Skip to main content

नयाँ तृष्णा

प्रधानमन्त्री कार्कीद्वारा स्वच्छ र निष्पक्ष निर्वाचन हुने विश्वास व्यक्त

Advertisement

काठमाडौँ ।
प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको समयमा स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गर्नुभएको छ।

राष्ट्रिय सभाको १९औँ अधिवेशनअन्तर्गत आज भएको पाँचौँ बैठकलाई पहिलोपटक सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी तथा सुशासनका क्षेत्रमा सरकारले गरिरहेका कामबारे सभासद्हरूलाई जानकारी गराउनुभयो। उहाँले आफू कुनै शासकीय आकाङ्क्षा बोकेर नभई विषम परिस्थितिमा प्रधानमन्त्री बनेको स्पष्ट पार्दै तोकिएको समयमा निर्वाचन सम्पन्न गरी नयाँ सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्न आतुर रहेको बताउनुभयो।

प्रधानमन्त्री कार्कीले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको पृष्ठभूमिमा गठन भएको अन्तरिम सरकारको नेतृत्व आफूले सम्हालेको उल्लेख गर्नुभयो। साथै, हालै सम्पन्न राष्ट्रिय सभाको निर्वाचनमा विजयी भएका सदस्यहरूलाई बधाई समेत दिनुभयो।

उहाँले ‘विकास, आर्थिक मामिला तथा सुशासन’ समितिका सभापति कमला पन्तद्वारा प्रस्तुत ‘राष्ट्रिय सदाचार नीतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ माथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ पनि दिनुभयो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

मेचीनगरको सार्वजनिक सुनुवाइमा जनआक्रोश, न्यून सहभागिताले कार्यक्रममाथि प्रश्न

मेचीनगरको सार्वजनिक सुनुवाइमा जनआक्रोश, न्यून सहभागिताले कार्यक्रममाथि प्रश्न

  मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रमप्रति नगरवासीले असन्तुष्टि जनाएका छन्। नगरपालिकाले सामुदायिक विका...
टिकटकले नेपालमा एआई साक्षरता हब सञ्चालनमा ल्याउने

टिकटकले नेपालमा एआई साक्षरता हब सञ्चालनमा ल्याउने

  काठमाडौं । टिकटकले आफ्नो प्लेटफर्ममा एआईमार्फत सिर्जना गरिएको कन्टेन्टलाई सहज रूपमा चिन्ने र बुझ्ने क्षमता विकास गर्न प्...
भोलिदेखि ग्यास भरी सिलिण्डर पाइने, मूल्य पनि तोकियो

भोलिदेखि ग्यास भरी सिलिण्डर पाइने, मूल्य पनि तोकियो

  काठमाडौँ। बुधबारदेखि भरी सिलिण्डर ग्यास पाइने भएको छ । नेपाल आयल निगमले मङ्गलबार प्रेस विज्ञप्ति जारी गर्दै बुधबारदेखि भर...
नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद, ४० हजार जरिवाना

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद, ४० हजार जरिवाना

  काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई जिल्ला अदालत काठमाडौँले...