मेचीनगर । झापा स्थित इग्नाइटर टिमको आयोजनामा बाइबल पद कण्ठस्थ प्रतियोगिता २०८३ अन्तर्गत पहिलो चरणको छनोट कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

आज सम्पन्न कार्यक्रममा बाहुण्डागी इलाका ईसाई समाज र मेची इलाका ईसाई समाजका युवाहरुको उत्साहजनक सहभागिता रहेको थियो। प्रतियोगितामार्फत युवाहरुमा बाइबल अध्ययन, कण्ठस्थ गर्ने बानी तथा आत्मिक जीवनलाई अझ सुदृढ बनाउने उद्देश्य राखिएको आयोजकले जनाएको छ।

कार्यक्रममा सहभागी युवाहरुले उत्साहपूर्वक बाइबलका पदहरू प्रस्तुत गरेका थिए भने उपस्थित दर्शकहरुले पनि कार्यक्रमको प्रशंसा गरेका थिए।

यसैबीच, भोलि शनिबार र आइतबार मध्यपूर्व इलाका ईसाई समाज तथा सानीअर्जुन इलाका ईसाई समाजमा पनि उक्त प्रतियोगिता सञ्चालन हुने आयोजकले जानकारी दिएको छ।
्





