मेचीनगर । झापा स्थित इग्नाइटर टिमको आयोजनामा बाइबल पद कण्ठस्थ प्रतियोगिता २०८३ अन्तर्गत पहिलो चरणको छनोट कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। आज सम्पन्न कार्यक्रममा बाहुण्डागी इलाका ईसाई समाज र मेची इलाका ईसाई समाजका युवाहरुको उत्साहजनक सहभागिता रहेको थियो। प्रतियोगितामार्फत युवाहरुमा बाइबल अध्ययन, कण्ठस्थ गर्ने बानी तथा आत्मिक जीवनलाई अझ सुदृढ बनाउने उद्देश्य राखिएको आयोजकले जनाएको छ। कार्यक्रममा सहभागी युवाहरुले उत्साहपूर्वक बाइबलका पदहरू प्रस्तुत गरेका थिए भने उपस्थित दर्शकहरुले पनि कार्यक्रमको प्रशंसा गरेका थिए। यसैबीच, भोलि शनिबार र आइतबार मध्यपूर्व इलाका ईसाई समाज तथा सानीअर्जुन इलाका ईसाई समाजमा पनि उक्त प्रतियोगिता सञ्चालन हुने आयोजकले जानकारी दिएको छ। ्
झापा । नेपाली काँग्रेस का वरिष्ठ नेता तथा प्रजातान्त्रिक आन्दोलनका योद्धा स्व: तम्मर राईकी धर्मपत्नी सुशीला राईको २०८३ साल जेठ १५ गते निधन भएको छ। उहाँ २०१४ साल जेठ ११ गते जन्मनुभएको थियो। मेचीनगर–६ काँकरभिट्टा निवासी राई लामो समयदेखि सुगर रोगबाट पीडित हुनुहुन्थ्यो। पारिवारिक स्रोतका अनुसार अचानक हर्टअट्याक भएपछि उहाँलाई उपचारका लागि अस्पताल लगिएको थियो। तर चिकित्सकले मृत घोषणा गरेपछि राति करिब ३ बजे उहाँको शव घर ल्याइएको थियो। स्वर्गीय राई झापा जिल्ला महिला ईसाई समाज तथा मेचीनगर आमा दिदीबहिनी ईसाई समाजकी समेत पूर्व अध्यक्ष हुनुहुन्थ्यो। साथै उहाँ क्वाइनोनिया दिव्य शान्ति चर्चकी सक्रिय सदस्य हुनुहुन्थ्यो। मण्डली तथा समाज सेवामा समर्पित…
विशेष खोज, – होमराज राई, यो पृथ्वीको सबैभन्दा जिज्ञासु, सबैभन्दा चेतनायुक्त, र सायद सबैभन्दा विरोधाभासी प्राणी मानिस......!, । उसले आफ्नो बुद्धि, कल्पना, विज्ञान र अथाह इच्छाशक्तिको बलमा प्रकृतिलाई चुनौती दियो। उसले अन्धकार चिरेर प्रकाश निकाल्यो। समुद्र चिरेर महादेशहरू जोड्यो। आकाश नाप्यो, चन्द्रमामा पाइला टेक्यो, र अन्तरिक्षको असीम शून्यतामा आफ्नो अस्तित्वको छाप छोड्ने साहस गर्यो। उसले रोगहरूसँग युद्ध गर्यो, समयलाई घडीभित्र बाँध्यो, विद्युत् निर्माण गर्यो, परमाणुको रहस्य चिर्यो, कृत्रिम बुद्धिमत्तालाई जन्म दियो। उसले धर्म निर्माण गर्यो, दर्शन सिर्जना गर्यो, साहित्य लेख्यो, संगीतलाई आत्माको भाषा बनायो, र सभ्यतालाई इतिहासको महानतम उपलब्धिमा रूपान्तरण गर्यो। मानिसले पृथ्वीको स्वरूप नै बदलिदियो। तर एउटा सत्यको स्वरूप भने…
काठमाडौं । रुपन्देही प्रहरीले नक्कली नेपाली नोट छाप्ने कार्यमा संलग्न दुई जनालाई पक्राउ गरेको छ। लुम्बिनी साँस्कृतिक नगरपालिका क्षेत्रबाट प्रहरीले कम्प्युटर, प्रिन्टर, मोबाइल, कैची तथा नक्कली नोटसहित उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारत उत्तर प्रदेशका ३८ वर्षीय अब्दुल हमिद र रुपन्देहीका २२ वर्षीय अनिल पासी रहेका छन्। प्रहरीका अनुसार गोप्य सूचनाका आधारमा गरिएको अनुसन्धानपछि उनीहरुलाई पक्राउ गरिएको हो। पक्राउ परेकाबाट पाँच सय दरका ३० थान नक्कली नोटसहित नोट छाप्न प्रयोग गरिएका सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ।
कबिता, – होमराज राई, समयको सिँढीमा उभिएको मानिस,आफ्नै छायाँसँग हरपल युद्ध गरिरहेछ,बाहिर मुस्कानको दीप बालेरभित्रभित्रै शून्यतासँग जलिरहेछ,। जीवन...,कहिले फूलको सुवास बनेर आउँछ,कहिले काँडाको पीडा बोकेर,तर समयको कठोर पाठशालालेहरेक आत्मालाई केही न केही सिकाएरै छोड्छ। मानिसले आकाश जित्ने सपना देख्यो,तर आफ्नै मन जित्न सकेन,उसले संसारलाई बदल्न खोज्यो,तर आफ्नो अहंकार गलाउन सकेन। धनको उचाइ चुम्दैमामानिस ठूलो हुँदैन साथी...,बरु आँसु पुछ्ने हातमाईश्वरको सबैभन्दा सुन्दर रूप लुकेको हुन्छ। जीवन त धुवाँझैँ क्षणभंगुर छ,आज देखिएको दृश्यभोलि स्मृतिमा मात्र बाँच्छ,तर प्रेमले छोएको हृदय भनेमृत्युपछि पनि धड्किरहन्छ। जब अन्तिम साँझ झर्छ,जब सासहरू थाकेर मौन हुन्छन्,त्यो बेला मानिसले सम्झिने कुराउसले कमाएको सम्पत्ति होइन ,उसले बाँडेको माया,दिएको सम्मान,र कसैको…
५ जेष्ठ २०८३, मंगलवार, काँकरभिट्टा । मेचीनगर नगरपालिका महिला तथा बालबालिका शाखाको आयोजना तथा करुणा फाउण्डेशन, राष्ट्रिय अपाङ्ग महासंघ कोशी प्रदेश, सामाजिक विकास मन्त्रालय कोशी प्रदेश र शुभ बिहानी मिलीजुली समूहको सहकार्य तथा समन्वयमा “अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम” अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरुको सामाजिक सहभागिता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। मेचीनगर–६ स्थित सामुदायिक भवनको सभाहलमा सम्पन्न कार्यक्रममा अपाङ्गता रोकथाम, अपाङ्गताको परिचय तथा अपाङ्गता परिचयपत्र (कार्ड) का प्रकार, मिलीजुली समूहको आवश्यकता, यसको फाइदा–बेफाइदा, बिऊपूँजी परिचालन तथा अपाङ्गता भएका व्यक्तिहरु सहकारीमा आबद्ध हुनुका कारण र यसका सकारात्मक तथा नकारात्मक पक्षबारे जानकारी प्रदान गरिएको थियो। कार्यक्रममा वक्ता कुशल पोख्रेलले भिडियो डकुमेन्ट्रीसहित विभिन्न…
३ जेष्ठ २०८३, आईतवार, बुटवल। रुपन्देहीको बुटवलका जम्मा भएका देशभरिका भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीले आफूहरू रहिरहेको स्थानमै तत्काल लालपुर्जाको ग्यारेन्टी गर्न सरकारसँग माग गदै वृहत् प्रदर्शन गरेका छन् । नेपाल भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति रुपन्देहीको आयोजनामा प्रदर्शन भएको प्रदर्शनमा जनताको घरटहरामा डोजर लगाउने कार्य बन्द नगरे सरकारको दिनगन्ती सुरु हुने उनीहरूले चेतावनी दिएका छन् । बुटवलको राजमार्ग चौराहाबाट सुरु भएको ट्राफिकचोक पुगेर सभामा परिणत भएको थियो । चर्को गर्मीको वावजुद छाता ओढेरै प्रदर्शनमा हजारौं भूमिहीन र अव्यवस्थित बसोबासीको उपस्थिति रहेको थियो । प्रदर्शनमा सहभागीले सरकार र प्रधानमन्त्री बालेन्द्र शाहविरुद्ध नाराबाजी गरेका थिए । प्रदर्शनपछि भएको सभामा बोल्ने…
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४ हजार रुपैयाँले घटेको हो । महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार ५०० रुपैयाँ कायम गरिएको छ । बिहीबार सुन प्रतितोला ३ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, आज १० ग्राम सुनको मूल्य २ लाख ५५ हजार ९१५ रुपैयाँ कायम भएको छ, जुन हिजो २ लाख ५९ हजार ३४५ रुपैयाँ थियो। हिजो चाँदीको मूल्य प्रतितोला ५ हजार ७४५ रुपैयाँ रहेको थियो। यस्तै, १० ग्राम चाँदीको मूल्य ४…
काठमाडौँ । राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारले सुकुम्वासी हटाउने नाममा गरेको हर्कत आतङ्कवादीको जस्तै भएको टिप्पणी गरेका छन् । मङ्गलवार प्रतिनिधि सभा बैठकमा बोल्दै नेता शाहीले सत्ता स्थायी नहुने भन्दै हेक्का राख्न चुनौती समेत दिए । अव्यवस्थित बस्ती जोगाउनुपर्छ भन्ने होइन, सरकारी जग्गा हडपेकाहरूलाई हटाउनुपर्छ तर सरकार सरकार हो कि आतङ्कवादी हो ?’, शाहीको प्रश्न छ । उनले मानवीय संवेदनमा डोजर चलाएर विकास नहुने भन्दै सत्ता र शक्तिको आडमा कसैलाई नजोगाउने हो भने मन्त्रीका घरमा किन डोज नलाएको भनेर प्रश्न गरेका छन् । सुकुम्वासी हटाउने नाममा दुई नागरिकको ज्यान गएको भन्दै नागरिकको ज्यान बचाउने काम सरकारको होइन…
२८ वैशाख, काँकरभिट्टा । मेचीनगर नगरपालिकाले व्यवसाय दर्ता नगरी सञ्चालन भइरहेका व्यवसायलाई कानुनी दायरामा ल्याउने उद्देश्यले आजदेखि व्यवसाय दर्ता अभियान सुरु गरेको छ । अभियानको उद्घाटन काँकरभिट्टा स्थित सब्जी बजारमा नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख बुढाथोकीले स्थानीय सरकारमा व्यवसाय दर्ता गरेर सुरक्षित र कानुनी रूपमा व्यवसाय सञ्चालन गर्न व्यवसायीलाई आग्रह गरे । उनले व्यवसाय दर्ता गरी राज्यलाई कर तिर्नु प्रत्येक व्यवसायीको दायित्व भएको उल्लेख गर्दै दर्ताविना व्यवसाय सञ्चालन गर्न कानुनले अनुमति नदिने बताए । नगरपालिकाका अनुसार अभियान नगरका मुख्य बजार क्षेत्रमा सञ्चालन हुनेछ । सेवाग्राहीको सहजताका लागि काँकरभिट्टाको ज्येष्ठ नागरिक भवन, होटल व्यवसायी भवन र…