Skip to main content

नयाँ तृष्णा

बिर्तामोड सिटी सेन्टरमा साउन २४ गते भव्य लाखे गाईजात्रा हुने

[adsforwp id="2511"]

झापा । झापाको बिर्तामोडस्थित सिटी सेन्टरमा साउन २४ गते भव्य लाखे गाईजात्रा आयोजना गरिने भएको छ।

आज बिर्तामोडको इन्द्रेणी पार्टी प्यालेसमा आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत कार्यक्रमका संयोजक तथा नेवा देय दबु कोशी प्रदेशका पूर्वअध्यक्ष इन्द्रकुमार श्रेष्ठले उक्त जानकारी दिनुभयो।

श्रेष्ठका अनुसार लाखे गाईजात्रा कार्यक्रम नेवा देय दबु जिल्ला समिति झापा र सह-आयोजक नेवा मिसा दबु झापाको संयुक्त आयोजनामा सम्पन्न हुनेछ। सांस्कृतिक पहिचान संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिने यस कार्यक्रमलाई भव्य र सभ्य ढंगले सम्पन्न गर्न विभिन्न ऐतिहासिक नृत्य, गजल तथा मुक्तक प्रतियोगितासमेत राखिने भएको छ।

कार्यक्रममा सहभागी विजयीहरूलाई पुरस्कारको व्यवस्था समेत गरिएको आयोजकहरूले जनाएका छन्। कार्यक्रममा झापाका साथै अन्य जिल्लाबाट पनि नेवारी समुदायका कलाकारहरूको सहभागिता रहनेछ। कार्यक्रमले नेवारी संस्कृतिको संरक्षण र प्रचारप्रसारमा टेवा पुग्ने आयोजकको विश्वास छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

काठमाडौं । भोटेकोशी बाढीपछि शुक्रबार १७ः०० बजेसम्म १ हजार ३ सय ८४ जनाको शव फेला परेको छ । रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा,...
प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

खोटाङ।   नेपाल प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत चयन हुनुभएको छ । प्रेस युनियन खोटाङको शुक्रबार ...
प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत गरिएको छ ।  बिहीबारको मन्त्रिपरिषद् बैठकले असोज ६ देखि १० सम्म संय...
अर्जेन्टिनाको समुद्र सुकेको होइन: भाइरल भिडियोको वास्तविकता के हो ?

अर्जेन्टिनाको समुद्र सुकेको होइन: भाइरल भिडियोको वास्तविकता के हो ?

काठमाडौँ — सामाजिक सञ्जालमा पछिल्लो समय अर्जेन्टिनाको समुद्र अचानक सुकेको, समुद्रको पानी हराएको तथा ठूलो प्राकृतिक विपत्ति आउन ला...