१९ माघ २०८२, सोमबार. काठमाडौँ ।प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको समयमा स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गर्नुभएको छ। राष्ट्रिय सभाको १९औँ अधिवेशनअन्तर्गत आज भएको पाँचौँ बैठकलाई पहिलोपटक सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी तथा सुशासनका क्षेत्रमा सरकारले गरिरहेका कामबारे सभासद्हरूलाई जानकारी गराउनुभयो। उहाँले आफू कुनै शासकीय आकाङ्क्षा बोकेर नभई विषम परिस्थितिमा प्रधानमन्त्री बनेको स्पष्ट पार्दै तोकिएको समयमा निर्वाचन सम्पन्न गरी नयाँ सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्न आतुर रहेको बताउनुभयो। प्रधानमन्त्री कार्कीले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको पृष्ठभूमिमा गठन भएको अन्तरिम सरकारको नेतृत्व आफूले सम्हालेको उल्लेख गर्नुभयो। साथै, हालै सम्पन्न…
१६ माघ २०८२, शुक्रबार. झापा। झापाको बिर्तामोडमा सातौँ संस्करणको झापा गोल्ड कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिता यही माघ २४ गतेदेखि सुरु भई फागुन ४ गते समापन हुने छ। आज बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका अध्यक्ष केदार गिरीले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। उहाँका अनुसार प्रतियोगिताको विजेताले १५ लाख रुपैयाँ र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। त्यसैगरी प्रतियोगिताका सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र उत्कृष्ट प्रशिक्षकलाई जनही ३५ हजार रुपैयाँ प्रदान गरिने छ भने प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई २५ हजार रुपैयाँ नगद पुरस्कार दिइने छ। प्रतियोगितामा नेपाल,…
काठमाडौँ । आसन्न प्रतिनिधिसभा निर्वाचनलाई निष्पक्ष र मर्यादित बनाउन गृह मन्त्रालयले निर्वाचन आचारसंहिता उल्लङ्घनका सम्भावित घटना रोक्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ। मन्त्रालयले बिहीबार परिपत्र जारी गर्दै निर्वाचन आचारसंहिताको नियमित अनुगमन गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्न भनेको हो। साथै, आचारसंहिता कार्यान्वयनका क्रममा गरिएका गतिविधिबारे नियमित रूपमा मन्त्रालयमा प्रतिवेदन पेश गर्न पनि निर्देशन दिइएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। निर्वाचन आयोगले यही माघ ४ गतेदेखि प्रतिनिधिसभा सदस्य निर्वाचन आचारसंहिता लागू गरिसकेको छ।
१४ माघ २०८२, बुधबार, काठमाडौं । भारतमा बुधबार बिहान भएको विमान दुर्घटनामा भारतको महाराष्ट्र राज्यका उपमुख्यमन्त्री तथा भारतीय राष्ट्रिय कांग्रेस पार्टी (एनसीपी) का प्रमुख अजित पवारको मृत्यु भएको छ । महाराष्ट्रको बारमतीमा ल्यान्ड गर्ने क्रममा एक चार्टर्ड विमान दुर्घटनामा परेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतीय डाइरेक्टरेट जनरल अफ सिभिल एभिएसन (डीजीसीए) ले सो विमानमा रहेका पाँचै जनाको मृत्यु भएको जनाएको भारतीय सञ्चार माध्यम द हिन्दुलगायतले जनाएका छन् । समाचारअनुसार विमान बिहान नेपाली समयअनुसार ९ बजे दुघर्टनामा परेको हो । विमान पूरै जलेको जनाइएको छ । दुर्घटनाको कारणबारे भने केही खुलाइएको छैन ।
१३ माघ २०८२, मंगलवार, मेचीनगर । अपाङ्गमैत्री भवन निर्माण गर्ने उद्देश्यसहित अपाङ्गमैत्री सेवा स्वरोजगार संस्था मेचीनगर–१० ले सप्ताह पुराण महायज्ञ आयोजना गर्ने भएको छ । भवनको अभावका कारण कार्यालय सञ्चालनमा समस्या भोग्दै आएको संस्थाले आवश्यक आर्थिक स्रोत जुटाउन महायज्ञ गर्न लागेको हो । मंगलबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा संस्थाले मेचीनगरभरिका ४५ जना फरक क्षमता भएका सदस्यहरूको हितका लागि भवन निर्माण योजना अघि बढाएको जानकारी गराएको छ । भवन निर्माणको योजनापछि केही व्यक्ति तथा संस्थाबाट सहयोगको प्रतिबद्धता प्राप्त भएपछि महायज्ञ आयोजना गर्ने निर्णय गरिएको संस्थाका अध्यक्ष राम बुढाथोकीले बताए । उनका अनुसार आगामी फागुन ६ गतेदेखि १४ गतेसम्म महायज्ञ सञ्चालन हुनेछ…
रेभ. शमूएल तामाङ, प्रारम्भिक चर्चहरुमा पहिलो शताब्दी देखि तेस्रो शताबदीसम्म पनि धूप बाल्ने प्रचलन थिएन, किनकी त्यसबेला धूप बाल्ने कुरा रोमीहरुको मूर्तिपुजासंग जोडिएको थियो । त्यसपछि चौथो शताब्दीपछि राजा Constantine चर्चमा प्रवेश गरेपछि इसाईमतलाई सार्वजनिक मान्यता पाए, त्यसपछि चर्चमा लिटर्जीको प्रचलन र चर्चमा रोमी संस्कृतिको प्रभावमा र यहोदी धर्मको प्रभावले धूप बाल्ने चलन चर्चमा पसेको हो । पछि अर्थोडक्स चर्च, रोमन क्याथोलिक चर्चले अधिकरुपमा धूप बाल्ने प्रचलन प्रयोगमा ल्याएको देखिन्छ । हाल नेपालमा बिलिभर्स इस्ट्रन चर्चले पनि यो धूप बाल्ने प्रचलनलाई सुरुवात गरेको र यसले व्यापक्ता पाएको देखिन्छ । हुनत उनीहरुले यो प्रचलन प्रेरितहरुको समय देखि कै हो भनेर दाबी…
तरुण राई, १२ माघ २०८२ सोमबार, मेचीनगर । परिवर्तनको लागि युवा समूहको आयोजना तथा एक्का नेपाल र ग्लोबल गिविङ्गको सहयोगमा मेचीनगर –१५, अवस्थित ग्वाला बस्ती (मेची पारी)मा रहेको श्री मेची प्राथमिक विद्यालयलाई “विद्यालय कक्षा सुधार कार्यक्रम“ अन्तर्गत विद्यालय कक्षा सुधारको निम्ति सहयोग प्रधान गरिएको छ। विद्यालय प्रधान अध्यापक लोकेन्द्र थपलियाले मेची पारीको नेपाल भनेर चिनिने क्षेत्रमा रहेको मेची प्राथमिक विद्यालय मेची नदीको कारण पुग्नको निम्ति भौगालिक कठिनाई रहेता पनि विद्यालयलाई विद्यालय कक्षा सुधारको निम्ति सहयोग प्रधान गर्नु भएकोमा आयोजक तथा सहयोगी संस्थालाई धन्यवाद दिनु भयो। एक्का नेपालको कार्यकारी निर्देशक योगेन्द्र चित्रकारद्धारा विद्यालयलाई विद्यालय कक्षा सुधारको निम्ति प्रदान गरिएका सामग्रीले विद्यालय…
१२ माघ २०८२, सोमबार, काठमाडौं। नेपाल राष्ट्र बैंकले आसन्न आमनिर्वाचनका क्रममा राजनीतिक दल, उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारलाई चुनावी खर्च व्यवस्थापनका लागि छुट्टै बैंक खाता खोल्न सहजीकरण गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । निर्वाचन आयोगको अनुरोधमा सोमबार जारी परिपत्रअनुसार निर्वाचन अभियानका लागि खोलिने बैंक खातामा विशेष छुट लागू हुनेछ । आयोगबाट खाता बन्द गर्न निर्देशन नआएसम्म यस्ता खाता सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ । राष्ट्र बैंकका अनुसार प्रत्येक राजनीतिक दल वा उम्मेदवारले निर्वाचन खर्चको आम्दानी खर्च कारोबार गर्न एक मात्र छुट्टै बैंक खाता खोल्न पाउनेछन् । निर्वाचनसँग सम्बन्धित सबै वित्तीय कारोबार यही खातामार्फत गर्नुपर्नेछ । आयोग मातहतका…
९ माघ २०८२, शुक्रबार , काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा दिगो स्थायित्व कायम गर्न सरकारले सम्पूर्ण शक्ति लगाएको बताएकि छन् । काठमाडाैंमा शुक्रबार सशस्त्र प्रहरी बलको २५ औं सशस्त्र प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले सुरक्षा चुनौतीहरु समयानुसार परिवर्तन भइरहेको बताइन् । उनले विगतका निर्वाचनहरुलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सशस्त्र प्रहरी बलले खेलेको भूमिका प्रशंसनीय रहेकाे बताइन् । आसन्न प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै सम्भावित सुरक्षा चुनौतीहरुको सुक्ष्म अध्ययन गरी उच्च शतर्कता र व्यवसायिकताका साथ कार्य सम्पादन गर्न उनले निर्देशन दिएकी छन् । उनले निर्वाचनका लागि सबै सुरक्षा अंग परिचालनको…
८ माघ २०८२, बिहीबार, काठमाडौँ। नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज भएको छ । निर्वाचन अधिकृतको कार्यालयले प्रचलित कानूनअनुसार उम्मेदवारी कायम रहन नसक्ने ठहर गर्दै चौधरीको मनोनयन खारेज गरेको हो । निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको निर्णयमा भनिएको छ, “नागरिक उन्मुक्ति पार्टी, नेपाल (एकल चुनाव चिन्ह) का उम्मेदवार श्री रेशमलाल चौधरीको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम प्रतिनिधिसभा सदस्य पदका लागि हुने निर्वाचनमा उम्मेदवारको मनोनयनपत्र प्रचलित कानून बमोजिम कायम रहन सक्ने अवस्था नदेखिएकाले खारेज गरिएको छ ।” चौधरी कैलाली निर्वाचन क्षेत्र नम्बर–१ बाट उम्मेदवार थिए । उम्मेदवारी खारेज भएपछि सो…