नयाँ तृष्णा

पाष्टरीय सेवकाई कि राजनीति ?

Advertisement

आत्मिक बोलाहट, मण्डलीको एकता र नेपाली ख्रीष्टियन समाजको जिम्मेवारी

– होमराज राई,

नेपाल ख्रीष्टियन समुदायका लागि अहिलेको समय आत्मिक मात्र होइन, गम्भीर आत्म–मूल्याङ्कनको समय पनि बनेको छ। प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचन नजिकिँदै गर्दा केही पास्टर तथा आत्मिक अगुवाहरू प्रत्यक्ष राजनीतिमा उम्मेदवार बनेको देखिनु, र त्यसले मण्डलीभित्र विभिन्न प्रश्न, बहस र विवाद जन्माउनु स्वाभाविक हो।

ख्रीष्टियन विश्वासको मूल उद्देश्य मानिसलाई एक परमेश्वरसँग आत्मिक रूपमा डोर्‍याउनु, पवित्रता, प्रेम र मेलमिलापमा हुर्काउनु हो। चर्च कुनै राजनीतिक संस्था होइन; यो आत्मिक परिवार हो। त्यस परिवारका अगुवा—पास्टर, बिशप र सेवकहरू—मण्डलीका गोठालो हुन्, पार्टीका नेता होइनन्।

बाइबल अनुसार पास्टरको भूमिका सत्ता प्राप्त गर्ने होइन, सेवा गर्ने हो। उनीहरू सबै विश्वासीहरूका साझा आत्मिक अभिभावक हुन्—चाहे उनीहरूको सामाजिक, आर्थिक वा राजनीतिक विचार जे भए पनि।

त्यसैले जब सक्रिय पास्टर स्वयं पार्टीको नेता वा उम्मेदवार बन्छन्, त्यहाँ एउटा गम्भीर प्रश्न उठ्छ:
के उनी अझै सबै मण्डलीका लागि निष्पक्ष आत्मिक गोठालो रहन सक्छन्?

मण्डलीभित्र देखिन सक्ने व्यवहारिक जोखिम :

  • एउटै मण्डलीभित्र फरक–फरक राजनीतिक धारणा हुँदा एकता खण्डित हुने खतरा

  • चर्च अनौपचारिक रूपमा कुनै पार्टीको प्रभाव क्षेत्र बन्ने आशंका

  • पास्टरको आत्मिक अधिकार र विश्वसनीयतामा प्रश्न

  • “सेवकाई कि सत्ता ?” भन्ने द्वन्द्व

यी सबै कुराले अन्ततः व्यक्तिगत उम्मेदवारीभन्दा ठूलो असर सम्पूर्ण चर्चमा पार्न सक्छ।

विश्वको अभ्यास: धर्मगुरु र राजनीतिबीचको स्पष्ट सीमा

इतिहास हेर्दा, विश्वका धेरै देशहरूमा जब कुनै धार्मिक सेवक राजनीतिमा प्रवेश गरेका छन्, उनीहरूले पहिले आफ्नो पाष्टरीय वा धार्मिक जिम्मेवारी औपचारिक रूपमा छोडेका छन्

उदाहरणका लागि:

  • हैटीका पूर्व राष्ट्रपति जीन–बेर्ट्रान्ड एरिस्टिड क्याथोलिक पादरी थिए, तर राजनीतिमा प्रवेश गर्नुअघि पादरी पदबाट अलग भएका थिए।

  • मिगुएल डेस्कोटो ब्रोक्मान, उनी निकारागुअन पुरोहित थिए र चर्च सेवामा थिए। पछि उनले निकारागुअन सन्दिनिस्ट सरकारमा सक्रिय भूमिका लिएर विदेश मन्त्री जस्तै राजनीतिक लागेपछि उहाँलाई पोप जॉन पौल द्वितीयले राजनीतिक गतिविधिमा संलग्न भएको कारण ३० वर्षसम्म पादरीको अधिकारबाट बन्चित गरिएको थियो । धेरै देशका चर्चहरूले “सेवकाई र राजनीति एकैसाथ नचलाउने” नीति अपनाएका छन्।

    ल्याटिन अमेरिका र अफ्रिका

    • धेरै पास्टर/पादरीहरूले पहिले सेवकाई जिम्मा अरूलाई सुम्पे वा आत्मिक पदबाट अवकाश लिए , त्यसपछि सामाजिक–राजनीतिक आन्दोलन वा सरकारमा प्रवेश गरे।

यसको कारण स्पष्ट छ—चर्चको एकता र आत्मिक पवित्रता जोगाउनु।

स्पष्ट निर्णय
  • “म राजनीति गर्छु” वा “म पाष्टरीय सेवकाई गर्छु”

  • दुवै एकैसाथ होइन।ख्रीष्टियन विश्वास आत्मिक शुद्धता, प्रेम र एकताको मार्ग हो

  • पाष्टरीय सेवकाई मण्डलीभित्र रहेर आत्मिक जागृति ल्याउन केन्द्रित हुँदा बलियो हुन्छ।

  •  राजनीति एउटा वैध बुलाहट हुन सक्छ, तर पाष्टरीय पदसँग एकैसाथ मिसिँदा जोखिम धेरै हुन्छ

  • इतिहास र अनुभवले देखाउँछ:
    राजनीति गर्न चाहने धार्मिक सेवकले पहिले सेवकाई जिम्मेवारी छोड्नु नै बुद्धिमानी र जिम्मेवार मार्ग हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

संसद्‌मा विपक्षी एकतालाई सरकारकै निम्तो

संसद्‌मा विपक्षी एकतालाई सरकारकै निम्तो

  १८ जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिविरुद्ध विपक्षी दलहरू एकजुट भएका छन् । सबै विपक्षी दलका नेताह...
रास्वपा सभापति रवि लामिछाने भारत भ्रमण

रास्वपा सभापति रवि लामिछाने भारत भ्रमण

  १८ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पाँचदिने भ्रमणका लागि आज भारत प्रस्थान गर...
सुनको मूल्यमा अहिलेसम्मकै उच्च वृद्धि, चाँदीको भाउ पनि बढ्यो

सुनको मूल्यमा अहिलेसम्मकै उच्च वृद्धि, चाँदीको भाउ पनि बढ्यो

  काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार ...
बजेट २०८३/८४: बजेटको आकार २१ खर्ब २४ अर्ब

बजेट २०८३/८४: बजेटको आकार २१ खर्ब २४ अर्ब

  काठमाडौँ। आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब ३४ करोड बराबर घोषणा गरिएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त ...