नयाँ तृष्णा

नकलबन्दा बचत तथा ऋण सहकारीको १८औँ वार्षिक उत्सव सम्पन्न, विभिन्न विधामा सम्मान

Advertisement

मेचीनगर । नकलबन्दा बचत तथा ऋण सहकारी संस्था मेचीनगर–५ ले आफ्नो १८औँ वार्षिक उत्सव तथा पुरस्कार वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । सहकारीको स्थापना उद्देश्यअनुसार सदस्यहरूको आर्थिक सशक्तीकरण, बचत संस्कारको प्रवद्र्धन तथा सहकारी मूल्य–मान्यताको विस्तारमा संस्थाले महत्वपूर्ण योगदान दिँदै आएको कार्यक्रममार्फत पुनः स्पष्ट गरिएको छ ।
कार्यक्रम संस्थाका अध्यक्ष केशरप्रसाद तिम्सिनाको अध्यक्षतामा सम्पन्न भएको थियो । जिल्ला सहकारी संघका वरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद सापकोटाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा मेचीनगर– ५ का वडा अध्यक्ष कनकबहादुर कार्कीको विशेष आतिथ्यता राष्ट्रिय सहकारी बैंक मेचीनगर शाखाका प्रमुख प्रेमकुमार श्रेष्ठको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा सहकारीका उपाध्यक्ष, लेखा संयोजक, अक्षयकोष दाता, प्रशासन प्रमुख, पूर्व अध्यक्षलगायत विभिन्न सामाजिक, आर्थिक तथा सहकारी क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

विभिन्न विधामा सम्मान 

वार्षिक उत्सवको अवसरमा सहकारीले उत्कृष्ट कार्यसम्पादन गरेका सदस्य, कर्मचारी तथा विद्यार्थीहरूलाई विभिन्न विधामा सम्मान गरिएको थियो ।
उत्कृष्ट बाल बचतकर्तातर्फ सुभाषना पुलामी मगर, उत्कृष्ट क्रमिक बचतकर्तातर्फ चन्द्रकला श्रेष्ठ, उत्कृष्ट साधारण बचतकर्तातर्फ अशोक तिम्सिना, उत्कृष्ट कर्जा कारोबारकर्तातर्फ लक्ष्मी माया राई र पुष्पा घिमिरे, उत्कृष्ट कृषकतर्फ धिरेन्द्र राजवंशी सम्मानित भएका थिए । त्यसैगरी, उत्कृष्ट सहकारी पसल उपभोक्तातर्फ गंगाकुमारी गुरुङ, उत्कृष्ट ज्येष्ठ बचतकर्तातर्फ पुष्पा देवी राई, न्यून आय बचतकर्तातर्फ मधु तामाङ सम्मानित भए ।

त्यसैगरी, शेयर सदस्य सन्ततिमध्ये एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने निहारिका खड्का (३.६८ जिपिए), मेची आधारभूत विद्यालयतर्फ जेहेन्दार विद्यार्थी सुवेक्षा मगर, उत्कृष्ट कर्मचारी मनकुमारी तामाङ, उत्कृष्ट बजार प्रतिनिधि फुलमाया लिवाङ, उत्कृष्ट सञ्चालक हिरालाल शर्मा पुरोहितलाई पुरस्कृत गरिएको थियो । सम्मानित व्यक्तिहरूलाई नगद १ हजार ५ सय रुपैयाँ, दोसल्ला तथा सम्मान–पत्र प्रदान गरिएको थियो ।
प्रमुख अतिथि दुर्गाप्रसाद सापकोटाले सहकारी अभियानले ग्रामीण तथा शहरी क्षेत्रका नागरिकलाई आर्थिक आत्मनिर्भर बनाउँदै लगेको उल्लेख गर्दै पारदर्शिता, सुशासन र सदस्यकेन्द्रित सेवामै सहकारीको सफलता निर्भर रहने बताए । वडा अध्यक्ष कनकबहादुर कार्कीले स्थानीय तह र सहकारीबीचको सहकार्यले समुदायको समग्र विकास सम्भव हुने बताउँदै सहकारीले उत्पादन, रोजगार र उद्यमशीलतामा थप ध्यान दिनुपर्ने धारणा व्यक्त गरे । राष्ट्रिय सहकारी बैंक मेचीनगर शाखाका प्रेमकुमार श्रेष्ठले सहकारीलाई वित्तीय अनुशासन, प्रविधिमैत्री सेवा र जोखिम व्यवस्थापनमा अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए ।

अध्यक्ष केशरप्रसाद तिम्सिनाले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीको वर्तमान अवस्था, उपलब्धि, चुनौती र आगामी योजनाबारे जानकारी गराए । उनले सदस्यहरूको विश्वास नै सहकारीको सबैभन्दा ठूलो पूँजी भएको उल्लेख गर्दै संस्थालाई अझ सक्षम, पारदर्शी र दिगो बनाइने प्रतिबद्धता व्यक्त गरे ।कार्यक्रमको सञ्चालन संस्थाका व्यवस्थापक महेन्द्रबहादुर कुँवरले गरेका थिए ।
यसको कुन शीषर्क उचित होला

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

नयाँ वर्ष २०८३ को अवसरमा जागृत बाल उद्धार केन्द्रद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

नयाँ वर्ष २०८३ को अवसरमा जागृत बाल उद्धार केन्द्रद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

मेचीनगर ।  झापाको मेचीनगर नगरपालिका वडा नं. ७ स्थित काँकरभिट्टामा रहेको जागृत बाल उद्धार केन्द्रले नयाँ वर्ष २०८३ ...
प्रधानमन्त्री शाहको सम्पत्ति विवरण सार्वजनिक: बैंकमा १ करोड ४६ लाख

प्रधानमन्त्री शाहको सम्पत्ति विवरण सार्वजनिक: बैंकमा १ करोड ४६ लाख

२९ चैत्र २०८२, आईतवार, काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति विवरण सार्वजनिक भएको छ । आइतबार सार्वजनिक सम्पत्ति विवरणअ...
जलथललाई हराउँदै आदर्श युवा क्लब क्वाटरफाइनलमा

जलथललाई हराउँदै आदर्श युवा क्लब क्वाटरफाइनलमा

झापा । आदर्श युवा क्लब बुधबारे नकलबन्दामा जारी तेस्रो जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइ...
गृहमन्त्री सुधन गुरुङको ४ करोड ३१ लाखको शेयर, कहाँ कति ?

गृहमन्त्री सुधन गुरुङको ४ करोड ३१ लाखको शेयर, कहाँ कति ?

२९ चैत, काठमाडौं । गृहमन्त्री सुधन गुरुङको शेयर मार्केटमा ४ करोड ३१ लाख बढी लगानी देखिएको छ । आइतबार साँझ प्रधानमन्त्री तथा मन्त्...