Skip to main content

नयाँ तृष्णा

आगामी निर्वाचनमा एक थोपा पनि रगत बग्नु हुँदैन: प्रधानमन्त्री कार्की

Advertisement

९ माघ २०८२, शुक्रबार ,

काठमाडौँ।

प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा दिगो स्थायित्व कायम गर्न सरकारले सम्पूर्ण शक्ति लगाएको बताएकि छन् ।

काठमाडाैंमा शुक्रबार सशस्त्र प्रहरी बलको २५ औं सशस्त्र प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले सुरक्षा चुनौतीहरु समयानुसार परिवर्तन भइरहेको बताइन् । उनले विगतका निर्वाचनहरुलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सशस्त्र प्रहरी बलले खेलेको भूमिका प्रशंसनीय रहेकाे बताइन् ।

आसन्न प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै सम्भावित सुरक्षा चुनौतीहरुको सुक्ष्म अध्ययन गरी उच्च शतर्कता र व्यवसायिकताका साथ कार्य सम्पादन गर्न उनले निर्देशन दिएकी छन् ।

उनले निर्वाचनका लागि सबै सुरक्षा अंग परिचालनको निर्णय पनि गरिसकेको बताइन् । उनले निर्वाचनमा एक थोपा पनि रगत बग्नु नहुने र कोही पनि घाइते हुन नहुने भन्दै त्यसै अनुसार सुरक्षा व्यवस्थापन गर्न निर्देशन दिएकी छन् ।

प्रधानमन्त्री कार्कीले निर्वाचन सफल पार्न सबै सुरक्षा निकायले उच्चस्तरको व्यवसायिकता प्रस्तुत गर्ने जिकिर गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

महोत्तरीमा विद्यालय बस दुर्घटना, ५ बालबालिकासहित ६ जना घाइते

महोत्तरीमा विद्यालय बस दुर्घटना, ५ बालबालिकासहित ६ जना घाइते

  महोत्तरीको गौशाला नगरपालिका– ९, डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान स्कुलबस दुर्घटना हुँदा चालकसहित ६ जना घाइते...
विराटनगरमा शेरधनले बोलाए मुख्यमन्त्रीसहित प्रदेश सांसदहरूलाई छलफलमा

विराटनगरमा शेरधनले बोलाए मुख्यमन्त्रीसहित प्रदेश सांसदहरूलाई छलफलमा

विराटनगर । नेकपा एमालेका कोशी प्रदेश इन्चार्ज शेरधन राईले प्रदेशका सांसदहरुलाई छलफलमा बोलाएका छन्। ...
सिन्धुली कार दुर्घटना : चालकसहित ३ जना सुनकोशी नदीमा बेपत्ता

सिन्धुली कार दुर्घटना : चालकसहित ३ जना सुनकोशी नदीमा बेपत्ता

  काठमाडौं । सिन्धुलीस्थित मध्यपहाडी राजमार्गबाट सुकोशी नदीमा कार खस्दा तीन जना बेपत्ता भएका छन् । बेपत्ता हुनेहरूमा नाम नख...
एउटा फ्रेन्ड रिक्वेस्टले उजाडिएको जिन्दगी

एउटा फ्रेन्ड रिक्वेस्टले उजाडिएको जिन्दगी

बिशेष लेख , - हाेमराज राई, पूर्वी नेपालको एउटा गाउँ। त्यहाँ बस्ने १६ वर्षीया सृष्टि चञ्चले, मिलनसार तर मोबाइल र सामाजिक ...