Skip to main content

नयाँ तृष्णा

नयाँ वर्ष २०८३ को अवसरमा जागृत बाल उद्धार केन्द्रद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

Advertisement

मेचीनगर ।  झापाको मेचीनगर नगरपालिका वडा नं. ७ स्थित काँकरभिट्टामा रहेको जागृत बाल उद्धार केन्द्रले नयाँ वर्ष २०८३ सालको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ।

बुधवार संस्थाको कार्यालयमा सम्पन्न उक्त कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी, स्थानीय प्रशासनका अधिकारी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरुले एकआपसमा नयाँ वर्षको शुभकामना साटासाट गर्दै सामाजिक सहकार्यलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

संस्थाका अध्यक्ष राधाकृष्ण अधिकारीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा समाजसेवी नरबहादुर राई उपस्थित रहेका थिए। त्यस्तै, विशिष्ट अतिथिहरुमा मेचीनगर–७ का वडा अध्यक्ष प्रल्हादमणी ओली, सामाजिक अगुवा रामचन्द्र उप्रेती, संस्थाकी पूर्वअध्यक्ष बिना तामाङ तथा समाजसेवी सुभाष भट्टराई रहेका थिए।

कार्यक्रममा समाजसेवी निर्मल पौडेल, पनिता अधिकारी, गंगा आले, माइती नेपालका गोविन्द घिमिले, श्रमसंस्कृति पार्टीका रामबहादुर तामाङ तथा संस्थाका सल्लाहकार विकास देवकोटा लगायतले शुभकामना मन्तव्य राखेका थिए। कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष भीमबहादुर खड्काले राखेका थिए भने सञ्चालन सचिव होमराज राईले गरेका थिए।

वि.सं. २०७० सालमा स्थापना भएको जागृत बाल उद्धार केन्द्र एक सामाजिक संस्था हो, जसले स्थापनाकालदेखि नै अनाथ, असहाय तथा विपन्न बालबालिकाको उद्धार, संरक्षण, पालनपोषण, शिक्षा तथा समग्र विकासका क्षेत्रमा निरन्तर काम गर्दै आएको छ।

मुष्ठीदान, जन्मदिनका अवसरमा प्राप्त सहयोग तथा विभिन्न सहयोगी मनकारीहरुको योगदानबाट सञ्चालन हुँदै आएको यस संस्थालाई कार्यक्रममा उपस्थित अतिथिहरुले आगामी दिनमा थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

कार्यक्रमकै अवसरमा सिम्रक बचत तथा सहकारीले केन्द्रमा आश्रित बालबालिकाहरुलाई विद्यालय झोला (ब्याग) वितरण गरेको थियो भने समाजसेवी रामचन्द्र उप्रेतीले नगद सहयोग प्रदान गरेका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

भोलिदेखि ग्यास भरी सिलिण्डर पाइने, मूल्य पनि तोकियो

भोलिदेखि ग्यास भरी सिलिण्डर पाइने, मूल्य पनि तोकियो

  काठमाडौँ। बुधबारदेखि भरी सिलिण्डर ग्यास पाइने भएको छ । नेपाल आयल निगमले मङ्गलबार प्रेस विज्ञप्ति जारी गर्दै बुधबारदेखि भर...
नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद, ४० हजार जरिवाना

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद, ४० हजार जरिवाना

  काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई जिल्ला अदालत काठमाडौँले...
असहाय बालबालिकाको सेवाभन्दा ठूलो धर्म छैन : प्रमुख अतिथि ओली

असहाय बालबालिकाको सेवाभन्दा ठूलो धर्म छैन : प्रमुख अतिथि ओली

मेचीनगर, असार २४। झापाको मेचीनगर–७ स्थित जागृत बाल उद्धार केन्द्र नेपाल को १३औँ वार्षिक उत्सव शनिबार विविध कार्यक्रमका साथ ...
के सबै ६६६ नम्बर खतरनाक हुन्छन् ? बाइबलले वास्तवमा के भन्छ ?

के सबै ६६६ नम्बर खतरनाक हुन्छन् ? बाइबलले वास्तवमा के भन्छ ?

  सबै ६६६ नम्बर खतरनाक हुन्छन् ? धेरै इसाईहरूले ६६६ अंक देख्नेबित्तिकै त्यसलाई अशुभ वा ख्रीष्ट-विरोधीको चिन्ह ठान्ने गर्छन...