Skip to main content

नयाँ तृष्णा

अर्ग्यानिक उत्पादनमा जोड दिँदै बाहुनडाँगी साना किसान सहकारीको २२औं वार्षिक साधारण सभा सम्पन्न

[adsforwp id="2511"]
बाहुनडाँगी । साना किसान कृषि सहकारी संस्था लि., बाहुनडाँगीको २२औं वार्षिक साधारण सभा मंगलबार एक विशेष कार्यक्रमकाबीच सम्पन्न भएको छ । मेचीनगर–४ स्थित बाहुनडाँगी सामुदायिक भवनको सभाहलमा आयोजित कार्यक्रममा अर्ग्यानिक तरकारी उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यले सदस्यहरूले उत्पादन गरेको अचार ‘मायाको चिनो’ का रूपमा वितरण गरिएको थियो । साना किसान कृषि सहकारी संस्था लि. बाहुनडाँगीकी अध्यक्ष टुका देवी दाहालको सभापतित्वमा भएको कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष ठाकुरप्रसाद आचार्यको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा कार्यपालिका सदस्य तिलजा देवान, पूर्व जिल्ला समन्वय सदस्य गंगादेवी कार्की, वडा सदस्यहरु सीता विक, सीता मोते, धनमाया कोइरालालगायतको आतिथ्यता रहेको थियो । संस्थाका उपाध्यक्ष पुण्डेप्रसाद निरौलाले स्वागत गरेको कार्यक्रमको सञ्चालन मुख्य प्रबन्धक पोषककुमार दर्जीले गरेका थिए । २०५३/०३/३१ मा डिभिजन सहकारी कार्यालय भद्रपुरमा दर्ता गरी २०५३/१०/०१ देखि साना किसान विकास आयोजनाको सम्पूर्ण कारोबार तथा व्यवस्थापनमा शुरु गरेको संस्थाको मेचीनगरका ५ वटै वडामा कार्यक्षेत्र रही २३९ समूह भित्र १३६४ घर परिवारलाई आबद्ध गरेको छ । संस्थाले सदस्यहरुको हितका लागि लघु कर्जा, पशुपालन कर्जा, ग्रामीण उद्यम कर्जा प्रदान गर्दे आएको छ । १६ करोड ६४ लाख ४७ हजार ३ सय ४४ कुल वासलात रहेको संस्थाले यस वर्ष ४० लाख ५९ हजार ७ सय २८ मुनाफा गरेको छ । संस्थाको १ करोड ९१ लाख २८ हजार २ सय रुपैयाँ शेयर पूँजी रहेको छ भने बचततर्फ ४ करोड ६८ लाख ४२ हजार रहेको छ । संस्थाले १२ करोड ७ लाख ८३ हजार २ सय ७३ ऋण लगानी गरेको छ । संस्थाको आर्थिक सहयोगमा पशुपालन गर्ने ४२ जना कृषक सदस्यलाई गाई भैंसी पालन सम्बन्धी तालिम तथा ७० जनालाई क्षमता विकास तालिम सञ्चालन गरिएको छ । सस्थाले सुत्केरी पोषण कार्यक्रम, पशु नश्ल सुधार कार्यक्रम, मृत्यु राहत तथा समवेदना कार्यक्रम समेत सञ्चालन गरिरहेको छ । कार्यक्रममा सामुदायिक विद्यालयमा एसर्ईई पास गर्ने विद्यार्थी समूह नं. १५१ की सदस्यकी छोरी सञ्जीवनी क्षेत्री लुइँटेलले ३.९६ जिपिए प्राप्त गरेकाले रु २१००।– तथा +२ मा समूह नं. ११९ की सदस्य सरिता खतिवडाकी छोरी सलिना खतिवडाले ३.०६ जिपिए प्राप्त गरेकाले रु ३,१००।– छात्रवृत्ति पुरस्कार वितरण गरेको छ ।
संस्थामा कारोबार गर्ने जेष्ठ सदस्यहरु समूह नं. ३० की सदस्य गंगादेवी कार्की र समूह नं. ११० का सदस्य सोमनाथ गौतमलाई ज्येष्ठ सदस्य सम्मान गरिएको छ भने उत्कृष्ट ऋणीतर्फ गीता थापा समूह नं. ९०, उत्कृष्ट बचतकर्तातर्फ जीवनकुमार दर्जी समूह नं. १२, उत्कृष्ट अन्तर समूहतर्फ अन्तर समुह ३, उत्कृष्ट समूहतर्फ समुह नं. ९६ लाई नगदसहित सम्मान गरिएको छ । संस्थाले आगामी वर्षदेखि ६५ वर्षमाथिका महिलालाई मातातीर्थ औँशी र ६५ वर्षमाथिका पुरुषलाई बुवाको मुख हेर्ने दिन सम्मान गरिने जनाएको छ । संस्थाले २९ औँ वार्षिक उत्सवमा मेचीनगर–७ स्थित समाज कल्याण सुधार युवा संघमा आश्रित बालबालिकाहरुलाई विद्यालय पोशाक तथा खाद्यान्न उपलब्ध गराइएको थियो । साना किसान कृषि सहकारी संस्था लि., बाहुनडाँगी अर्ग्यानिक कृषि, वित्तीय सशक्तिकरण र सामाजिक जिम्मेवारीका क्षेत्रमा उल्लेखनीय भूमिका निभाउँदै आएको छ । यस सहकारीले सामुदायिक विकासमा पुर्‍याएको योगदान अन्य सहकारी संस्थाहरूका लागि पनि अनुकरणीय बन्न पुगेको छ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणको साधारण सभा सम्बन्धी निर्देशन अनुसार संस्थाको साधारण सभामा गैर सदस्यलाई अतिथिमा आमन्त्रण नगरिएको संस्थाका मुख्य प्रबन्धक पोषककुमार दर्जीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक...
लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरण...
फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चा...
पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

काठमाडौँ, । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर...