अपोस्टोलिक चर्चका अगुवा योएल लिम्बुले गर्नुभएको थियो। सहभागीहरूले परमेश्वरको वचन सुनेर आत्मिक आशीर्वाद…
Read More
नेत्रहीन संघको १९औं साधारण सभा तथा बडादशैं शुभकामना आदानप्रदान कार्याक्रम सम्पन्न

नेत्रहीन संघको १९औं साधारण सभा तथा बडादशैं शुभकामना आदानप्रदान कार्याक्रम सम्पन्न

११ आश्विन २०८२, शनिबार, झापा । नेत्रहीन संघ झापाको १९औं साधारण सभा, बडादशैं शुभकामना आदानप्रदान तथा चियापान समारोह शनिबार बिर्तामोडमा सम्पन्न भएको छ । संघको आफ्नै भवनमा सम्पन्न कार्यक्रममा संघका अध्यक्ष होमनाथ राजबंशीको अध्यक्षता तथा बिर्तामोड नगरपालिका उपप्रमुखको नगेन्द्र प्रसाद संरौला प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा सहभागीहरूले नेत्रहीन समुदायको हकहित, अधिकार र आगामी योजनासम्बन्धी विभिन्न विषयमा छलफल गरेका थिए , उपप्रमुख संरौलाले २० हजार नगद समेत सहयोग गरेकाथिय तेस्तै अन्या संगसंस्थाबाट पनि अफिसियली स्टेसनरि लगायत विभिन्न सामग्रि सहयोग प्रदान गरेका थिय सो अवसरमा बडादशैं तथा शुभदिपावलि र छठ पर्वको अवसरमा एकआपसमा शुभकामना आदानप्रदान गरिएको थियो । साथै, संस्थाले अघिल्लो…
Read More
दसैँको चौथो दिन कुष्माण्डा देवीको पूजा

दसैँको चौथो दिन कुष्माण्डा देवीको पूजा

  ९ आश्विन २०८२, बिहीबार, काठमाडौं ।  आज नवरात्रको चौथो दिन देशभरका शक्तिपीठ तथा मन्दिरहरूमा देवी कुष्माण्डा माताको पूजा–आराधना भव्य रूपमा सम्पन्न भइरहेको छ। धार्मिक विश्वासअनुसार देवी कुष्माण्डा सृष्टिको आदिशक्ति हुन्, जसले अण्ड (ब्रह्माण्ड) को उत्पत्ति गरेकी थिइन्। सिंहवाहिनी अष्टभुजा देवीको हातमा विभिन्न दिव्य अस्त्रशस्त्र छन्। कुभिण्डो देवीलाई प्रिय भएकाले मन्दिरहरूमा यसको बलि दिने परम्परा छ। देवी सूर्य मण्डलमा वास गर्ने भएकाले यिनको शरीर सूर्य जस्तै देदिप्यमान मानिन्छ। भक्तिपूर्वक पूजा गर्दा आयु, यश, बल, बुद्धि र आरोग्य प्राप्त हुने धार्मिक विश्वास रहेको छ। आज देशभरका नवदुर्गा मन्दिरहरूमा भक्तजनहरूको ठुलो भीड लागेको छ।
Read More
अर्ग्यानिक उत्पादनमा जोड दिँदै बाहुनडाँगी साना किसान सहकारीको २२औं वार्षिक साधारण सभा सम्पन्न

अर्ग्यानिक उत्पादनमा जोड दिँदै बाहुनडाँगी साना किसान सहकारीको २२औं वार्षिक साधारण सभा सम्पन्न

७ आश्विन २०८२, मंगलवार, बाहुनडाँगी । साना किसान कृषि सहकारी संस्था लि., बाहुनडाँगीको २२औं वार्षिक साधारण सभा मंगलबार एक विशेष कार्यक्रमकाबीच सम्पन्न भएको छ । मेचीनगर–४ स्थित बाहुनडाँगी सामुदायिक भवनको सभाहलमा आयोजित कार्यक्रममा अर्ग्यानिक तरकारी उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यले सदस्यहरूले उत्पादन गरेको अचार ‘मायाको चिनो’ का रूपमा वितरण गरिएको थियो । साना किसान कृषि सहकारी संस्था लि. बाहुनडाँगीकी अध्यक्ष टुका देवी दाहालको सभापतित्वमा भएको कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष ठाकुरप्रसाद आचार्यको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा कार्यपालिका सदस्य तिलजा देवान, पूर्व जिल्ला समन्वय सदस्य गंगादेवी कार्की, वडा सदस्यहरु सीता विक, सीता मोते, धनमाया कोइरालालगायतको आतिथ्यता रहेको थियो । संस्थाका उपाध्यक्ष…
Read More
मेची इलाका इसाई समाजको पहिलो साधारणसभा सम्पन्

मेची इलाका इसाई समाजको पहिलो साधारणसभा सम्पन्

  मेचीनगर (झापा)। मेची इलाका इसाई समाजले घुम्ते संगति सकेर पहिलो साधारणसभा सम्पन्न गरेको छ । साधारणसभाले पुराना समितिहरू विघटन गरी नयाँ आमा दिदीबहिनी, जवान र बाल संगति समिति गठन गरेको हो । आमा दिदीबहिनी समितिको अध्यक्षमा दिलु मुखिया, उपाध्यक्षमा मनिला रसाइली, सचिवमा सृजना राई, सह–सचिवमा मिना राजवंशी, कोषाध्यक्षमा गीता कार्कीढाेली र सदस्यमा टीका राई तथा बन्दना तामाङ चयन भएका छन् । जवान संगति समितिमा अध्यक्ष किशोर देवान, उपाध्यक्ष जोसेफ मलाह, सचिव इनिमा गहतराज, कोषाध्यक्ष अमित दाहाल र सदस्य बिनय बिक जिम्मेवारीमा पुगेका छन् । बाल संगति समितिको नेतृत्व जेस्लिन गजमेरले गर्ने भएकी छन् । सचिव जेनिका सिन्चुरी, कोषाध्यक्ष मेरी…
Read More
जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ९ पुग्यो

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ९ पुग्यो

२३ भाद्र २०८२, सोमबार, काठमाडौं । जेनजीहरूको प्रदर्शनका क्रममा अहिलेसम्म ९ जनाको मृत्यु भएको छ । विभिन्न अस्तताल स्रोतकाबाट प्राप्त जानकारी अनुसार, दिउँसो साढे ३ बजेसम्म ९ जनाको मृत्यु भइसकेको छ । ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा १, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको छ । यो घटनाले विरोध प्रदर्शन शान्तिपूर्ण हुने अपेक्षाको विपरीत हिंसात्मक रुप लिएको देखाएको छ। प्रदर्शनका क्रममा सयौँ घाइते भएका छन् र घाइतेहरूको उपचार विभिन्न अस्पतालहरूमा भइरहेको छ।
Read More
कोशी प्रदेश सञ्चार विधेयक विरुद्ध झापामा पत्रकारहरूको विरोध

कोशी प्रदेश सञ्चार विधेयक विरुद्ध झापामा पत्रकारहरूको विरोध

भदौ १२, झापा । कोशी प्रदेश सरकारले ल्याएको आम सञ्चार सम्बन्धी विधेयकमा प्रेसस्वतन्त्रता विरोधी प्रावधान समावेश भएको आरोप लगाउँदै नेपाल पत्रकार महासंघ झापाको अगुवाइमा आज बिहिबार जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरूले धर्ना र कोणसभा गरेका छन्। प्रदर्शनमा सहभागी पत्रकारहरूले “प्रेसमाथि नियन्त्रण हुदैँन”, “प्रेस स्वतन्त्रता हाम्राे पहिचान हो”, “विधेयक खारेज गर” जस्ता नारा लेखिएका प्लेकार्डसहित ध्यानाकर्षण गराएका थिए। कोणसभामा महासंघ झापाका अध्यक्ष एकराज गिरीले सञ्चारमाध्यमलाई नियन्त्रण गर्ने उद्देश्यसहित ल्याइएको प्रावधानले लोकतन्त्रको आधारलाई कमजोर बनाउने खतरा भएको बताए। उनले विधेयक तत्काल खारेज नगरे प्रदेशभर आन्दोलन चर्काउने चेतावनी दिए। पत्रकार चन्द्र भण्डारीले प्रेस स्वतन्त्रता बिना समाज निरंकुशतर्फ धकेलिने उल्लेख गर्दै पत्रकारलाई असजिलो पार्ने…
Read More
हराएका चार नेपाली बालबालिका भारतबाट उद्धार

हराएका चार नेपाली बालबालिका भारतबाट उद्धार

२३ श्रावण २०८२, शुक्रबार, झापा । भारतका विभिन्न स्थानबाट हराएका चार जना नेपाली बालबालिकाको उद्धार गरी नेपाल ल्याइएको छ। धम्पालथान गाउँपालिका–७, मारेङ कमलपुरका १४ वर्षीय सर्बेन्द्र सिंह नुनिया भारतको फरबिसगञ्जस्थित मामाघरमा आफन्तको विवाहमा जन्ती जान गएका थिए। कलकत्तातर्फ जाने गाडिमा सुतिरहेको अवस्थामा हराएका उनी पाँच महिना पछि भारतको सिनी, कलकत्ताले फेला परे। उनलाई नव अभियान नेपालको समन्वय र नेपाल प्रहरी काँकरभिट्टाको सहयोगमा काँकरभिट्टामा उनका अभिभावक बलराम कुमारसिंह नुनियालाई बुझाइएको हो। भोजपुर, दोभाने मातेल–५ की १६ वर्षीया सम्निमा राई घरबाट हराएको १६ दिनपछि जलपाईगुडीस्थित बालिकाहरुको लागि निजलोय गृहको सहयोगमा उद्धार गरिएको छ। आफन्तको सल्लाहबिना होटेलमा काम लगाइदिने बहानामा भारत पुर्‍याइएकी एक…
Read More