Skip to main content

नयाँ तृष्णा

मेचीनगरमा प्रथम भिम स्मृति नकआउट तथा इण्डो–नेपाली मैत्री फुटबल टुर्नामेन्ट हुँदै

Advertisement

मेचीनगर । झापाको मेचीनगर–६ स्थित बर्मेली टोलमा प्रथम भिम स्मृति नकआउट फुटबल टुर्नामेन्ट तथा इण्डो–नेपाली मैत्री फुटबल टुर्नामेन्ट आयोजना हुने भएको छ । प्रतियोगिता २०८२ साल माघ १८ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

टुर्नामेन्टको तयारी तथा जानकारी दिने उद्देश्यले माघ ४ गते आइतबार पत्रकार भेटघाट कार्यक्रम सम्पन्न गरिएको छ । प्रतियोगितामा ८–८ वटा टिमको सहभागिता रहनेछ ।

आयोजकले सार्वजनिक गरेको खर्च विवरणअनुसार प्रतियोगिताको कुल अनुमानित खर्च रु. ७ लाख ९८ हजार ५ सय रहेको छ । खर्चमा प्रथम पुरस्कार ५१ हजार र दोश्रो पुरस्कार ३१ हजार रहेको छ । प्रतियोगितामा रेफ्री शुल्क, मैदान मर्मत, साउण्ड सिस्टम, प्रचार–प्रसार, खेल सामग्री, खेलाडी तथा स्वयंसेवक खर्च, स्टेज निर्माण र विविध व्यवस्थापन शीर्षक समावेश गरिएको छ ।

प्रतियोगिताअन्तर्गत भेट्रानतर्फका प्रथम पुरस्कार ५० हजार, दोस्रो पुरस्कार ३० हजार, प्लेयर अफ द म्याच जनही १ हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, सर्वोत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट गोलकर्तालाई जनही ३–३ हजार तथा विभिन्न विधागत उत्कृष्ट खेलाडीलाई पुरस्कार प्रदान गरिनेछ । प्रथम पुरस्कार स्व. भीमबहादुर सुब्बाको परिवार तथा दोस्रो पुरस्कार स्वर्गीय रोशन प्रधानको नाममा गणेश प्रधानबाट प्राप्त गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको आयोजना तुर्केनी युवा क्लब, मेचीनगर–६ (बर्मेली टोल), झापाले गर्नेछ भने सह–आयोजकको भूमिकामा तुर्केनी स्पोर्ट क्लब रहनेछ ।

आयोजकका अनुसार प्रतियोगिताले स्थानीय युवालाई खेलकुदतर्फ प्रेरित गर्नुका साथै नेपाल–भारतबीचको मैत्री सम्बन्ध थप प्रगाढ बनाउने अपेक्षा गरिएको छ । प्रतियोगितामा विभिन्न स्थानका चर्चित फुटबल टिमहरूको सहभागिता रहने आयोजक समितिका अध्यक्ष राजेश श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

मेचीनगरको सार्वजनिक सुनुवाइमा जनआक्रोश, न्यून सहभागिताले कार्यक्रममाथि प्रश्न

मेचीनगरको सार्वजनिक सुनुवाइमा जनआक्रोश, न्यून सहभागिताले कार्यक्रममाथि प्रश्न

  मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रमप्रति नगरवासीले असन्तुष्टि जनाएका छन्। नगरपालिकाले सामुदायिक विका...
टिकटकले नेपालमा एआई साक्षरता हब सञ्चालनमा ल्याउने

टिकटकले नेपालमा एआई साक्षरता हब सञ्चालनमा ल्याउने

  काठमाडौं । टिकटकले आफ्नो प्लेटफर्ममा एआईमार्फत सिर्जना गरिएको कन्टेन्टलाई सहज रूपमा चिन्ने र बुझ्ने क्षमता विकास गर्न प्...
भोलिदेखि ग्यास भरी सिलिण्डर पाइने, मूल्य पनि तोकियो

भोलिदेखि ग्यास भरी सिलिण्डर पाइने, मूल्य पनि तोकियो

  काठमाडौँ। बुधबारदेखि भरी सिलिण्डर ग्यास पाइने भएको छ । नेपाल आयल निगमले मङ्गलबार प्रेस विज्ञप्ति जारी गर्दै बुधबारदेखि भर...
नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद, ४० हजार जरिवाना

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद, ४० हजार जरिवाना

  काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई जिल्ला अदालत काठमाडौँले...