आत्मिक बोलाहट, मण्डलीको एकता र नेपाली ख्रीष्टियन समाजको जिम्मेवारी – होमराज राई, ७ माघ २०८२, बुधबार, नेपाल ख्रीष्टियन समुदायका लागि अहिलेको समय आत्मिक मात्र होइन, गम्भीर आत्म–मूल्याङ्कनको समय पनि बनेको छ। प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचन नजिकिँदै गर्दा केही पास्टर तथा आत्मिक अगुवाहरू प्रत्यक्ष राजनीतिमा उम्मेदवार बनेको देखिनु, र त्यसले मण्डलीभित्र विभिन्न प्रश्न, बहस र विवाद जन्माउनु स्वाभाविक हो। ख्रीष्टियन विश्वासको मूल उद्देश्य मानिसलाई एक परमेश्वरसँग आत्मिक रूपमा डोर्याउनु, पवित्रता, प्रेम र मेलमिलापमा हुर्काउनु हो। चर्च कुनै राजनीतिक संस्था होइन; यो आत्मिक परिवार हो। त्यस परिवारका अगुवा—पास्टर, बिशप र सेवकहरू—मण्डलीका गोठालो हुन्, पार्टीका नेता होइनन्। बाइबल अनुसार पास्टरको भूमिका सत्ता प्राप्त गर्ने…
मेचीनगर । नकलबन्दा बचत तथा ऋण सहकारी संस्था मेचीनगर–५ ले आफ्नो १८औँ वार्षिक उत्सव तथा पुरस्कार वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । सहकारीको स्थापना उद्देश्यअनुसार सदस्यहरूको आर्थिक सशक्तीकरण, बचत संस्कारको प्रवद्र्धन तथा सहकारी मूल्य–मान्यताको विस्तारमा संस्थाले महत्वपूर्ण योगदान दिँदै आएको कार्यक्रममार्फत पुनः स्पष्ट गरिएको छ । कार्यक्रम संस्थाका अध्यक्ष केशरप्रसाद तिम्सिनाको अध्यक्षतामा सम्पन्न भएको थियो । जिल्ला सहकारी संघका वरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद सापकोटाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा मेचीनगर– ५ का वडा अध्यक्ष कनकबहादुर कार्कीको विशेष आतिथ्यता राष्ट्रिय सहकारी बैंक मेचीनगर शाखाका प्रमुख प्रेमकुमार श्रेष्ठको आतिथ्यता रहेको थियो । कार्यक्रममा सहकारीका उपाध्यक्ष, लेखा संयोजक, अक्षयकोष दाता, प्रशासन प्रमुख, पूर्व…
७ माघ २०८२, बुधबार, भक्तपुर । पत्रकार जन्मदेव जैसीले भक्तपुर निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । कालिकोट स्थायी घर भएका जैसीले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट उम्मेदवारी दिएका हुन् । जैसी प्रलोपाका केन्द्रीय सदस्य तथा श्रमजीवी पत्रकार संघ नेपालका अध्यक्ष हुन् । उनले पार्टी अध्यक्ष परिषदका सदस्य एवं पूर्वसांसद सन्तोष परियारको प्रस्ताव तथा दयाराम वाग्लेको समर्थनमा उम्मेदवारी दर्ता गराए । लामो समयदेखि पत्रकारिता, श्रमजीवीको हक–अधिकार र लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहँदै आएका जैसीले भक्तपुरलाई इतिहास, संस्कृति र श्रमको शहरका रूपमा चित्रण गर्दै आधारभूत समस्या समाधानलाई प्राथमिकतामा राखेको बताए । उनका अनुसार भक्तपुरमा पानी र ढल…