Skip to main content

नयाँ तृष्णा

“आँसु र सपनाको बीचमा”

[adsforwp id="2511"]

– होमराज राई,

पहाडको चिसो हावामा
उसले बालसपनालाई अन्तिमपटक छोयो,
ढुंगाको काखमा गुञ्जिएका निर्दोष हाँसोहरू
मनको गहिरो कुनामा गुम्साएर
ऊ शहरतर्फ हिँड्यो…..,
आँखामा उज्यालो सपना,
ओठमा नबोलेको निर्दोष वाचा।

बगिरहेको आमाको पिलपिल आँशू
चोलीको किनारामा लुकिरहेको थियो,
जानैपर्ने बाध्यता उसको
ढोका समाएर उभिएको थियो ,
“जानै पर्छ बाबु…”
त्यो एक वाक्यले
पूरै आँगन भिजाइदियो।

शहर…….,
उसले सोचेको जस्तो थिएन।
यहाँ भीड धेरै थियो,
तर आत्माहरू सुनसान।
बत्तीहरू चम्किन्थे,
तर मनभित्र
अँध्यारो अझ गहिरो थियो।

उसले धेरै ढोका ढकढक्यायो,
धेरै आँखामा भविष्य खोज्यो,
तर हरेक ठाउँमा
उसलाई आफ्नै थकानले मात्रै भेट्यो…….,
अस्वीकृतिको चिसो स्वर,
र असफलताले भरिएको दिन।

रातहरू लम्बिँदै गए,
झ्यालबाहिर सहर निदाइरहेको जस्तो,
तर ऊभित्र
आमाको स्वर जागिरहन्थ्यो—
“खाइस् खाना बाबु ?”
त्यो एक प्रश्नले
उसको भोकभन्दा गहिरो घाउ बनाउँथ्यो।

समयसँगै
उसले सपनाभन्दा बढी
चुप बस्न सिक्यो।
हाँसो हरायो,
तर बाँच्ने संघर्ष बाँकी रह्यो।

घरबाट आउने खबरहरूले
उसको मन अझ भारी बनाउँदै लगे…
शरीर कमजोर हुँदै गयो,
आमाको आँखा
अझ धेरै बाटो हेर्न थाल्यो।

तर ऊ फर्कन सकेन,
किनकि पैसाले बाटो रोकेको थियो,
र गरिबीले
मायालाई थिचिरहेको थियो।

एक साँझ
ऊ पुरानो पुलमुनि बस्यो।
नदी बगिरह्यो….,
निर्वाक, निरन्तर,
जसरी उसका भित्रका दबिएका पीडाहरू बगिरहेका थिए।

त्यही क्षण
उसको आँखाबाट
पहिलोपटक मौन आँसु झर्‍यो…….;
भारी, तातो, र नबोलेको कथा बोकेर।

उसले बुझ्यो……..,
सपना गलत थिएन,
तर त्यसलाई बोक्दा
उसले आफ्नै आत्मालाई धेरै टुक्र्याइसकेको रहेछ।

ऊ उठ्यो।
यसपटक ऊ खाली थिएन….,
खल्ती रित्तो भए पनि,
मुटुमा फर्किने साहस थियो।

किनकि जीवन
जित–हारको लेखा होइन,
यो त
आँसु र सपनाको बीचमा
बारम्बार उठिरहने
एक अमिट यात्रा हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक...
लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरण...
फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चा...
पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

काठमाडौँ, । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर...