नयाँ तृष्णा

के चर्चको आराधना सङ्गतिमा धूप बाल्नु आवश्यक छ ?

Advertisement

रेभ. शमूएल तामाङ, प्रारम्भिक चर्चहरुमा पहिलो शताब्दी देखि तेस्रो शताबदीसम्म पनि धूप बाल्ने प्रचलन थिएन, किनकी त्यसबेला धूप बाल्ने कुरा रोमीहरुको मूर्तिपुजासंग जोडिएको थियो । त्यसपछि चौथो शताब्दीपछि राजा Constantine चर्चमा प्रवेश गरेपछि इसाईमतलाई सार्वजनिक मान्यता पाए, त्यसपछि चर्चमा लिटर्जीको प्रचलन र चर्चमा रोमी संस्कृतिको प्रभावमा र यहोदी धर्मको प्रभावले धूप बाल्ने चलन चर्चमा पसेको हो । पछि अर्थोडक्स चर्च, रोमन क्याथोलिक चर्चले अधिकरुपमा धूप बाल्ने प्रचलन प्रयोगमा ल्याएको देखिन्छ । हाल नेपालमा बिलिभर्स इस्ट्रन चर्चले पनि यो धूप बाल्ने प्रचलनलाई सुरुवात गरेको र यसले व्यापक्ता पाएको देखिन्छ । हुनत उनीहरुले यो प्रचलन प्रेरितहरुको समय देखि कै हो भनेर दाबी गरे तापनि त्यो गलत हो किनकी यो प्रचलन चौथो शताब्दी देखि मात्र चर्चमा प्रवेश गरेको पाईन्छ । यो अवस्थामा नेपालमा रहेका प्रोटेस्टेन र इभान्जलीकल चर्चमा यसले भ्रम र अन्योल्ता छाएको अवस्था देखिन्छ । खासमा धूपको बारेमा बाइबलले के भन्छ त त्यो बारेमा केही प्रस्ट पार्ने जमर्को गरेको छु ।

नयाँ नियममा धूपको महत्व छैन प्रतीकात्मक रुपमा प्रयोग भएको पाईन्छ । लूका १ः१–११ जकरियाह मन्दिरमा धूप चढाइरहेका बेला स्वर्गदूतले उनलाई दर्शन दिए भनिएको छ । धूप प्रार्थनाको प्रतिक मात्र हुन यो अनिवार्यता होइन भन्ने कुरा नयाँ नियमले पनि स्पष्ट पार्छ । नयाँ नियम अनुसार, अव परमेश्वरलाई धूप वा कुनै भौतिक वस्तु होइन तर विश्वास योग्यहरुको प्रार्थना महत्वपूर्ण छ भन्ने कुरा प्रकाश ५ः८ ले प्रष्ट पारेको छ । हुन त अहिले पनि धूपको महत्व छ भन्नेहरुले नयाँ नियममा पनि धूपको बारेमा लेखिएको त्यही आधारमा धूप बाल्नुपर्छ भनेर बिचार गर्नेहरुछन्, तर हामीले बुझ्नु पर्ने कुरा के हो भने प्रकाश ५ः८ ले स्वर्गमा सुनको कचौरामा भरिएको धूपको बर्णन गरिको छ । त्यसलाई स्पस्ट भनिएको “सन्तहरुको प्रार्थना” यसले यो सत्यतालाई प्रकट गर्छ कि धूपको वास्तविक अर्थ सन्तहरुको पवित्र र प्रार्थनाको प्रतिक मात्र हो । नयाँ नियममा येशू ख्रीष्टको बलिदान पछि आराधनाको स्वरुप परिवर्तन भयो । अव वेदी, मन्दिर र धूपभन्दा पनि ख्रीष्ट येशू हाम्रो मध्यस्थ हुनुहुन्छ हिब्रु ७ः२५ अब नयाँ नियमका बिश्वासीहरुले परमेश्वर कहाँ पुग्न भौतिक धूपको आवश्यकता छैन ख्रीष्ट येशूद्धारा प्राप्त धार्मिक्ता, पवित्रताद्धारा पुन्न सकिन्छ खासमा नयाँ नियमले स्वीकार गरेको एउटा सत्यता यो होकि बिश्वासीहरु आफै परेश्वरको पवित्र मन्दिर हुन् । १ को ६ः१९ । उनीहरुको पबित्र जीवन नै परमेश्वरको निम्ति मिठो सुवासना हुनुपर्छ । परमेश्वरको महान दास प्रेरित पावलले बिश्वासीहरुको जीवनलाई “सुगन्धित भेटी” सँग तुलना गर्नुभएको छ एफिसी ५ः२ यसले देखाउँछ प्रेम, आज्ञापालन र परमेश्वरमा समर्पित जीवन नै उहाँको निम्ति साँचो धूप हो । यसबाट हामी बुझ्न सक्छौ कि नयाँ नियममा धूपको बारेमा केही पदहरुमा बाहेक अन्य कुनैपदहरु धूपको बारेमा उललेख नभएको कारण भौतिक धूप कर्मकाण्डीलाई भन्दा आत्मिक जीवन, भित्री हृदय, साँचो प्रार्थना र पबित्र प्रेममय जीवनलाई स्वीकार्नुहने कुरालाई जोड दिन्छ ।

ईश्वरशास्त्रीहरुको दृष्टिमा धूप के हो त ? यो बारेमा विभिन्न काल खण्डमा सेवा पुर्याउनु हुने प्रख्यात ईश्वरशास्त्रीहरुको बिचारलाई हेरौँ । सन्त अगस्टिन जो AD ३५४–४३० समय कालमा सेवारत हुनुहुन्थ्यो । उहाँको विचारमा “धूप भनेको विश्वासीहरुको प्रार्थना र हृदयको भक्ती हो । परमेश्वरलाई धूवा होइन, विश्वासीको प्रेम र आज्ञाकारित प्रिय हुन्छ ।” ओरिजन अलेकजेन्ड्रियाको अनुसार “धूप पवित्र जीवनबाट निस्कने आत्मिक सुगन्ध हो, जुन साँचो धर्मी जीवन, सत्य बोलाई र आत्मिक अनुशासन हो भनेर भन्नुहुन्छ । उहाँ (AD 184 – 253) तिर सेवारत हुनुहुन्थ्यो । यसरी प्रख्यात ईश्वारशास्त्री जोन क्याल्भिनले (AD 1509- 1564) विचारमा “धूप पुरानो नियमको छायाँ हो । ख्रीष्टपछि भौतिक धूपको आवश्यक छैन, प्रार्थना नै धूप हो । यसर्थ परमेवर आत्मा हुनुहुन्छ उहाँ आत्मा र सत्यतामा गरिएको आराधना खोच्नुहुन्छ ।” मार्टिन लुथर (AD 1483-1546) उहाँको बिचारमा “धूप बाल्नु आफैमा पाप होइन तर ख्रीष्टलाई भन्दा बढी संस्कारलाई महत्व दिनु गलत भन्नुहुन्छ ।” संक्षेपमा ईश्वरशास्त्रीहरुको बिचार पनि धूप भनेको परमेश्वरमा गरिने प्रार्थना पबित्र जीवन र आत्मिक आराधनाको प्रतिक हो । परमेश्वर धुँवा होइन पवित्र हृदय खोच्नु हुन्छ । निष्कर्ष यही हो, अब चर्चमा गरिने आराधनामा धूपको खाँचो छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

संसद्‌मा विपक्षी एकतालाई सरकारकै निम्तो

संसद्‌मा विपक्षी एकतालाई सरकारकै निम्तो

  १८ जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिविरुद्ध विपक्षी दलहरू एकजुट भएका छन् । सबै विपक्षी दलका नेताह...
रास्वपा सभापति रवि लामिछाने भारत भ्रमण

रास्वपा सभापति रवि लामिछाने भारत भ्रमण

  १८ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पाँचदिने भ्रमणका लागि आज भारत प्रस्थान गर...
सुनको मूल्यमा अहिलेसम्मकै उच्च वृद्धि, चाँदीको भाउ पनि बढ्यो

सुनको मूल्यमा अहिलेसम्मकै उच्च वृद्धि, चाँदीको भाउ पनि बढ्यो

  काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार ...
बजेट २०८३/८४: बजेटको आकार २१ खर्ब २४ अर्ब

बजेट २०८३/८४: बजेटको आकार २१ खर्ब २४ अर्ब

  काठमाडौँ। आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब ३४ करोड बराबर घोषणा गरिएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त ...