Skip to main content

नयाँ तृष्णा

समाज

मेची उद्योग वाणिज्य संघको अध्यक्षमा प्रसाई विजयी

मेची उद्योग वाणिज्य संघको अध्यक्षमा प्रसाई विजयी

मेचीनगर । मेची उद्योग वाणिज्य संघ को अध्यक्षमा खेमराज प्रसाई विजयी हुनुभएको छ। धुलाबारीमा सम्पन्न मतगणनाअनुसार प्रसाईले ७७३ मत प्राप्त गर्दै अध्यक्ष पदमा विजयी हुनुभएको हो। उहाँका निकटतम प्रतिद्वन्द्वी किशोर क्षेत्री ले ७३३ मत प्राप्त गर्नुभयो। वरिष्ठ उपाध्यक्षमा आनन्द खड्का ७५२ मतसहित विजयी हुनुभयो भने उहाँका प्रतिस्पर्धी भूमी पौडेल ले ७४५ मत प्राप्त गर्नुभयो। उद्योग उपाध्यक्षमा हरिप्रसाद कोईराला ७९५ मतसहित विजयी हुनुभयो। उहाँका प्रतिस्पर्धी भीमबहादुर कुँवर ले ६४२ मत प्राप्त गर्नुभयो। वाणिज्य उपाध्यक्षमा सन्तोष खवास ८०७ मतसहित विजयी हुनुभयो। उहाँका प्रतिस्पर्धी नरबहादुर थापा ले ६२१ मत प्राप्त गर्नुभयो। महिला उपाध्यक्षमा उषा श्रेष्ठ ७८० मतसहित विजयी हुनुभयो भने सुन्दरीकुमारी श्रेष्ठ ले…
Read More
गर्मीमा छालाको स्याहार: छुटाउनै नहुने खानेकुरा

गर्मीमा छालाको स्याहार: छुटाउनै नहुने खानेकुरा

२३ बैशाख २०८३, बुधबार, गर्मी बढेसँगै छालामा रुखोपन, कालोपन, चाउरी पर्ने जस्ता समस्या देखिन सक्छन्। यस्तो अवस्थामा बाह्य स्याहार मात्र होइन, सही खानपान पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। छालालाई स्वस्थ, चम्किलो र सुरक्षित राख्न यी खानेकुरा आफ्नो दैनिक आहारमा समावेश गर्न नबिर्सनुहोस्  तरबुजा र खरबुजा ९०% भन्दा बढी पानीयुक्त यी फलहरूले शरीरलाई हाइड्रेट राख्नुका साथै गर्मीमा छालालाई भित्रैदेखि चिसो, ताजा र स्वस्थ राख्न मद्दत गर्छन्।  कागती र पुदिना पानी डिटक्सका लागि उपयोगी यो पेयले शरीरमा पानीको सन्तुलन कायम राख्दै विषाक्त पदार्थ बाहिर निकाल्न मद्दत गर्छ र छालालाई ताजा, सफा तथा चम्किलो बनाउँछ।  दही प्रोबायोटिक्सयुक्त दहीले पाचन प्रणाली सन्तुलित राख्न मद्दत गर्छ,…
Read More
सामाजिक रूपान्तरणको अभियानमा असल मित्र नेपाल : एक वर्षे उपलब्धि सार्वजनिक

सामाजिक रूपान्तरणको अभियानमा असल मित्र नेपाल : एक वर्षे उपलब्धि सार्वजनिक

२२ बैशाख २०८३, मंगलवार, मेचीनगर । असल मित्र नेपाल झापा शाखाले मंगलबार मेचीनगर–६ स्थित घारी रेष्टुरेन्टमा सहकार्य बैठक सम्पन्न गरेको छ। झापा शाखा अध्यक्ष दल बहादुर गुरुङ (रमेश)को अध्यक्षतामा सम्पन्न कार्यक्रममा मेचीनगर नगरपालिकाकी उपमेयर मिना पोखरेल उप्रेती प्रमुख अतिथिको रूपमा सहभागी हुनुहुन्थ्यो भने संस्थाका केन्द्रीय अध्यक्ष ज्ञान बहादुर सुनुवार विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। बैठकमा वडा प्रतिनिधि, सुरक्षा निकाय तथा महिला र बालबालिका क्षेत्रमा क्रियाशील विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले सामाजिक समस्या न्यूनीकरण, मानव बेचबिखन नियन्त्रण तथा महिला–बालबालिका संरक्षणका लागि आपसी सहकार्य अपरिहार्य रहेकोमा जोड दिएका थिए। कार्यक्रममा बोल्दै असल मित्र नेपालका केन्द्रीय अध्यक्षले संस्थाले समाजमा सकारात्मक परिवर्तन…
Read More
विश्व प्रसिद्ध बक्सर किथ थर्मनद्वारा नेपालको पहिलो व्यवसायिक बक्सिङ क्लबको उद्घघाटन

विश्व प्रसिद्ध बक्सर किथ थर्मनद्वारा नेपालको पहिलो व्यवसायिक बक्सिङ क्लबको उद्घघाटन

२१ बैशाख २०८३, सोमबार, काठमाडौं । पारिवारिक भ्रमणका सिलसिलामा नेपालमा रहेका विश्वचर्चित अमेरिकी बक्सर तथा डब्लुबीसी एवं डब्लुबीए वेल्टरवेटका पूर्व विश्व च्याम्पियन किथ थर्मन ‘वान टाइम’ ले ललितपुरको इमाडोलस्थित म्याक्स बक्सिङ क्लबको औपचारिक उद्घघाटन गरेका छन् । सोमबार आयोजित एक विशेष समारोहका बीच नेपालको पहिलो व्यवसायिक बक्सिङ क्लबको रूपमा स्थापित यस क्लबको उद्घघाटन गर्दै थर्मनले नेपाली बक्सिङको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । सो अवसरमा नेपाल प्रोफेसनल बक्सिङ कमिसन (एनपीबीसी) का अध्यक्ष राजन प्रजापति र म्याक्स बक्सिङ प्रमोशनका प्रबन्ध निर्देशक मुक्ति थापाले पूर्व विश्व च्याम्पियन थर्मनलाई भव्य स्वागत गरेका थिए ।कार्यक्रममा एनपीबीसीका तर्फबाट थर्मनलाई मानार्थ सल्लाहकारको जिम्मेवारी सुम्पिँदै आधिकारिक…
Read More
चैत मसान्तभित्र सुकुमवासीको व्यवस्थापन गर्न सरकारलाई रास्वपाको सुझाव

चैत मसान्तभित्र सुकुमवासीको व्यवस्थापन गर्न सरकारलाई रास्वपाको सुझाव

२० बैशाख २०८३, आईतवार, काठमाडौँ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भूमिहीन सुकुम्बासीहरूको स्थानन्तरण र व्यवस्थित पुनस्र्थापनाको काम आगामी चैत मसान्तभित्र गरिसक्न सुझाव दिएको छ । रास्वपाको आईतवार बसेको सचिवालय बैठकले उक्त सुझाव दिएको प्रवक्ता मनिष झाले जानकारी दिए । उनकाअनुसार रास्वपाले चैत मसान्तभित्र सबै सुकुम्बासीलाई सुरक्षित आवासमा स्थानान्तरण गरी गाँस, वास र स्वास्थ्यको न्यूनतम व्यवस्था सुनिश्चित गर्न सरकारलाई सुझाव दिएको छ । सुकुम्बासी व्यवस्थापनको विषय लामो समयदेखि बेवास्ता हुँदै आएको उल्लेख गर्दै उनले हाल सरकारले यसलाई व्यस्थापन गर्न खोजेको बताए । उनले काठमाडौं उपत्यकाका खोलाकिनारमा जोखिमपूर्ण अवस्थामा बसोवास गरिरहेका नागरिकलाई सरकारले स्थानान्तरण गर्न लागेको उनको दाबी छ । बाढी…
Read More
पेट्रोल र डिजेलको मुल्य घट्यो, खाना पकाउने ग्यासको बढ्यो

पेट्रोल र डिजेलको मुल्य घट्यो, खाना पकाउने ग्यासको बढ्यो

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । पेट्रोलमा प्रति लिटर २ रूपैयाँ र डिजेल तथा मट्टितेलमा प्रति लिटर १२ रूपैयाँ घटाइएको हो । मूल्य घटेसँगै काठमाडौ जस्ता तेस्रो वर्गका सहरहरूमा गएराति १ बजेदेखि पेट्रोलको खुद्रा मूल्य २१७ र डिजेलको २२५ रूपैयाँ कायम भएको छ। एलपी ग्यासको मूल्यमा भने प्रति सिलिन्डर १५० रूपैयाँले वृद्धि गरेको छ । इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्य सूची र अन्तर्राष्ट्रिय बजारको प्रभावमा समायोजन गरिएको निगमले जनाएको छ ।
Read More
नेपाल–भारत क्रस बोर्डर समन्वय बैठक सम्पन्न

नेपाल–भारत क्रस बोर्डर समन्वय बैठक सम्पन्न

काँकरभिट्टा । नव अभियान नेपाल शाखा कार्यालय काँकरभिट्टाको आयोजनामा नेपाल–भारत क्रस बोर्डर कोर्डिनेशन मिटिङ सम्पन्न भएको छ। कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक सबिना श्रेष्ठको अध्यक्षता रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डीएसपी निशेष चापागाई रहेका थिए भने विशिष्ट अतिथिका रूपमा मेचीनगर वडा नं. ६ का अध्यक्ष ललित बहादुर तामाङ तथा कञ्चनजंघा उद्धार केन्द्र, सिलगुरीका प्रभात पाठकको उपस्थिति रहेको थियो। त्यस्तै अतिथिहरूमा सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायव निरीक्षक भरत धमला, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका प्रहरी नायव निरीक्षक मिलन कुमारी राई, कञ्चनजंघा उद्धार केन्द्रका रंगु शौरिया, राजु नेपाली तथा तेजकुमार थापाले आफ्ना धारणा राखेका थिए। कार्यक्रममा…
Read More
सुकुमबासी बस्तीमा शुक्रबार साँझसम्म टहरा खाली गर्न माइकिङ

सुकुमबासी बस्तीमा शुक्रबार साँझसम्म टहरा खाली गर्न माइकिङ

काठमाडौँ। नेपाल प्रहरी र सशस्त्र प्रहरीले थापाथलीस्थित वाग्मती नदी किनारको सुकुम्वासी बस्ती खाली गराउन माइकिङ गरेका छन् । वैशाख १२ गते बिहान ६ बजेदेखि बस्ती खाली गराइने भन्दै बिहीबार साँझ चेतावनी दिइएको हो । यसअघि, बुधबारमात्र प्रधानमन्त्री बालेन शाहले सुरक्षा निकायका प्रमुखलाई बोलाएर शनिबार र आइतबार सुकुम्वासी बस्ती खाली गराउन निर्देशन दिएका थिए।
Read More
“आँसु र सपनाको बीचमा”

“आँसु र सपनाको बीचमा”

– होमराज राई, पहाडको चिसो हावामाउसले बालसपनालाई अन्तिमपटक छोयो,ढुंगाको काखमा गुञ्जिएका निर्दोष हाँसोहरूमनको गहिरो कुनामा गुम्साएरऊ शहरतर्फ हिँड्यो.....,आँखामा उज्यालो सपना,ओठमा नबोलेको निर्दोष वाचा। बगिरहेको आमाको पिलपिल आँशूचोलीको किनारामा लुकिरहेको थियो,जानैपर्ने बाध्यता उसकोढोका समाएर उभिएको थियो ,“जानै पर्छ बाबु…”त्यो एक वाक्यलेपूरै आँगन भिजाइदियो। शहर.......,उसले सोचेको जस्तो थिएन।यहाँ भीड धेरै थियो,तर आत्माहरू सुनसान।बत्तीहरू चम्किन्थे,तर मनभित्रअँध्यारो अझ गहिरो थियो। उसले धेरै ढोका ढकढक्यायो,धेरै आँखामा भविष्य खोज्यो,तर हरेक ठाउँमाउसलाई आफ्नै थकानले मात्रै भेट्यो.......,अस्वीकृतिको चिसो स्वर,र असफलताले भरिएको दिन। रातहरू लम्बिँदै गए,झ्यालबाहिर सहर निदाइरहेको जस्तो,तर ऊभित्रआमाको स्वर जागिरहन्थ्यो—“खाइस् खाना बाबु ?”त्यो एक प्रश्नलेउसको भोकभन्दा गहिरो घाउ बनाउँथ्यो। समयसँगैउसले सपनाभन्दा बढीचुप बस्न सिक्यो।हाँसो हरायो,तर बाँच्ने संघर्ष…
Read More
नयाँ वर्ष २०८३ को अवसरमा जागृत बाल उद्धार केन्द्रद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

नयाँ वर्ष २०८३ को अवसरमा जागृत बाल उद्धार केन्द्रद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

मेचीनगर ।  झापाको मेचीनगर नगरपालिका वडा नं. ७ स्थित काँकरभिट्टामा रहेको जागृत बाल उद्धार केन्द्रले नयाँ वर्ष २०८३ सालको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। बुधवार संस्थाको कार्यालयमा सम्पन्न उक्त कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी, स्थानीय प्रशासनका अधिकारी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरुले एकआपसमा नयाँ वर्षको शुभकामना साटासाट गर्दै सामाजिक सहकार्यलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए। संस्थाका अध्यक्ष राधाकृष्ण अधिकारीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा समाजसेवी नरबहादुर राई उपस्थित रहेका थिए। त्यस्तै, विशिष्ट अतिथिहरुमा मेचीनगर–७ का वडा अध्यक्ष प्रल्हादमणी ओली, सामाजिक अगुवा रामचन्द्र उप्रेती, संस्थाकी पूर्वअध्यक्ष बिना तामाङ तथा समाजसेवी…
Read More