Skip to main content

नयाँ तृष्णा

“आँसु र सपनाको बीचमा”

[adsforwp id="2511"]

– होमराज राई,

पहाडको चिसो हावामा
उसले बालसपनालाई अन्तिमपटक छोयो,
ढुंगाको काखमा गुञ्जिएका निर्दोष हाँसोहरू
मनको गहिरो कुनामा गुम्साएर
ऊ शहरतर्फ हिँड्यो…..,
आँखामा उज्यालो सपना,
ओठमा नबोलेको निर्दोष वाचा।

बगिरहेको आमाको पिलपिल आँशू
चोलीको किनारामा लुकिरहेको थियो,
जानैपर्ने बाध्यता उसको
ढोका समाएर उभिएको थियो ,
“जानै पर्छ बाबु…”
त्यो एक वाक्यले
पूरै आँगन भिजाइदियो।

शहर…….,
उसले सोचेको जस्तो थिएन।
यहाँ भीड धेरै थियो,
तर आत्माहरू सुनसान।
बत्तीहरू चम्किन्थे,
तर मनभित्र
अँध्यारो अझ गहिरो थियो।

उसले धेरै ढोका ढकढक्यायो,
धेरै आँखामा भविष्य खोज्यो,
तर हरेक ठाउँमा
उसलाई आफ्नै थकानले मात्रै भेट्यो…….,
अस्वीकृतिको चिसो स्वर,
र असफलताले भरिएको दिन।

रातहरू लम्बिँदै गए,
झ्यालबाहिर सहर निदाइरहेको जस्तो,
तर ऊभित्र
आमाको स्वर जागिरहन्थ्यो—
“खाइस् खाना बाबु ?”
त्यो एक प्रश्नले
उसको भोकभन्दा गहिरो घाउ बनाउँथ्यो।

समयसँगै
उसले सपनाभन्दा बढी
चुप बस्न सिक्यो।
हाँसो हरायो,
तर बाँच्ने संघर्ष बाँकी रह्यो।

घरबाट आउने खबरहरूले
उसको मन अझ भारी बनाउँदै लगे…
शरीर कमजोर हुँदै गयो,
आमाको आँखा
अझ धेरै बाटो हेर्न थाल्यो।

तर ऊ फर्कन सकेन,
किनकि पैसाले बाटो रोकेको थियो,
र गरिबीले
मायालाई थिचिरहेको थियो।

एक साँझ
ऊ पुरानो पुलमुनि बस्यो।
नदी बगिरह्यो….,
निर्वाक, निरन्तर,
जसरी उसका भित्रका दबिएका पीडाहरू बगिरहेका थिए।

त्यही क्षण
उसको आँखाबाट
पहिलोपटक मौन आँसु झर्‍यो…….;
भारी, तातो, र नबोलेको कथा बोकेर।

उसले बुझ्यो……..,
सपना गलत थिएन,
तर त्यसलाई बोक्दा
उसले आफ्नै आत्मालाई धेरै टुक्र्याइसकेको रहेछ।

ऊ उठ्यो।
यसपटक ऊ खाली थिएन….,
खल्ती रित्तो भए पनि,
मुटुमा फर्किने साहस थियो।

किनकि जीवन
जित–हारको लेखा होइन,
यो त
आँसु र सपनाको बीचमा
बारम्बार उठिरहने
एक अमिट यात्रा हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको विजेता बन्दै एसिया कपका लागि छनोट भएको छ । शनिबार भएको फाइनलमा यूएईलाई पराजित गर्दै नेपाल एस...
भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

काठमाडौं । भोटेकोशी बाढीपछि शुक्रबार १७ः०० बजेसम्म १ हजार ३ सय ८४ जनाको शव फेला परेको छ । रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा,...
प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

खोटाङ।   नेपाल प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत चयन हुनुभएको छ । प्रेस युनियन खोटाङको शुक्रबार ...
प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत गरिएको छ ।  बिहीबारको मन्त्रिपरिषद् बैठकले असोज ६ देखि १० सम्म संय...