Skip to main content

नयाँ तृष्णा

बुटवलमा देशभरका सुकुम्बासीको प्रदर्शन, डोजर रोक्न सरकारलाई चेतावनी

[adsforwp id="2511"]

बुटवल। रुपन्देहीको बुटवलका जम्मा भएका देशभरिका भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीले आफूहरू रहिरहेको स्थानमै तत्काल लालपुर्जाको ग्यारेन्टी गर्न सरकारसँग माग गदै वृहत् प्रदर्शन गरेका छन् ।

नेपाल भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति रुपन्देहीको आयोजनामा प्रदर्शन भएको प्रदर्शनमा जनताको घरटहरामा डोजर लगाउने कार्य बन्द नगरे सरकारको दिनगन्ती सुरु हुने उनीहरूले चेतावनी दिएका छन् ।

बुटवलको राजमार्ग चौराहाबाट सुरु भएको ट्राफिकचोक पुगेर सभामा परिणत भएको थियो । चर्को गर्मीको वावजुद छाता ओढेरै प्रदर्शनमा हजारौं भूमिहीन र अव्यवस्थित बसोबासीको उपस्थिति रहेको थियो । प्रदर्शनमा सहभागीले सरकार र प्रधानमन्त्री बालेन्द्र शाहविरुद्ध नाराबाजी गरेका थिए । प्रदर्शनपछि भएको सभामा बोल्ने वक्ताहरुले अव्यवस्थित बसोबासी र सुकुम्वासी बस्तीमा डोजर नचल्ने सुनिश्चित नगरे काठमाडौँ केन्द्रित आन्दोलन गरेर सरकार ढाल्ने सम्मको चेतावनी दिएका छन् ।

सरकारले वैकल्पिक व्यवस्थाको भरपर्दो व्यवस्था नगरी हतारोमा बस्तीमा डोजर आतंक मच्याएपछि देशभरका १२ लाख बढी परिवारका झण्डै ५० लाख नागरिक प्रभावित भएको संघर्ष समितिका सल्लाहकार वीरेन्द्र विकले बताउनुभयो । वर्षौंदेखि बस्दै आएको घरबास सरकारले हटाउन सक्ने त्रासले लाखौं नागरिकमा मानसिक पीडा र तनाव भएकाले सरकारलाई दबाब दिन आन्दोलन गरिएको विकले बताउनु भयो ।

सभामा अर्का वक्ता दाङका हरिश गिरीले लालपुर्जा नपाउनु नागरिकको गल्ती नभई विगतका सरकारको गल्ती भएको बताउनुभयो । उहांले सुकुम्वासी बस्तीमा प्रहरीले घेरा हालेर डर त्रासमा पारेर जबरजस्ती शासन लाद्न खोजिएको भन्दै सरकारको दादागिरी स्वीकार्य नभएको बताउनुभयो । गिरीले दुई तिहाइको दम्भ नदेखाउन आग्रह गर्दै देशभरका सुकुम्वासी काठमाडौँ गएर सिंहदरबार घेर्ने चेतावनी दिनुभयो ।

अर्की वक्ता लिजा राईले वैकल्पिक व्यवस्था विना सुकुम्वासी बस्तीमा डोजर चलाएर नागरिकलाई होल्डिङ सेन्टरमा अमानवीय व्यवहार गरेको गुनासो गरिन् । सुकुम्वासी र अव्यवस्थित बसोबासीको समस्या सुकुम्वासीको मात्र नभई तीन करोड नेपालीको मुद्दा भएको बताइन् ।

सभामा संघर्ष समितिका संयोजक खगेन्द्र पौडेल, सचिव राजकुमार भट्टराई, रिसब पोखरेल, नरेन्द्र दर्जी लगायतले बोल्दै सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई तत्काल लालपुर्जा दिन माग गर्नु भएको छ । संघर्ष समितिले जेठ ४ गते बुटवलमै सुकुम्वासी र अव्यवस्थित बसोबासीको राष्ट्रिय सम्मेलन आयोजना गरेको छ ।

संघर्ष समितिले सरकारसंग मुख्यतः ११ वटा माग राखेर आन्दोलन जारी राखेको छ । जसमा भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीमाथि डोजर प्रयोग गरी जबरजस्ती निष्कासन, घरटहरा भत्काउने तथा अमानवीय व्यवहार तत्काल बन्द गर्न माग गरिएको छ ।

यस्तै यसअघिको भूमि ऐन बमोजिम नाप–नक्सा सम्पन्न भइसकेका क्षेत्रहरूको बाँकी प्रशासनिक तथा कानुनी प्रक्रिया तत्काल पूरा गरी शीघ्र लालपुर्जा वितरण गर्न माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको विजेता बन्दै एसिया कपका लागि छनोट भएको छ । शनिबार भएको फाइनलमा यूएईलाई पराजित गर्दै नेपाल एस...
भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

काठमाडौं । भोटेकोशी बाढीपछि शुक्रबार १७ः०० बजेसम्म १ हजार ३ सय ८४ जनाको शव फेला परेको छ । रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा,...
प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

खोटाङ।   नेपाल प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत चयन हुनुभएको छ । प्रेस युनियन खोटाङको शुक्रबार ...
प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत गरिएको छ ।  बिहीबारको मन्त्रिपरिषद् बैठकले असोज ६ देखि १० सम्म संय...