Skip to main content

नयाँ तृष्णा

समाज

मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति २०८२ प्रभावकारी कार्यान्वयनमा जोड

मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति २०८२ प्रभावकारी कार्यान्वयनमा जोड

  झापा । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण, पीडितको संरक्षण तथा पुनर्स्थापना तथा मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति, २०८२ को प्रभावकारी कार्यान्वयनका विषयमा केन्द्रित अन्तरक्रिया कार्यक्रम शुक्रबार झापाको जिल्ला प्रशासन कार्यालयमा सम्पन्न भएको छ। मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण जिल्ला समिति, झापाको आयोजनामा तथा महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालय र भद्रपुर नगरपालिकाको सहयोग तथा समन्वयमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमको अध्यक्षता झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले गर्नुभएको थियो भने भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा करिब तीन दर्जन सरकारी तथा गैरसरकारी संस्था, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, स्थानीय…
Read More
राष्ट्रिय परिचयपत्र आफैँले डाउलोड गर्न सकिने

राष्ट्रिय परिचयपत्र आफैँले डाउलोड गर्न सकिने

  काठमाडौँ, सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउलोड गर्न मिल्ने सेवा सुरु गरेको छ । राष्ट्रिय परिचयत्रप तथा पञ्जीकरण विभागले परीक्षणका रूपमा उक्त सेवा सुरु गरेको हो । विभागको राष्ट्रिय परिचयपत्रसम्बन्धी वेभसाइट https://citizenportal.donidcr.gov.np/ne  मार्फत व्यक्तिको फोटो र अनलाइन ‘भेरिफिकेसन’ क्युआर कोडसहितको परिचयपत्र कार्ड डाउनलोड गर्न सकिनेछ । सरकारको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत बुँदा नं २ मा ‘विभागको प्रणालीबाट व्यक्तिको फोटो र क्युआर कोडसहितको राष्ट्रिय परिचयपत्र कार्ड सम्बन्धित व्यक्तिले नै डाउनलोड गर्ने प्रणाली निर्माण गर्ने’ उल्लेख थियो । राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त भएका नागरिकले नाम (नेपाली वा अङ्ग्रेजी), जन्ममिति र नागरिकता जारी मिति पेस गरी आफ्नो कार्ड डाउनलोड गर्न सक्ने…
Read More
आफन्त नेपाल झापा शाखाद्वारा त्रैमासिक प्रगति समीक्षा तथा समन्वयात्मक बैठक सम्पन्न

आफन्त नेपाल झापा शाखाद्वारा त्रैमासिक प्रगति समीक्षा तथा समन्वयात्मक बैठक सम्पन्न

  मेचीनगर। मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्यका लागि कार्यरत आफन्त नेपाल झापा शाखाले त्रैमासिक कार्य प्रगति समीक्षा तथा स्थानीय निकायहरूसँगको समन्वयात्मक बैठक सम्पन्न गरेको छ। मेचीनगर–६ का वडा अध्यक्ष ध्रुवकुमार राई को प्रमुख आतिथ्यता तथा शाखा प्रमुख मात्रिका गुरुङ को अध्यक्षतामा आयोजित कार्यक्रममा प्रितिका थामीले संस्थाको त्रैमासिक कार्य प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन्। प्रतिवेदनअनुसार मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्य अभियानअन्तर्गत सीमा अनुगमन, सूचना सम्प्रेषण, उद्धार तथा बचावट, परामर्श सेवा, आकस्मिक आवास गृह सञ्चालन, भारतबाट उद्धार तथा स्वदेश फिर्ती, चितवनस्थित पुनःस्थापना केन्द्रमार्फत सेवा प्रवाह, व्यावसायिक सीप विकास तालिम, सामाजिक नेतृत्व विकास तालिम, पारिवारिक पुनर्मिलन, समुदाय परिचालन, सचेतना तथा पैरवीलगायतका…
Read More
झापामा चार जनाको सवारी लाइसेन्स ‘खारेज’

झापामा चार जनाको सवारी लाइसेन्स ‘खारेज’

  झापामा पटक–पटक ट्राफिक नियम उल्लंघन गर्ने चार जना चालकको सवारी चालक अनुमति–पत्र (लाइसेन्स) निलम्बन (खारेजी) को सिफारिसमा परेको छ । पटक–पटक ट्राफिक नियम उल्लंघन गरेको पाइएपछि ती चालकहरूको लाइसेन्स ६ महिनाका लागि निलम्बन गर्न यातायात कार्यालयलार्ई पत्राचार गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए । नियम उल्लंघनमा पटक–पटक कारबाही पर्दा पनि अटेर गरी गल्ती दोहो¥याउने चालकहरूको लाइसेन्स निलम्बनका लागि यातायात कार्यालयलाई पत्राचार गरिएको उनले जानकारी दिए । सवारी तथा यातायात व्यवस्था ऐन–२०४९को प्रावधान अनुसार पाँच पटकभन्दा बढी ट्राफिक नियम उल्लंघन गर्ने चालकको लाइसेन्स छ महिनासम्म निलम्बन गर्न सक्ने व्यवस्था रहेको छ । सोही कानूनी…
Read More
आजदेखि ५०० रुपैयाँ दरका नयाँ नोट, सक्कली चिन्न थाहा पाउनुहोस् ७ विशेषता

आजदेखि ५०० रुपैयाँ दरका नयाँ नोट, सक्कली चिन्न थाहा पाउनुहोस् ७ विशेषता

  काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि ५०० रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा ल्याएको छ। राष्ट्र बैंकले नयाँ नोटका संकेत नम्बर तथा सुरक्षण विशेषता समेत सार्वजनिक गरेको छ। राष्ट्रबैंकका अनुसार आजदेखि चलचल्तीमा आउने ५०० रुपैयाँका नोटको अगाडिपट्टि पाँच विशेषता रहनेछन्। १. नोटको मध्य खण्डमा प्रतिज्ञामूलक वाक्यांश राखिएको छ, ‘श्री नेपाल राष्ट्र बैंक, नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५०० रुपैयाँ पाँच सय तुरुन्त पाइनेछ।’ २. नोटको बायाँतर्फ सगरमाथा हिमालको चित्र तथा दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको तल्लो खण्डमा सिरिज नम्बर ‘विक्रम सम्वत २०८२’ लेखिएको छ। पानीछापको बायाँतर्फ फरक क्षमता भएका (दृष्टिबिहीन) हरुले स्पर्श…
Read More
गर्मीमा यसकारण नरिवल पानी पिउने

गर्मीमा यसकारण नरिवल पानी पिउने

गर्मी बढेसँगै शरीरमा पानीको कमी हुने जोखिम पनि बढ्छ। यस्तो अवस्थामा नरिवल पानी प्राकृतिक र स्वास्थ्यकर पेयका रूपमा उत्कृष्ट विकल्प मानिन्छ। यसमा पोटासियम, म्याग्नेसियम, सोडियमजस्ता आवश्यक इलेक्ट्रोलाइट पाइने भएकाले शरीरलाई हाइड्रेट राख्न मद्दत गर्छ। नरिवल पानीले गर्मीका कारण हुने थकान कम गर्न, शरीरमा ऊर्जा कायम राख्न तथा तरल पदार्थको सन्तुलन मिलाउन सहयोग पुर्‍याउँछ। साथै, यसमा क्यालोरी र बोसो कम हुने भएकाले अन्य गुलिया पेय पदार्थको तुलनामा स्वस्थ विकल्प मानिन्छ। विशेषज्ञहरूका अनुसार अत्यधिक गर्मीमा पर्याप्त पानीसँगै नरिवल पानी सेवन गर्दा शरीर ताजा र ऊर्जावान् रहन मद्दत मिल्न सक्छ। तर कुनै विशेष स्वास्थ्य समस्या भएमा चिकित्सकको सल्लाह अनुसार सेवन गर्नु उपयुक्त हुन्छ।
Read More
लिव्यात्तान: बाइबलको रहस्यमय समुद्री जीव कि घमण्ड र अराजकताको प्रतीक

लिव्यात्तान: बाइबलको रहस्यमय समुद्री जीव कि घमण्ड र अराजकताको प्रतीक

- किरण सुनुवार, बाइबलको पुरानो नियममा वर्णन गरिएको लिव्यात्तान जस्तो विशाल, शक्तिशाली र भयानक समुन्द्री जीवको विषयले हामीमा ठूलो कौतूहल जगाउन सक्छ। विशेष गरी बाइबलको अय्यूब ४१ अध्यायमा यस जीवको शारीरिक बनावट, वैभव र शक्तिको विस्तृत बयान गरिएको छ, जहाँ यसलाई पृथ्वीकै सबैभन्दा निडर प्राणीको रूपमा प्रस्तुत गरिएको देखिन्छ। यसको ढाड दर्शन ढुङ्गाको पर्खालले जस्तै घेरिएको छ, जसमा एउटामाथि अर्को खप्टिएका कत्लाहरू यसरी जोडिएका छन् कि तिनको बीचबाट हावा पनि छिर्न सक्दैन। यसलाई कुनै पनि मानव निर्मित भाला वा काँडले छेड्न असम्भव छ। यस अध्यायको पद १८ देखि २१ सम्म त यसको भयानक शक्तिको बयान गर्दै लेखिएको छ कि यसको…
Read More
ईजलास दैनिकको १०औँ वार्षिकोत्सव तथा स्मारिका विमोचन सम्पन्न

ईजलास दैनिकको १०औँ वार्षिकोत्सव तथा स्मारिका विमोचन सम्पन्न

  झापा । बिर्तामोडबाट प्रकाशित ईजलास दैनिकको १०औँ वार्षिकोत्सव तथा स्मारिका (म्यागजिन) विमोचन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा निर्मला शर्मा प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। कार्यक्रमको उद्घाटन प्रमुख अतिथिबाट पानसमा दीप प्रज्वलन गरी गरिएको थियो। सो अवसरमा ईजलास दैनिकको १०औँ वार्षिकोत्सव विशेष स्मारिका विमोचन गरिएको थियो। साथै विभिन्न व्यक्तित्व तथा संस्थाहरूलाई सम्मान तथा कदरपत्र हस्तान्तरण गरिएको आयोजकले जनाएको छ। कार्यक्रमका क्रममा नेपाल पत्रकार महासंघको तर्फबाट झापा जिल्लाका प्रमुख जिल्ला अधिकारीसमक्ष हस्ताक्षरसहितको ज्ञापनपत्र समेत पेश गरिएको थियो। कार्यक्रममा सांस्कृतिक तथा मनोरञ्जनात्मक नृत्य प्रस्तुत गरी सहभागीहरूलाई मनोरञ्जन प्रदान गरिएको थियो। बिर्तामोडस्थित सिटी सेन्टर साई पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रममा…
Read More
कमल गाउँपालिका इसाई समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कमल गाउँपालिका इसाई समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

  बिर बहादुर तामाङ, केर्खा, झापा। कमल गाउँपालिका इसाई समाजको आयोजनामा आइतबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ। समाजका अध्यक्ष पास्टर प्रताप बि.क.को प्रमुख आतिथ्यमा आयोजित कार्यक्रम केर्खास्थित ज्योति चर्चको प्राङ्गणमा सम्पन्न भएको हो। कार्यक्रमको उद्घाटन नेपाल रेडक्रस सोसाइटी दमक शाखाका अधिकृत सिद्धार्थ दाहालले इसाई समाजका अध्यक्ष पास्टर प्रताप बि.क.लाई ब्लड ब्याग हस्तान्तरण गरी गर्नुभएको थियो। रक्तदान कार्यक्रम कमल गाउँपालिका इसाई समाजको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा सहयोगी संस्थाका रूपमा लुथरन सामुदायिक कल्याण समाज तथा सुसमाचारिय लुथरन मण्डली, रंगेली–२ मोरङ रहेका थिए भने प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी दमकले प्रदान गरेको थियो। कार्यक्रममा ३७ पिन्ट रगत संकलन भएको आयोजकले जनाएको छ।…
Read More
कोशीमा बालविवाहका ३८ सूचना दर्ता, मोरङमा सबैभन्दा बढी

कोशीमा बालविवाहका ३८ सूचना दर्ता, मोरङमा सबैभन्दा बढी

  झापा । कोशी प्रदेशमा चालु आर्थिक वर्षको १० महिनामा बालहेल्पलाइन सेवामा ३८, बालविवाहसम्बन्धी सूचना दर्ता भएका छन् । हराएका बालबालिका खोजतलास समन्वय केन्द्रको कोशी टोल फ्री हेल्पलाइन १०९८ मा आर्थिक वर्ष २०८२/८३ को साउनदेखि वैशाख मसान्तसम्म सो सङ्ख्यामा सूचना दर्ता भएका हुन् । बालअधिकार तथा संरक्षणकर्मी सुमन अधिकारीका अनुसार प्रदेशका १४ जिल्लामध्ये चार वटा जिल्लाबाट मात्रै ती सूचना दर्ता भएको जानकारी दिनुभयो । उहाँले सबैभन्दा बढी मोरङमा २४ सुनसरीमा ११, इलाममा दुई र उदयपुरमा एउटा सूचना दर्ता भएको जानकारी दिनुभयो । हेल्पलाइन (१०९८) वा प्रहरी हेल्पलाइन (१०४) मा बालविवाह, हिंसा वा शोषणसम्बन्धी सूचना दर्ता भएपछि बालबालिकालाई संरक्षण, उद्धार र…
Read More