नयाँ तृष्णा

कक्षाकोठा सुधार कार्यक्रम अन्तर्गत सहयोग प्रदान

Advertisement
तरुण राई, १२ माघ २०८२ सोमबार, मेचीनगर । परिवर्तनको लागि युवा समूहको आयोजना तथा एक्का नेपाल र ग्लोबल गिविङ्गको सहयोगमा मेचीनगर –१५, अवस्थित ग्वाला बस्ती (मेची पारी)मा रहेको श्री मेची प्राथमिक विद्यालयलाई “विद्यालय कक्षा सुधार कार्यक्रम“ अन्तर्गत विद्यालय कक्षा सुधारको निम्ति सहयोग प्रधान गरिएको छ। विद्यालय प्रधान अध्यापक लोकेन्द्र थपलियाले मेची पारीको नेपाल भनेर चिनिने क्षेत्रमा रहेको मेची प्राथमिक विद्यालय मेची नदीको कारण पुग्नको निम्ति भौगालिक कठिनाई रहेता पनि विद्यालयलाई विद्यालय कक्षा सुधारको निम्ति सहयोग प्रधान गर्नु भएकोमा आयोजक तथा सहयोगी संस्थालाई धन्यवाद दिनु भयो।
एक्का नेपालको कार्यकारी निर्देशक योगेन्द्र चित्रकारद्धारा विद्यालयलाई विद्यालय कक्षा सुधारको निम्ति प्रदान गरिएका सामग्रीले विद्यालय कक्षामा सुधार हुनेका साथै सो सामग्रीको उपयोग तथा व्यस्थनपन हुने आशा गर्नुभयो। परिवर्तनका लागि युवा समुहका संयोजक विशाका श्रेष्ठले सहयोगी संस्था एक्का नेपाल र ग्लोबल गिविङ्गलाई धन्यवाद दिनुका साथै “विद्यालय कक्षा सुधार“ कार्यक्रम बारे प्रकाश पार्नुभयो। कार्यक्रममा अभिभावक संघ अध्यक्ष सुनिल हास्दा र शिक्षक अभिभावक संघ सदस्य लखिराम बास्केद्धारा आयोजक र सहयोगी संस्थाहरु प्रति कृत्यज्ञ हुनुका साथै आउने दिनमा यस प्रकारको कार्यक्रमलाई निरन्तर दिन अनुरोध गर्नु भो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

संसद्‌मा विपक्षी एकतालाई सरकारकै निम्तो

संसद्‌मा विपक्षी एकतालाई सरकारकै निम्तो

  १८ जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिविरुद्ध विपक्षी दलहरू एकजुट भएका छन् । सबै विपक्षी दलका नेताह...
रास्वपा सभापति रवि लामिछाने भारत भ्रमण

रास्वपा सभापति रवि लामिछाने भारत भ्रमण

  १८ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पाँचदिने भ्रमणका लागि आज भारत प्रस्थान गर...
सुनको मूल्यमा अहिलेसम्मकै उच्च वृद्धि, चाँदीको भाउ पनि बढ्यो

सुनको मूल्यमा अहिलेसम्मकै उच्च वृद्धि, चाँदीको भाउ पनि बढ्यो

  काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार ...
बजेट २०८३/८४: बजेटको आकार २१ खर्ब २४ अर्ब

बजेट २०८३/८४: बजेटको आकार २१ खर्ब २४ अर्ब

  काठमाडौँ। आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब ३४ करोड बराबर घोषणा गरिएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त ...