झापा । झापाको बिर्तामोडस्थित सिटी सेन्टरमा साउन २४ गते भव्य लाखे गाईजात्रा आयोजना गरिने भएको छ। आज बिर्तामोडको इन्द्रेणी पार्टी प्यालेसमा आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत कार्यक्रमका संयोजक तथा नेवा देय दबु कोशी प्रदेशका पूर्वअध्यक्ष इन्द्रकुमार श्रेष्ठले उक्त जानकारी दिनुभयो। श्रेष्ठका अनुसार लाखे गाईजात्रा कार्यक्रम नेवा देय दबु जिल्ला समिति झापा र सह-आयोजक नेवा मिसा दबु झापाको संयुक्त आयोजनामा सम्पन्न हुनेछ। सांस्कृतिक पहिचान संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिने यस कार्यक्रमलाई भव्य र सभ्य ढंगले सम्पन्न गर्न विभिन्न ऐतिहासिक नृत्य, गजल तथा मुक्तक प्रतियोगितासमेत राखिने भएको छ। कार्यक्रममा सहभागी विजयीहरूलाई पुरस्कारको व्यवस्था समेत गरिएको आयोजकहरूले जनाएका छन्। कार्यक्रममा झापाका साथै…
साउन १५, झापा । गर्मीमा सुन्तलाको जुस पिउनुले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने चिकित्सकहरू बताउँछन्। अत्यधिक गर्मीका कारण हुने डिहाइड्रेसन, थकान र रोग प्रतिरोधात्मक क्षमतामा गिरावटलाई ध्यानमा राख्दै पोषणविद्हरूले नियमित रूपमा ताजा फलफूलको सेवन गर्न सुझाव दिँदै आएका छन्। त्यसमा, सुन्तलाको जुस एक प्रभावकारी र सुलभ उपायका रूपमा अगाडि आएको हो। स्वास्थ्य विज्ञहरूका अनुसार, सुन्तलामा प्रचुर मात्रामा पाइने भिटामिन C, पोटासियम र एन्टिअक्सिडेन्ट ले शरीरलाई ऊर्जावान बनाउनुका साथै पाचन सुधार, रक्तचाप नियन्त्रण र छाला संरक्षण मा समेत सहयोग पुर्याउँछ। "गर्मीमा धेरै पसिना आउँछ, जसले शरीरमा पानी र इलेक्ट्रोलाइटको कमी गराउँछ। सुन्तलाको जुसले यी तत्वहरू पूर्ति गरी शरीरलाई हाइड्रेट राख्न मद्दत गर्छ,"…
२ श्रावण, झापा । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा राज्यले जिम्मेवार ढंगले अगाडि नबढेको भन्दै सरोकारवालाहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्। राष्ट्रिय मानव अधिकार आयोगले शुक्रबार बिर्तामोडमा आयोजना गरेको सरोकारवालाबीचको बैठकमा सहभागीले मानव बेचबिखन विभिन्न स्वरूपमा फैलिँदै गएको र राज्य गम्भीर नदेखिएको बताएका हुन्। बैठकमा मानव बेचबिखन र ओसारपसारलाई मानव अधिकारको गम्भीर उल्लंघनका रूपमा व्याख्या गर्दै सहभागीहरूले यसको नियन्त्रणका लागि राज्य, स्थानीय सरकार तथा सरोकारवाला निकायहरूको साझा प्रयास अपरिहार्य रहेको धारणा राखे। स्थानीय तहहरूले समेत नीति निर्माण गरी, मानव बेचबिखनविरुद्ध क्रियाशील समितिहरूलाई प्रभावकारी रूपमा परिचालन गर्नुपर्नेमा जोड दिइएको थियो। बैठकमा प्रलोभनमा पारेर मानिस ठगिने, बेचिने, यौन तथा श्रम शोषणमा पारिने…
झापा । प्रधानमन्त्री केपी ओलीले ईलामको माई नगरपालिका–२ मा आयोजना गरिएको विशेष समारोहमा खानेपानी आयोजना शिलान्यास, माई नगर अस्पतालको उद्घाटन तथा सुकुम्बासीलाई जग्गाधनी प्रमाण–पुर्जा वितरण गरेका छन्। १५ शैयाको क्षमता भएको माई नगर अस्पतालको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा विस्तार गर्न सरकार प्रतिबद्ध रहेको बताए। साथै, शुद्ध र सुरक्षित खानेपानी पहुँचका लागि निर्माण हुन लागेको आयोजनाले हजारौं स्थानीयलाई लाभ पुर्याउने अपेक्षा गरिएको छ। कार्यक्रममा प्रतिनिधिसभा सदस्य महेश बस्नेत, प्रदेशसभा सदस्य सुहाङ नेम्बाङ, कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कार्की, पूर्वमुख्यमन्त्री शेरधन राईलगायतको उपस्थिति रहेको थियो। सुकुम्बासीलाई जग्गाधनी प्रमाण–पुर्जा वितरण गर्दै प्रधानमन्त्री ओलीले सरकारको प्राथमिकतामा भूमिहीन नागरिकको अधिकार सुनिश्चित गर्नु…
झापाको बिर्तामोड–३ स्थित बिराटपोखरी क्षेत्रमा शनिबार वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ। सिद्दार्थ बैंकको सहयोगमा आयोजित उक्त कार्यक्रममा नगर प्रमुख पवित्रा महत, वडा नं. ३ का अध्यक्ष मदन बुढाथोकी, स्थानीय टोल समिति, बुद्धिजीवी, समाजसेवी तथा बिर्ताबजार प्रहरी चौकीका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो। कार्यक्रममा साना बालकदेखि जेष्ठ नागरिकसम्मको सक्रिय सहभागिता देखिएको थियो। सहभागीहरूले वातावरण संरक्षण र हरियाली प्रवर्द्धनमा वृक्षरोपणको भूमिका महत्वपूर्ण रहेको भन्दै यस्ता कार्यक्रम निरन्तर भइरहनुपर्ने आवश्यकता औंल्याएका थिए। वृक्षरोपणमा धूपी, सुपारी, सितारा, बेलीलगायत ३०० भन्दा बढी बिरुवा रोपिएको आयोजकले जानकारी दिएको छ। कार्यक्रममा सिद्दार्थ बैंकका कोशी प्रदेश प्रमुख सुवास श्रेष्ठ पनि सहभागी थिए। सस्थागत तथा सामुदायिक सहकार्यमा सम्पन्न भएको यो…
किशोर कुमार सार्की, मेचीनगर । आर्थिक वर्ष २०८१/८२ मा मेचीनगर नगरपालिकामा खेलकुद विकासले नयाँ आयाम थपेको छ । अन्तर्राष्ट्रिय प्रतियोगिता, विद्यालय, युवा र समुदायमा आधारित पहलले खेल प्रतिभालाई उजागर गराउँदै खेलकुदलाई सांस्कृतिक तथा आर्थिक विकासको बलियो आधार बनाएको छ । आर्थिक वर्ष २०८१/८२ मा मेचीनगर नगरपालिका संरक्षक रही पाँचौं मेचीनगर गोल्डकप सफल पार्ने काम भएको छ । २०८१ फागुन २१ देखि फागुन २८ सम्म काँकरभिट्टामा सञ्चालन भएको पाँचौँ “मेचीनगर गोल्डकप” ले मेचीनगरलाई राष्ट्रियस्तरमा फुटबलबाट परिचित गराउन सफल भयो । ए–डिभिजन क्लबहरू (चर्च ब्वाइज, मच्छिन्द्र, एपीएफ) र भारत–उज्बेकिस्तानका विदेशी क्लब जर्जियन एफसी, ब्ल्याक बुल्स एफसी सहभागी थिए । चर्च ब्वाइज युनाइटेडले…
काठमाडौँ। अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलनाको मुद्दामा छ महिनाको जेल सजाय सुनाएको छ। गत वर्ष जुलाईमा बंगलादेशमा तत्कालीन सरकारविरुद्धको विरोध प्रदर्शनपछि शेख हसिनाले सत्ता छोड्नु परेको थियो। त्यसबेलादेखि कुनै पनि मुद्दामा शेख हसिनालाई सजाय सुनाइएको यो पहिलो पटक हो। मुद्दाका अर्का अभियुक्त शकील अकन्द बुलबुललाई दुई महिनाको जेल सजाय सुनाइएको छ। मुख्य अभियोजक ताजुल इस्लामले पत्रकार सम्मेलनमा भने, “यो सजाय उनले (शेख हसिना) आत्मसमर्पण गरेको दिनदेखि वा प्रहरीले उनलाई पक्राउ गरेको दिनदेखि लागू हुनेछ।” यसअघि, मुख्य अभियोजक ताजुल इस्लामले शेख हसिनाविरुद्ध अदालतको अवहेलनाको उजुरी दायर गरेका थिए। सामाजिक सञ्जालमा एउटा अडियो भाइरल भएको थियो जसमा…
झापा । परिवर्तनको लागि युवा नामक समूहको आयोजना र एक्का नेपालको सहकार्यमा झापाको मेचीनगर–६, बर्मेलीटोल गैरीगाउँमा अपांगता समावेशीकरणसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा परिवर्तनको लागि युवाका सहजकर्ता बिष्णु प्रसाईंले अपांगता के हो, अपांगताको प्रकार तथा वर्गीकरण सम्बन्धि जनचेतनामूलक प्रशिक्षण प्रदान गरे। उनले सहभागीहरूलाई अपांगता सम्बन्धी आधारभूत जानकारी दिँदै सामाजिक समावेशीताको महत्वप्रति सचेत गराए। कार्यक्रममा समूहकी संयोजक प्रियंका दनुवारले नेपाल सरकारले प्रदान गर्ने अपांगता परिचयपत्रका चारवटा प्रकारहरू र तिनले दिने सुविधाहरूका बारेमा स्पष्ट विवरण दिइन्। कृपा फ्रि मेथोस्टि चर्च भवनमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन चाँदनी अन्सारीले गरेकी थिइन् भने एक्का नेपाल पूर्वाञ्चल क्षेत्रीय संयोजक तरुण राईसहित समूहका अन्य सदस्यहरूको…
मेचीनगर । मेची इलाका इसाई समाजमा नयाँ नेतृत्व चयन, पास्टर भरत दाहाल अध्यक्षमा निर्वाचित झापा, असार ६ – मेची इलाका इसाई समाजले नयाँ कार्यसमिति गठन गरेको छ। मेचीनगर–१०, धुलाबारीस्थित नेपाल ख्रीष्टियन रिभाइबल चर्चमा सम्पन्न भेलाले पास्टर भरत दाहालको अध्यक्षतामा पाँच सदस्यीय ‘मेजर फाइव’ समिति चयन गरेको हो। नवगठित समितिमा जयबहादुर कार्कीढाेली उपाध्यक्ष, छत्रबहादुर राई (होमराज) सचिव, मात्रिका गुरुङ सहसचिव चयन भएका छन्। समितिले अन्य सदस्यहरू विभिन्न मण्डलीलाई समेट्दै पूर्णता दिने जनाएको छ। कार्यसमिति चयन कार्य निर्वाचन समितिको संयोजक रेभ. एनोस गजमेरको नेतृत्वमा सम्पन्न भएको हो। समितिमा सदस्यहरूमा रेभ. गोपाल खनाल, एल्डर रमेश गुरुङ तथा सल्लाहकारहरूमा पास्टर रामकुमार थापा र रेभ.…
काँकरभिट्टा । प्रेस क्लब मेचीनगरको १२ स्थापना दिवसको अवसरमा दुई पत्रकार पुरस्कृत भएका छन् । काँकरभिट्टा खानेपानी संस्थाको सभाहलमा आयोजित कार्यक्रममा क्लबका पूर्व अध्यक्ष मुक्ति पौडेललाई मेचीनगर पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको हो । त्यसैगरी प्रेस क्लबका सदस्य किशोर उपरकोटी मेचीनगर प्रोत्साहन पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका हुन् । दुवै पत्रकारलाई प्रतिनिधि सभा सदस्य तथा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नगद सहित सम्मान पत्र प्रदान गर्नु भएको थियो । प्रेस क्लबको स्थापना दिवसकै अवसर पारेर क्लबमा आबद्ध ३९ जना पत्रकारहरुको दुई लाख बराबरको दुर्घटना विमा गरिएको अध्यक्षका अध्यक्ष प्रकाश पौडेलले बताउनु भयो । पर्यटन कार्यालय काँकरभिट्टाको सहकार्यमा पर्यटकको सुरक्षा र पत्रकारिता विषयक…