Skip to main content

नयाँ तृष्णा

श्रम संस्कृतिबाट देश समृद्ध बनाउने अभियान : हर्क साम्पाङ

[adsforwp id="2511"]

झापा, २७ असोज । राष्ट्रिय श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले आफूलाई “रुखो बोल्ने तर झुठो नबोल्ने भुइँमान्छे” का रूपमा चिनिदिन आग्रह गर्नुभएको छ।

पूर्वी सीमा काँकरभिट्टाबाट श्रम अभियानको थालनी गर्दै उहाँले भन्नुभयो,

“म नेता होइन, पढाउन आएको होइन — देश बनाउने अभियानमा बोलाउन आएको हुँ। रुखो बोल्छु, तर झुठो बोल्दिन।”

“देशभक्त र विदेशी कठपुतलीबीच संघर्ष सुरु भएको छ”

साम्पाङले हालको राजनीतिक अवस्थालाई जेनजी आन्दोलनपछिको दुई धार — देशभक्तको एउटा र विदेशी प्रभावमा चल्ने अर्को धारको रूपमा चित्रण गर्नुभयो।
उहाँका अनुसार, आफ्नो उद्देश्य देशलाई श्रम र उत्पादनसँग जोडेर चीन र भारतको दाजोमा उभ्याउने हो।

“हाम्रो मुलुकलाई भ्रष्टाचार, अल्छीपन र पराधीनताबाट मुक्त गर्न श्रम–संस्कृतिको बाटो नै एकमात्र उपाय हो,” उहाँले भन्नुभयो।

श्रम अभियान सुरु गर्नुअघि साम्पाङले मेची पुलमा राष्ट्रिय झण्डा फहराउँदै देशव्यापी अभियानको औपचारिक सुरुवात गर्नुभयो।
उहाँलाई सुन्न ठूलो संख्यामा सर्वसाधारण र समर्थकहरू उपस्थित थिए।

भ्रष्टाचारविरुद्ध आवाज, श्रमका पक्षमा अभियान

सामाजिक अभियन्ता बालकृष्ण थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भ्रष्टाचार विरोधी अभियन्ता प्रसन्न भट्टराई, अरुण गुरुङ, पुष्प पौडेल, सन्तोष आचार्य, मुना राई लगायतले श्रम–संस्कृति अभियानको सफलताको शुभकामना व्यक्त गरे।
कार्यक्रम आदिवासी जनजाति नेता केवल राईको सञ्चालन र प्रमेश थापाको स्वागत मन्तव्यसहित सम्पन्न भएको थियो।

  1. ७० वर्षीय जयन्त खनाललाई सम्मान गरिएको सो कार्यक्रममा केसाङ क्रिएसनका भाइबहिनीहरूले नृत्य प्रस्तुत गरेका थिए भने मेचीनगरका जेनजी युवाहरूले साम्पाङलाई कालो चश्मा उपहार दिंदै अभियान सफलताको शुभकामना दिएका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक...
लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरण...
फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चा...
पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

काठमाडौँ, । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर...