Skip to main content

नयाँ तृष्णा

झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता

Advertisement

मेचीनगर, माघ ६ ।
आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आज देशभरका १६५ निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता सम्पन्न भएको छ । यस क्रममा झापा का सबै पाँचवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता भएको छ ।

झापा निर्वाचन क्षेत्र नं. १ मा भने दुई स्वतन्त्रसहित १५ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । निर्वाचन अधिकृत गोपी विश्वकर्माका अनुसार आजको दर्ता प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको हो ।

नेपाली कांग्रेस का तर्फबाट केशबराज पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेस क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकी प्रस्तावक तथा महाधिवेशन प्रतिनिधि लोकराज ढकाल समर्थक रहेका छन् । पाण्डे मेचीनगर–७ का निवासी हुन् ।

त्यस्तै नेकपा एमाले का तर्फबाट रामचन्द्र उप्रेतीले उम्मेदवारी दर्ता गराएका छन् । एमाले नेता विष्णु प्रसाई प्रस्तावक र श्रीप्रसाद मैनाली समर्थक रहेका छन् । उप्रेती मेचीनगर–६ निवासी हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी बाट निशा डाँगीले उम्मेदवारी दर्ता गराएकी छन् । प्रेमराज घिमिरे प्रस्तावक र असिम दाहाल समर्थक रहेका छन् । डाँगी भद्रपुर निवासी हुन् ।

नेपाली कम्युनिस्ट पार्टी बाट इन्जिनियर अशेष घिमिरेले उम्मेदवारी दर्ता गराएका छन् । राजन चिमरिया प्रस्तावक र बोधराज दाहाल समर्थक रहेका छन् । घिमिरे मेचीनगर–१० निवासी हुन् ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी बाट हेमराज कार्की, श्रम संस्कृति पार्टी बाट केवलराम राई, मंगोल नेशनल अर्गनाइजेशन (एमएनओ) बाट सन्तोष तामाङ, उज्यालो नेपाल पार्टीबाट नरेशकुमार लावतीले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै नेपाल मजदुर किसान पार्टीबाट हिरण्यप्रसाद भट्टराई, नेपाल जनमुक्ति पार्टीबाट खान्द्रु बुरुवा, जनता समाजवादी पार्टीबाट रमा मेचे, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट मानबहादुर साँवा लिम्बु तथा नेपाल सद्भावना पार्टीबाट ओलिन राजवंशी उम्मेदवार रहेका छन् ।

झापा–१ मा दुई जना स्वतन्त्र उम्मेदवार पनि रहेका छन् । मेचीनगर–८ निवासी गणेशप्रसाद खरेलदुर्गाप्रसाद सावाँ लिम्बुले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

मेचीनगरको सार्वजनिक सुनुवाइमा जनआक्रोश, न्यून सहभागिताले कार्यक्रममाथि प्रश्न

मेचीनगरको सार्वजनिक सुनुवाइमा जनआक्रोश, न्यून सहभागिताले कार्यक्रममाथि प्रश्न

  मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रमप्रति नगरवासीले असन्तुष्टि जनाएका छन्। नगरपालिकाले सामुदायिक विका...
टिकटकले नेपालमा एआई साक्षरता हब सञ्चालनमा ल्याउने

टिकटकले नेपालमा एआई साक्षरता हब सञ्चालनमा ल्याउने

  काठमाडौं । टिकटकले आफ्नो प्लेटफर्ममा एआईमार्फत सिर्जना गरिएको कन्टेन्टलाई सहज रूपमा चिन्ने र बुझ्ने क्षमता विकास गर्न प्...
भोलिदेखि ग्यास भरी सिलिण्डर पाइने, मूल्य पनि तोकियो

भोलिदेखि ग्यास भरी सिलिण्डर पाइने, मूल्य पनि तोकियो

  काठमाडौँ। बुधबारदेखि भरी सिलिण्डर ग्यास पाइने भएको छ । नेपाल आयल निगमले मङ्गलबार प्रेस विज्ञप्ति जारी गर्दै बुधबारदेखि भर...
नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद, ४० हजार जरिवाना

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद, ४० हजार जरिवाना

  काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई जिल्ला अदालत काठमाडौँले...