Skip to main content

नयाँ तृष्णा

समाजसेवी तथा धार्मिक व्यक्तित्व सुशीला राईको निधन

[adsforwp id="2511"]

झापा । नेपाली काँग्रेस का वरिष्ठ नेता तथा प्रजातान्त्रिक आन्दोलनका योद्धा स्व: तम्मर राईकी धर्मपत्नी सुशीला राईको २०८३ साल जेठ १५ गते निधन भएको छ। उहाँ २०१४ साल जेठ ११ गते जन्मनुभएको थियो।

मेचीनगर–६ काँकरभिट्टा निवासी राई लामो समयदेखि सुगर रोगबाट पीडित हुनुहुन्थ्यो। पारिवारिक स्रोतका अनुसार अचानक हर्टअट्याक भएपछि उहाँलाई उपचारका लागि अस्पताल लगिएको थियो। तर चिकित्सकले मृत घोषणा गरेपछि राति करिब ३ बजे उहाँको शव घर ल्याइएको थियो।

स्वर्गीय राई झापा जिल्ला महिला ईसाई समाज तथा मेचीनगर आमा दिदीबहिनी ईसाई समाजकी समेत पूर्व अध्यक्ष हुनुहुन्थ्यो। साथै उहाँ क्वाइनोनिया दिव्य शान्ति चर्चकी सक्रिय सदस्य हुनुहुन्थ्यो। मण्डली तथा समाज सेवामा समर्पित उहाँले आफ्नो जीवन धार्मिक तथा सामाजिक सेवामा बिताउनुभएको परिवारजनले बताएका छन्।

मिलनसार, मृदुभाषी तथा सहयोगी स्वभावकी राईको निधनले धार्मिक, सामाजिक तथा स्थानीय समुदायमा शोक छाएको छ। आफन्त, शुभेच्छुक तथा विभिन्न संघसंस्थाले उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरेका छन्।

परिवारजनका अनुसार उहाँ परमेश्वरको स्वर्गीय बोलावटमा सदाका लागि विश्राम गर्नुभएको विश्वास गरिएको छ। आज दिउँसो ३:३० बजे सालघारीमा उहाँको अन्तिम दफन कार्य सम्पन्न गरिएको परिवारले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
1

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक...
लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरण...
फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चा...
पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

काठमाडौँ, । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर...