झापा । झापाको मेचीनगर–१३ स्थित ग्रेस बप्तिस मण्डलीले स्थापना भएको २५ वर्ष पूरा गरेको अवसरमा रजत महोत्सव भव्य रूपमा सम्पन्न गरेको छ। नेपाल तथा भारतका विभिन्न स्थानबाट आएका धार्मिक अगुवा, विभिन्न नगर तथा इलाकाका समाजका अध्यक्षहरू, विभिन्न चर्चका पास्टरहरू तथा स्थानीय जनप्रतिनिधिहरूको उल्लेखनीय र भव्य सहभागितामा कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रमको सुरुआत रेभ. मकर बहादुर लावतीले प्रार्थनाबाट गर्नुभएको थियो। स्मारक अनावरण प्रमुख अतिथि सेवक रेभ. देवानन्द कडरिया (महासचिव, एन.बि.सप.सी., काठमाडौं) तथा मेचीनगर उपप्रमुख मीना उप्रेतीले संयुक्त रूपमा गर्नुभएको थियो। उद्घाटन समारोहमा रेभ. पा. दिलिप घतानी, प्रमुख वक्ता रेभ. दानियल सुब्बालगायतको उपस्थितिमा रिबन काटेर कार्यक्रमको औपचारिक शुभारम्भ गर्नुभएको थियो। प्रमुख वक्ता…
१६ माघ २०८२, शुक्रबार. झापा। झापाको बिर्तामोडमा सातौँ संस्करणको झापा गोल्ड कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिता यही माघ २४ गतेदेखि सुरु भई फागुन ४ गते समापन हुने छ। आज बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका अध्यक्ष केदार गिरीले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। उहाँका अनुसार प्रतियोगिताको विजेताले १५ लाख रुपैयाँ र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। त्यसैगरी प्रतियोगिताका सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र उत्कृष्ट प्रशिक्षकलाई जनही ३५ हजार रुपैयाँ प्रदान गरिने छ भने प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई २५ हजार रुपैयाँ नगद पुरस्कार दिइने छ। प्रतियोगितामा नेपाल,…
१३ माघ २०८२, मंगलवार, मेचीनगर । अपाङ्गमैत्री भवन निर्माण गर्ने उद्देश्यसहित अपाङ्गमैत्री सेवा स्वरोजगार संस्था मेचीनगर–१० ले सप्ताह पुराण महायज्ञ आयोजना गर्ने भएको छ । भवनको अभावका कारण कार्यालय सञ्चालनमा समस्या भोग्दै आएको संस्थाले आवश्यक आर्थिक स्रोत जुटाउन महायज्ञ गर्न लागेको हो । मंगलबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा संस्थाले मेचीनगरभरिका ४५ जना फरक क्षमता भएका सदस्यहरूको हितका लागि भवन निर्माण योजना अघि बढाएको जानकारी गराएको छ । भवन निर्माणको योजनापछि केही व्यक्ति तथा संस्थाबाट सहयोगको प्रतिबद्धता प्राप्त भएपछि महायज्ञ आयोजना गर्ने निर्णय गरिएको संस्थाका अध्यक्ष राम बुढाथोकीले बताए । उनका अनुसार आगामी फागुन ६ गतेदेखि १४ गतेसम्म महायज्ञ सञ्चालन हुनेछ…
रेभ. शमूएल तामाङ, प्रारम्भिक चर्चहरुमा पहिलो शताब्दी देखि तेस्रो शताबदीसम्म पनि धूप बाल्ने प्रचलन थिएन, किनकी त्यसबेला धूप बाल्ने कुरा रोमीहरुको मूर्तिपुजासंग जोडिएको थियो । त्यसपछि चौथो शताब्दीपछि राजा Constantine चर्चमा प्रवेश गरेपछि इसाईमतलाई सार्वजनिक मान्यता पाए, त्यसपछि चर्चमा लिटर्जीको प्रचलन र चर्चमा रोमी संस्कृतिको प्रभावमा र यहोदी धर्मको प्रभावले धूप बाल्ने चलन चर्चमा पसेको हो । पछि अर्थोडक्स चर्च, रोमन क्याथोलिक चर्चले अधिकरुपमा धूप बाल्ने प्रचलन प्रयोगमा ल्याएको देखिन्छ । हाल नेपालमा बिलिभर्स इस्ट्रन चर्चले पनि यो धूप बाल्ने प्रचलनलाई सुरुवात गरेको र यसले व्यापक्ता पाएको देखिन्छ । हुनत उनीहरुले यो प्रचलन प्रेरितहरुको समय देखि कै हो भनेर दाबी…
तरुण राई, १२ माघ २०८२ सोमबार, मेचीनगर । परिवर्तनको लागि युवा समूहको आयोजना तथा एक्का नेपाल र ग्लोबल गिविङ्गको सहयोगमा मेचीनगर –१५, अवस्थित ग्वाला बस्ती (मेची पारी)मा रहेको श्री मेची प्राथमिक विद्यालयलाई “विद्यालय कक्षा सुधार कार्यक्रम“ अन्तर्गत विद्यालय कक्षा सुधारको निम्ति सहयोग प्रधान गरिएको छ। विद्यालय प्रधान अध्यापक लोकेन्द्र थपलियाले मेची पारीको नेपाल भनेर चिनिने क्षेत्रमा रहेको मेची प्राथमिक विद्यालय मेची नदीको कारण पुग्नको निम्ति भौगालिक कठिनाई रहेता पनि विद्यालयलाई विद्यालय कक्षा सुधारको निम्ति सहयोग प्रधान गर्नु भएकोमा आयोजक तथा सहयोगी संस्थालाई धन्यवाद दिनु भयो। एक्का नेपालको कार्यकारी निर्देशक योगेन्द्र चित्रकारद्धारा विद्यालयलाई विद्यालय कक्षा सुधारको निम्ति प्रदान गरिएका सामग्रीले विद्यालय…
आत्मिक बोलाहट, मण्डलीको एकता र नेपाली ख्रीष्टियन समाजको जिम्मेवारी – होमराज राई, ७ माघ २०८२, बुधबार, नेपाल ख्रीष्टियन समुदायका लागि अहिलेको समय आत्मिक मात्र होइन, गम्भीर आत्म–मूल्याङ्कनको समय पनि बनेको छ। प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचन नजिकिँदै गर्दा केही पास्टर तथा आत्मिक अगुवाहरू प्रत्यक्ष राजनीतिमा उम्मेदवार बनेको देखिनु, र त्यसले मण्डलीभित्र विभिन्न प्रश्न, बहस र विवाद जन्माउनु स्वाभाविक हो। ख्रीष्टियन विश्वासको मूल उद्देश्य मानिसलाई एक परमेश्वरसँग आत्मिक रूपमा डोर्याउनु, पवित्रता, प्रेम र मेलमिलापमा हुर्काउनु हो। चर्च कुनै राजनीतिक संस्था होइन; यो आत्मिक परिवार हो। त्यस परिवारका अगुवा—पास्टर, बिशप र सेवकहरू—मण्डलीका गोठालो हुन्, पार्टीका नेता होइनन्। बाइबल अनुसार पास्टरको भूमिका सत्ता प्राप्त गर्ने…
मेचीनगर, माघ ६ । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आज देशभरका १६५ निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता सम्पन्न भएको छ । यस क्रममा झापा का सबै पाँचवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता भएको छ । झापा निर्वाचन क्षेत्र नं. १ मा भने दुई स्वतन्त्रसहित १५ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । निर्वाचन अधिकृत गोपी विश्वकर्माका अनुसार आजको दर्ता प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको हो । नेपाली कांग्रेस का तर्फबाट केशबराज पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेस क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकी प्रस्तावक तथा महाधिवेशन प्रतिनिधि लोकराज ढकाल समर्थक रहेका छन् । पाण्डे मेचीनगर–७ का निवासी हुन् । त्यस्तै नेकपा…
झापा । झापाको दमकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी भएपछि अवस्था तनावग्रस्त बनेको बताइएको छ। रास्वपाका कार्यकर्ताहरूले ओलीको विरोधमा नाराबाजी गरेपछि दुवै पक्षबीच धकेलाधकेल र झडप भएको हो। घटनापछि त्यहाँको सुरक्षा अवस्था अझै पूर्ण रूपमा सामान्य भइसकेको छैन। झापा ५ बाट उम्मेदवारी दिन रास्वपा नेता बालेन साहसहितकाे टाेली निर्वाचन अधिकृतको कार्यालयमा पुगेकाे थियाे । साेही क्रममा कार्यकर्ताहरुले ओलीविरुद्ध नाराबाजी गरेका थिए ।
मेचीनगर । झापाको मेचीनगर–६ स्थित बर्मेली टोलमा प्रथम भिम स्मृति नकआउट फुटबल टुर्नामेन्ट तथा इण्डो–नेपाली मैत्री फुटबल टुर्नामेन्ट आयोजना हुने भएको छ । प्रतियोगिता २०८२ साल माघ १८ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । टुर्नामेन्टको तयारी तथा जानकारी दिने उद्देश्यले माघ ४ गते आइतबार पत्रकार भेटघाट कार्यक्रम सम्पन्न गरिएको छ । प्रतियोगितामा ८–८ वटा टिमको सहभागिता रहनेछ । आयोजकले सार्वजनिक गरेको खर्च विवरणअनुसार प्रतियोगिताको कुल अनुमानित खर्च रु. ७ लाख ९८ हजार ५ सय रहेको छ । खर्चमा प्रथम पुरस्कार ५१ हजार र दोश्रो पुरस्कार ३१ हजार रहेको छ । प्रतियोगितामा रेफ्री शुल्क, मैदान मर्मत, साउण्ड सिस्टम,…
झापा, मेचीनगर । श्रम सांस्कृतिक पार्टी मेचीनगर–६ मा पहिलो पटक ऐतिहासिक वडा कार्य समिति गठन गरिएको छ। झापा क्षेत्र नं. १ का प्रतिनिधि सभाका उमेदवार केबलराम राईको उपस्थितिमा आज देवकोटा पार्कमा आयोजित भेलाले नयाँ कार्यसमिति सर्वसम्मतरूपमा चयन गरेको हो। नवगठित समिति अध्यक्ष – सरण निरौला उपाध्यक्ष – प्रेमकुमार गुरुङ सचिव – बुद्ध राई कोषाध्यक्ष – सुजा राई सदस्यहरू राम चेम्जोङ, मानबहादुर राई, प्रेम शाक्य, सागर क्षेष्ठ, योगेश राई, पेम्बा शेर्पा, दिलिप पौडेल, प्रेम गुरुङ, रमेश कार्कीढोली, शुभाष राई, सम्शेर तामाङ, हरि मगर, जितेन राई, सन्दिप थपलिया, केशव लिम्बू र सुमन उराव। भेलामा बोल्ने वक्ताहरू— केबलराम राई, पदम सुनुवार, जेन्जी रितिक…