Skip to main content

नयाँ तृष्णा

चुनावी प्रयोजनका लागि उम्मेदवारको छुट्टै बैंक खाता

Advertisement

काठमाडौं।

नेपाल राष्ट्र बैंकले आसन्न आमनिर्वाचनका क्रममा राजनीतिक दल, उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारलाई चुनावी खर्च व्यवस्थापनका लागि छुट्टै बैंक खाता खोल्न सहजीकरण गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

निर्वाचन आयोगको अनुरोधमा सोमबार जारी परिपत्रअनुसार निर्वाचन अभियानका लागि खोलिने बैंक खातामा विशेष छुट लागू हुनेछ । आयोगबाट खाता बन्द गर्न निर्देशन नआएसम्म यस्ता खाता सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ । राष्ट्र बैंकका अनुसार प्रत्येक राजनीतिक दल वा उम्मेदवारले निर्वाचन खर्चको आम्दानी खर्च कारोबार गर्न एक मात्र छुट्टै बैंक खाता खोल्न पाउनेछन् । निर्वाचनसँग सम्बन्धित सबै वित्तीय कारोबार यही खातामार्फत गर्नुपर्नेछ ।

आयोग मातहतका प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयको सिफारिसमा नेपाली रुपियाँमा कारोबार गर्न मिल्ने गरी ‘इलेक्शन क्याम्पेनिङ’ प्रयोजनका बैंक खाता खोल्न सकिनेछ । यसमा क, ख र ग वर्गका इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाले सेवा दिनुपर्नेछ ।

सामान्य अवस्थामा लागू हुने एउटै प्रकृतिका बहु बैंक खाता खोल्न नपाइने नियम भने निर्वाचन प्रयोजनका खातामा लागू नहुने राष्ट्र बैंकले स्पष्ट गरेको छ । निर्वाचन खर्चलाई पारदर्शी, व्यवस्थित र सहज बनाउने उद्देश्यले यो व्यवस्था लागू गरिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

महोत्तरीमा विद्यालय बस दुर्घटना, ५ बालबालिकासहित ६ जना घाइते

महोत्तरीमा विद्यालय बस दुर्घटना, ५ बालबालिकासहित ६ जना घाइते

  महोत्तरीको गौशाला नगरपालिका– ९, डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान स्कुलबस दुर्घटना हुँदा चालकसहित ६ जना घाइते...
विराटनगरमा शेरधनले बोलाए मुख्यमन्त्रीसहित प्रदेश सांसदहरूलाई छलफलमा

विराटनगरमा शेरधनले बोलाए मुख्यमन्त्रीसहित प्रदेश सांसदहरूलाई छलफलमा

विराटनगर । नेकपा एमालेका कोशी प्रदेश इन्चार्ज शेरधन राईले प्रदेशका सांसदहरुलाई छलफलमा बोलाएका छन्। ...
सिन्धुली कार दुर्घटना : चालकसहित ३ जना सुनकोशी नदीमा बेपत्ता

सिन्धुली कार दुर्घटना : चालकसहित ३ जना सुनकोशी नदीमा बेपत्ता

  काठमाडौं । सिन्धुलीस्थित मध्यपहाडी राजमार्गबाट सुकोशी नदीमा कार खस्दा तीन जना बेपत्ता भएका छन् । बेपत्ता हुनेहरूमा नाम नख...
एउटा फ्रेन्ड रिक्वेस्टले उजाडिएको जिन्दगी

एउटा फ्रेन्ड रिक्वेस्टले उजाडिएको जिन्दगी

बिशेष लेख , - हाेमराज राई, पूर्वी नेपालको एउटा गाउँ। त्यहाँ बस्ने १६ वर्षीया सृष्टि चञ्चले, मिलनसार तर मोबाइल र सामाजिक ...