Skip to main content

नयाँ तृष्णा

बिराटपोखरीमा ३०० भन्दा बढी बिरुवा रोपियो

[adsforwp id="2511"]

झापाको  बिर्तामोड–३ स्थित बिराटपोखरी क्षेत्रमा शनिबार वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ। सिद्दार्थ बैंकको सहयोगमा आयोजित उक्त कार्यक्रममा नगर प्रमुख पवित्रा महत, वडा नं. ३ का अध्यक्ष मदन बुढाथोकी, स्थानीय टोल समिति, बुद्धिजीवी, समाजसेवी तथा बिर्ताबजार प्रहरी चौकीका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो।

कार्यक्रममा साना बालकदेखि जेष्ठ नागरिकसम्मको सक्रिय सहभागिता देखिएको थियो। सहभागीहरूले वातावरण संरक्षण र हरियाली प्रवर्द्धनमा वृक्षरोपणको भूमिका महत्वपूर्ण रहेको भन्दै यस्ता कार्यक्रम निरन्तर भइरहनुपर्ने आवश्यकता औंल्याएका थिए।

वृक्षरोपणमा धूपी, सुपारी, सितारा, बेलीलगायत ३०० भन्दा बढी बिरुवा रोपिएको आयोजकले जानकारी दिएको छ। कार्यक्रममा सिद्दार्थ बैंकका कोशी प्रदेश प्रमुख सुवास श्रेष्ठ पनि सहभागी थिए।

सस्थागत तथा सामुदायिक सहकार्यमा सम्पन्न भएको यो अभियानले स्थानीय क्षेत्रमा हरियाली विस्तारको अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक...
लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरण...
फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चा...
पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

काठमाडौँ, । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर...