Skip to main content

नयाँ तृष्णा

लिव्यात्तान: बाइबलको रहस्यमय समुद्री जीव कि घमण्ड र अराजकताको प्रतीक

[adsforwp id="2511"]

– किरण सुनुवार,

बाइबलको पुरानो नियममा वर्णन गरिएको लिव्यात्तान जस्तो विशाल, शक्तिशाली र भयानक समुन्द्री जीवको विषयले हामीमा ठूलो कौतूहल जगाउन सक्छ। विशेष गरी बाइबलको अय्यूब ४१ अध्यायमा यस जीवको शारीरिक बनावट, वैभव र शक्तिको विस्तृत बयान गरिएको छ, जहाँ यसलाई पृथ्वीकै सबैभन्दा निडर प्राणीको रूपमा प्रस्तुत गरिएको देखिन्छ। यसको ढाड दर्शन ढुङ्गाको पर्खालले जस्तै घेरिएको छ, जसमा एउटामाथि अर्को खप्टिएका कत्लाहरू यसरी जोडिएका छन् कि तिनको बीचबाट हावा पनि छिर्न सक्दैन। यसलाई कुनै पनि मानव निर्मित भाला वा काँडले छेड्न असम्भव छ। यस अध्यायको पद १८ देखि २१ सम्म त यसको भयानक शक्तिको बयान गर्दै लेखिएको छ कि यसको हाच्छिउँबाट प्रकाश चम्कन्छ, यसको मुखबाट बलिरहेका राँकाहरू र आगोका ज्वालाहरू निस्कन्छन्, र यसको श्वासले कोइला समेत सल्काउन सक्छ। यसको हृदय ढुङ्गा जस्तै कठोर छ र जब यो पानीमा उभिन्छ, तब संसारका शक्तिशाली वीरहरू पनि थर्कमान हुन्छन्। यसले फलामलाई पराल र काँसलाई कुहिएको काठ जस्तै सम्झने हुनाले, यसको शक्ति अगाडि मानिस पूर्ण रूपमा असहाय बन्दछ।

​के यो अद्भुत प्राणी इतिहासको कुनै कालखण्डमा अस्तित्वमा थियो त ? थियो बभने यो कहाँ गयो र यसलाई कसले नष्ट गर्‍यो ?
धेरैजसो आधुनिक जीव वैज्ञानिकहरू लिव्यात्तानलाई निल नदीको विशाल गोहीसँग जोडेर हेर्छन्, जसको छाला कडा कत्लाले बनेको हुन्छ। तर, मानिसले प्राचीन कालदेखि नै गोहीको शिकार गर्दै आएकाले लिव्यात्तान साधारण गोही मात्र हुन सक्दैन भन्ने तर्क गर्दै जीवाश्मविद्हरूले यसलाई नोआको जलप्रलयको समयमा लोप भएको प्रागैतिहासिक समुन्द्री सरिसृप वा डायनासोर प्रजाति मानेका छन्। जस्तै, सहारा मरुभूमिमा भेटिएको स्कूल बस जत्रो विशाल सार्कोसुचस वा डायनासोरहरूलाई समेत आहार बनाउने डेइनोसुचस, जसको नाकको अगाडि रहेका अनौठा प्वालहरूबाट आगो वा धुवाँ जस्तो रासायनिक पदार्थ ओकल्ने गरेको अनुमान वैज्ञानिकहरू गर्छन्। प्रकृतिमा आज पनि पाइने सानो बम्बार्डियर बीटल कीराले आफ्नो शरीरभित्र रसायन मिसाएर शत्रुमाथि 100°C सम्मको उम्लिरहेको तातो रासायनिक स्प्रे फाल्न सक्छ भने, प्राचीन कालको विशाल जीवमा योभन्दा ठूलो जैविक अग्नि-प्रणाली हुनु वैज्ञानिक रूपमा असम्भव देखिँदैन।

यद्यपि, अय्यूबको पुस्तकमा वर्णन गरिए जस्तो खतरनाक जनावरको भौतिक उपस्थिति प्रमाणित नहुनुको पछाडि अर्को कारण पनि हुन सक्छ; अय्यूबको उक्त खण्ड कवितात्मक शैलीमा लेखिएको हुनाले त्यस जीवको शक्तिलाई अतिशयोक्तिपूर्वक बयान गरिएको हुन सक्छ। तर, त्यही गुणले भरिपूर्ण वा मिल्दोदुल्दो जीव नै भए तापनि, शक्तिशाली जलप्रलयपछिको द्रुत जलवायु परिवर्तन र आहाराको कमीका कारण यो प्रजाति बिस्तारै लोप भयो। भनौँ, परमेश्वरले प्रकृतिको नियमलाई प्रयोग गरेर यसको अस्तित्वलाई समाप्त पारिदिनुभयो, जसरी डायनासोरहरूको अन्त्य भयो। बाइबलीय रूपमा हेर्दा भजनसंग्रह ७४:१४ मा स्पष्ट भनिएको छ कि परमेश्वरले नै लिव्यात्तानका टाउकाहरू टुक्रा-टुक्रा पारेर त्यसलाई मरूभूमिका जीवहरूका निम्ति आहार बनाइदिनुभयो, जसले यो प्रमाणित गर्छ कि मानिसको नियन्त्रण बाहिर रहेको यस भयानक जीवलाई परमेश्वर आफैँले आफ्नो सार्वभौम शक्तिद्वारा, प्रकृतिको माध्यमबाट नष्ट गर्नुभयो।

​आज जैविक रूपमा लिव्यात्तानको भौतिक अस्तित्व संसारमा फेला नपरे पनि अथवा हाल सम्म पत्ता लगाउन नसके पनि, बाइबलले यसको माध्यमबाट गहिरो आत्मिक सत्यताहरू प्रस्तुत गरेको छ। अय्यूब ४१:३४ मा यसलाई सबै घमण्डीहरूलाई तुच्छ ठान्ने र हिंस्रक जीवहरूका माथि राजा भएको प्राणी भनिएको छ, जसले मानिसभित्र रहने अहंकार र घमण्डलाई दर्शाउँछ। जसरी लिव्यात्तानलाई मानवीय हतियारले नियन्त्रण गर्न सकिँदैन, त्यसरी नै मानिसको घमण्डलाई पनि मानवीय प्रयासले तोड्न सकिँदैन; यसलाई केवल परमेश्वरको अनुग्रह र शक्तिले मात्र विनम्र बनाउन सक्छ। त्यसैगरी यशैया २७:१ मा लिव्यात्तानलाई घस्रेर भाग्ने प्राणी र सर्प भनिएको छ, जसले उत्पत्ति पुस्तक अनुसार सैतान र त्यसका दुष्ट प्रलोभनहरूलाई प्रतिनिधित्व गर्छ। सैतान जतिसुकै भयानक र शक्तिशाली देखिए पनि, अन्तिम दिनमा परमेश्वरले आफ्नो आत्मिक तरवारले त्यसलाई पूर्ण रूपमा नष्ट गर्नुहुनेछ भन्ने यसको अर्थ हुन सक्छ।

प्राचीन अगमवाणीहरूमा लिव्यात्तानलाई इस्राएल देशलाई दुःख दिने र परमेश्वरको विरोध गर्ने मिश्र, बेबिलोन वा रोम जस्ता क्रूर र अभिमानी सांसारिक साम्राज्यहरूको चिन्हको रूपमा पनि हेरिन्थ्यो, जहाँ लिव्यात्तानको टाउको टुक्रा पार्नु भन्नाले मिश्रका घमण्डी राजा फारो र उनको सेनालाई लाल समुद्रमा डुबाएर नष्ट गरिएको ऐतिहासिक घटनालाई संकेत गर्दछ। आत्मिक रूपमा यस्तै समुद्रलाई बाइबलमा प्रायः अशान्ति, अज्ञात भय र अराजकताको रूपमा व्याख्या गरिन्छ, र लिव्यात्तान त्यस समुद्रको राजा हो। यसले हाम्रो जीवनमा अचानक आउने ठूला-ठूला संकट, बिरामी, मानसिक तनाव वा आर्थिक समस्याहरूलाई जनाउँछ, जसको अगाडि मानिस असहाय बन्छ।

समग्रमा, लिव्यात्तानको विवरणले हामीलाई यो पाठ सिकाउँछ कि हाम्रो जीवन वा यो संसारमा जतिसुकै ठूलो दुष्टता, संकट वा घमण्ड किन नहोस्, त्यो सृष्टिकर्ता परमेश्वरभन्दा ठूलो कहिल्यै हुन सक्दैन; परमेश्वरको अगाडि हरेक चुनौती एउटा सानो खेलौना जस्तै हो, र उहाँमाथि भरोसा राख्नेहरूले हरेक परिस्थितिमा पूर्ण विजय प्राप्त गर्दछन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
1
+1
0
+1
0
+1
5
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत गरिएको छ ।  बिहीबारको मन्त्रिपरिषद् बैठकले असोज ६ देखि १० सम्म संय...
अर्जेन्टिनाको समुद्र सुकेको होइन: भाइरल भिडियोको वास्तविकता के हो ?

अर्जेन्टिनाको समुद्र सुकेको होइन: भाइरल भिडियोको वास्तविकता के हो ?

काठमाडौँ — सामाजिक सञ्जालमा पछिल्लो समय अर्जेन्टिनाको समुद्र अचानक सुकेको, समुद्रको पानी हराएको तथा ठूलो प्राकृतिक विपत्ति आउन ला...
किरात राई यायोक्खा झापाको अध्यक्षमा गणेशबहादुर राई पुनः निर्वाचित

किरात राई यायोक्खा झापाको अध्यक्षमा गणेशबहादुर राई पुनः निर्वाचित

बिर्तामोड । किरात राई यायोक्खा झापाको नवौँ जिल्ला अधिवेशनबाट गणेशबहादुर राई पुनः अध्यक्षमा निर्वाचित हुनुभएको छ। अधिवेशनले राईको ...
काँकरभिट्टामा २०औँ मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवस, जिल्लास्तरीय भेला हुँदै

काँकरभिट्टामा २०औँ मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवस, जिल्लास्तरीय भेला हुँदै

काँकरभिट्टा, २०८३ भदौ १९ गते ।‘प्रविधिको सही प्रयोग : मानव बेचबिखनरहित राष्ट्र निर्माणमा ऐक्यबद्धता’ भन्ने नाराका साथ २०औँ मानव ब...