Skip to main content

नयाँ तृष्णा

स्थानीयको सक्रियतामा क्षतिग्रस्त भौतिक संरचना पुनः निर्माणसंगै आजबाट काममा प्रहरी

[adsforwp id="2511"]

 

१५ आश्विन २०८२, बुधबार,

झापा । क्षतिग्रस्त भौतिक संरचना स्थानीयको सक्रियतामा पुनः निर्माण गरिएसंगै आजबाट जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीमा कार्यरत प्रहरी कर्मचारी काममा फर्किएका छन् ।

गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा  प्रहरी कार्यालयमा आगजनी र तोडफोड हुँदा प्रहरी हतियार छाडेर भागेका थिए भने त्यस यता प्रहरी विहीन बनेको बिर्तामोडमा स्थानीयकै अगुवाइमा क्षतिग्रस्त भौतिक संरचना पुनः निर्माण गरिएसंगै आजबाट प्रहरी काममा फर्किएका हुन् ।

जेनजी आन्दोलनपछि बिर्तामोडमा प्रहरी नहुँदा नहुँदा शान्ति सुरक्षामा चुनौति बढेको भन्दै युवा व्यवसायी रमेश चौधरी, पदम श्रेष्ठ, सजेश शिवाकोटी, बिपिन बजगाँई, बिर्तामोड–५ का वडाध्यक्ष रोहित प्रसाई, युवा व्यवसायी मिजास पोखरेलको अगुवाईमा स्थानीय युवाहरुले प्रहरी र ट्राफिक प्रहरी कार्यालय पुनःनिर्माण तथा मर्मत सम्भार शुरु गरेका थिए । उनीहरुले करिवा ७५ लाख माथि रकम संकलन गर्दै क्षतिग्रस्त भौतिक संरचना पुनः निर्माण गर्दै प्रहरीलाई कार्यालय भित्र्याएका हुन् । पुनः निर्माणको ८० प्रतिशत काम सकिएपनि सबै काम सक्न एक करोड ५० लाख रुपैयाँ माथि खर्च हुने निर्माण कार्यमा सक्रिय युवा पदम श्रेष्ठले जानकारी दिए । विजया दशमीका कारण पुनः निर्माणको काम आजबाट रोकिएको र दशे लगत्तै थप काम अघि बढाउने उनको भनाई छ ।
युवाहरुको अथक प्रयास र स्थानीय दाताहरुको सहयोगपछि पुनःनिर्माण तथा मर्मत सम्भारको काम गर्दै प्रहरीलाई कार्यालयमा स्वागत गरिएको थियो ।

त्यस अघि बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतरा प्रसाई, अर्जुनधारा नगरप्रमुख वलदेव सिंह गोम्देनसहित स्थानीय संघ, संस्था, स्थानीयवासीहरु, भवन पुनःनिर्माणका अगुवा, दाताहरुसहितले बिर्तामोडमा र्र्यालीसहित इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक विजय श्रेष्ठ, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख गणेश पौडेलसहितको प्रहरी टोलीलाई स्वागत गर्दै कार्यालयमा प्रवेश गराएका छन् ।


जेनजी आन्दोलनपछि प्रहरीको गिरेको मनबललाई उच्च पार्ने उदेश्यले आज र्यालीसहित कार्यालयमा स्वागत, सम्मान तथा कार्यालय प्रवेश गराइएको पुनःनिर्माण अभियानका अगुवा, युनिक मेशिनरी ट्रेडर्सका सञ्चालक तथा बिर्तामोड उद्योग बाणिज्य संघका सदस्यसमेत रहेका सामाजिक व्यक्तित्व बिपिन बजगाँईले जानकारी दिए ।

१० दिनको अथक प्रयास र सवैको साथ र सहयेगका कारण आज प्रहरी र ट्राफिक प्रहरीहरुलाई कार्यालयमा ल्याउन सफल भएको प्रहरी कार्यालय पुनःनिर्मामा अर्का अगुवा पदम श्रेष्ठले बताए । श्रेष्ठका अनुसार चाँडै पुनःनिर्र्माण कार्य सकेर कार्यालयको उद्घाटनसँगै प्रहरीलाई जिम्मा लगाइनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत गरिएको छ ।  बिहीबारको मन्त्रिपरिषद् बैठकले असोज ६ देखि १० सम्म संय...
अर्जेन्टिनाको समुद्र सुकेको होइन: भाइरल भिडियोको वास्तविकता के हो ?

अर्जेन्टिनाको समुद्र सुकेको होइन: भाइरल भिडियोको वास्तविकता के हो ?

काठमाडौँ — सामाजिक सञ्जालमा पछिल्लो समय अर्जेन्टिनाको समुद्र अचानक सुकेको, समुद्रको पानी हराएको तथा ठूलो प्राकृतिक विपत्ति आउन ला...
किरात राई यायोक्खा झापाको अध्यक्षमा गणेशबहादुर राई पुनः निर्वाचित

किरात राई यायोक्खा झापाको अध्यक्षमा गणेशबहादुर राई पुनः निर्वाचित

बिर्तामोड । किरात राई यायोक्खा झापाको नवौँ जिल्ला अधिवेशनबाट गणेशबहादुर राई पुनः अध्यक्षमा निर्वाचित हुनुभएको छ। अधिवेशनले राईको ...
काँकरभिट्टामा २०औँ मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवस, जिल्लास्तरीय भेला हुँदै

काँकरभिट्टामा २०औँ मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवस, जिल्लास्तरीय भेला हुँदै

काँकरभिट्टा, २०८३ भदौ १९ गते ।‘प्रविधिको सही प्रयोग : मानव बेचबिखनरहित राष्ट्र निर्माणमा ऐक्यबद्धता’ भन्ने नाराका साथ २०औँ मानव ब...