Skip to main content

नयाँ तृष्णा

जलथललाई हराउँदै आदर्श युवा क्लब क्वाटरफाइनलमा

Advertisement
झापा । आदर्श युवा क्लब बुधबारे नकलबन्दामा जारी तेस्रो जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
आइतबार सम्पन्न खेलमा जलथल फुटबल क्लबमाथि १ का विरुद्ध २ गोल गर्दै आदर्श क्वाटरफाइनल प्रवेश गरेको हो । आदर्श युवा क्लब बुधबारेका दिवस बाँस्तोलाले १४ औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । खेलको २२ औँ मिनेटमा बुधाबारेका श्याम मुर्मुले गोल गर्दै अग्रता दोब्बर बनाए ।
खेलको ३२ औँ मिनेटमा जलथलका रोहित न्यौपानेले सान्त्वना गोल गरे पनि टिमको हारलाई टार्न सकेनन् । खेलको म्यान अफ द म्याच आदर्शका श्याम मुर्मु घोषित भए । उनले नगद रु. १ हजार ५ सयसहित ट्रफी प्राप्त गरे ।
भोलिको खेल मेचीनगर–८ स्थित विष्णुलक्ष्मी मन्दिरको खेलमैदानमा भइरहेकोे प्रतियोगिता अन्तर्गत सोमबार पूर्णिमा युवा क्लब भद्रपुर र ब्रदर्श फुटबल क्लब दमकबीच प्रतिस्पर्धा हुने आयोजक नकलबन्दा स्पोर्टिङ क्लबले जनाएको छ ।
कुल १० सहभागी टोलीहरूमा आयोजक नकलबन्दा स्पोर्टिङ क्लब, ब्रदर्स एफसी दमक, पूर्णिमा युवा क्लब भद्रपुर, पूर्वेली युवा क्लब बिर्तामोड, शनिश्चरे युवा क्लब, धुलाबारी फुटबल ट्रेनिङ सेन्टर, डिएफसी बाहुनडाँगी, नेक्ष्ट जेनेरेशन फुटबल क्लब र आदर्श युवा क्लब बुधबारे रहेका छन् ।
प्रतियोगिताको विजेताले नगद रु. १ लाख १ हजारसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले रु. ५१ हजार नगदसहित ट्रफी पाउनेछ । प्रत्येक खेलको उत्कृष्ट खेलाडीलाई नगद रु. १ हजार ५ सय प्रदान गरिनेछ ।
साथै बेस्ट डिफेन्डर, इमर्जिङ प्लेयर, सर्वाधिक गोलकर्ता र बेस्ट गोलरक्षकलाई जनही रु. ३ हजार १ सय नगद पुरस्कार प्रदान गरिनेछ । आयोजकका अनुसार प्रतियोगिताको फाइनल खेल बैशाख ५ गते सम्पन्न हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

भोलिदेखि ग्यास भरी सिलिण्डर पाइने, मूल्य पनि तोकियो

भोलिदेखि ग्यास भरी सिलिण्डर पाइने, मूल्य पनि तोकियो

  काठमाडौँ। बुधबारदेखि भरी सिलिण्डर ग्यास पाइने भएको छ । नेपाल आयल निगमले मङ्गलबार प्रेस विज्ञप्ति जारी गर्दै बुधबारदेखि भर...
नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद, ४० हजार जरिवाना

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद, ४० हजार जरिवाना

  काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई जिल्ला अदालत काठमाडौँले...
असहाय बालबालिकाको सेवाभन्दा ठूलो धर्म छैन : प्रमुख अतिथि ओली

असहाय बालबालिकाको सेवाभन्दा ठूलो धर्म छैन : प्रमुख अतिथि ओली

मेचीनगर, असार २४। झापाको मेचीनगर–७ स्थित जागृत बाल उद्धार केन्द्र नेपाल को १३औँ वार्षिक उत्सव शनिबार विविध कार्यक्रमका साथ ...
के सबै ६६६ नम्बर खतरनाक हुन्छन् ? बाइबलले वास्तवमा के भन्छ ?

के सबै ६६६ नम्बर खतरनाक हुन्छन् ? बाइबलले वास्तवमा के भन्छ ?

  सबै ६६६ नम्बर खतरनाक हुन्छन् ? धेरै इसाईहरूले ६६६ अंक देख्नेबित्तिकै त्यसलाई अशुभ वा ख्रीष्ट-विरोधीको चिन्ह ठान्ने गर्छन...