Skip to main content

नयाँ तृष्णा

नेपालले जित्यो टी-२० सिरिज, निर्णायक पाँचौं खेलमा मलेसियामाथि ५ विकेटको जित

[adsforwp id="2511"]

काठमाडौं । नेपालले मलेसियासँगको टी २० अन्तर्राष्ट्रिय सिरिज ३–२ ले जितेको छ । चौथो खेल जितेर २–२ बराबरीमा पुगेको नेपाली महिला टोलीले पाँचौं तथा अन्तिम खेल जितेर सिरिज हासिल गरेको हो ।

बुधबार भएको निर्णायक खेल नेपालले ५ विकेटले जितेको थियो ।

घरेलु टोली मलेसियाले दिएको १ सय ४ रनको सामान्य लक्ष्य नेपालले ५ विकेट गुमाएर १८ औं ओभरमा प्राप्त गरेको थियो । टोलीका लागि ओपनर रुबी पोद्दारले सर्वाधिक २६ रन जोडिन् । यस्तै, पूजा महतोले २४ रन र कविता कुँवरले १४ रन बनाएका थिए ।

तर, ओपनर सम्झना कुमारी खड्का १३ रनमै आउट भइन् भने कप्तान इन्दु बर्माले मात्र ८ रन बनाइन् । यस्तै, पूर्व कप्तान रुविना क्षेत्रीले १५ रनको योगदान दिएकी थिइन् ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको मलेसियाले ७ विकेट गुमाउँदै १ सय ३ रन बनाएको थियो । विनिफ्रेड दुरासिंगमले टोलीका लागि सर्वाधिक ४० रन बनाइन् । नेपालका लागि राजमति ऐरी र कविता कुँवरले समान ३ र रचनाकुमारी चौधरीले १ विकेट लिए ।

यस सिरिजमा नेपाल दुई पटक पछि परेको थियो । मलेसियाले पहिलो खेल जित्दा नेपाल १–० ले पछि परेको थियो । यसपछि दोस्रो खेल जितेर नेपालले सिरिज १–१ बराबरी गरेको थियो । तेस्रो खेलमा मलेसिया जित्दा नेपाल फेरि एकपटक सिरिजमा पछि प¥यो ।

इन्दु वर्माले यसै सिरिजअन्तर्गत चौथो खेलमा व्यक्तिगत १ हजार रन पूरा गरिन् । योसँगैं उनी टी २० अन्तर्राष्ट्रियमा नेपालको तर्फबाट १ हजार रन पूरा गर्ने पहिलो महिला खेलाडी बनिन् ।

उनले ७७ खेलमा यो उपलब्धि हासिल गरेकी हुन् । यस्तै, सीता रानामगर पनि १ हजार रन नजिक छिन् । उनले ९ सय ६५ रन बनाएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत गरिएको छ ।  बिहीबारको मन्त्रिपरिषद् बैठकले असोज ६ देखि १० सम्म संय...
अर्जेन्टिनाको समुद्र सुकेको होइन: भाइरल भिडियोको वास्तविकता के हो ?

अर्जेन्टिनाको समुद्र सुकेको होइन: भाइरल भिडियोको वास्तविकता के हो ?

काठमाडौँ — सामाजिक सञ्जालमा पछिल्लो समय अर्जेन्टिनाको समुद्र अचानक सुकेको, समुद्रको पानी हराएको तथा ठूलो प्राकृतिक विपत्ति आउन ला...
किरात राई यायोक्खा झापाको अध्यक्षमा गणेशबहादुर राई पुनः निर्वाचित

किरात राई यायोक्खा झापाको अध्यक्षमा गणेशबहादुर राई पुनः निर्वाचित

बिर्तामोड । किरात राई यायोक्खा झापाको नवौँ जिल्ला अधिवेशनबाट गणेशबहादुर राई पुनः अध्यक्षमा निर्वाचित हुनुभएको छ। अधिवेशनले राईको ...
काँकरभिट्टामा २०औँ मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवस, जिल्लास्तरीय भेला हुँदै

काँकरभिट्टामा २०औँ मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवस, जिल्लास्तरीय भेला हुँदै

काँकरभिट्टा, २०८३ भदौ १९ गते ।‘प्रविधिको सही प्रयोग : मानव बेचबिखनरहित राष्ट्र निर्माणमा ऐक्यबद्धता’ भन्ने नाराका साथ २०औँ मानव ब...