झापा । झापाको बिर्तामोडस्थित सिटी सेन्टरमा साउन २४ गते भव्य लाखे गाईजात्रा आयोजना गरिने भएको छ। आज बिर्तामोडको इन्द्रेणी पार्टी प्यालेसमा आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत कार्यक्रमका संयोजक तथा नेवा देय दबु कोशी प्रदेशका पूर्वअध्यक्ष इन्द्रकुमार श्रेष्ठले उक्त जानकारी दिनुभयो। श्रेष्ठका अनुसार लाखे गाईजात्रा कार्यक्रम नेवा देय दबु जिल्ला समिति झापा र सह-आयोजक नेवा मिसा दबु झापाको संयुक्त आयोजनामा सम्पन्न हुनेछ। सांस्कृतिक पहिचान संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिने यस कार्यक्रमलाई भव्य र सभ्य ढंगले सम्पन्न गर्न विभिन्न ऐतिहासिक नृत्य, गजल तथा मुक्तक प्रतियोगितासमेत राखिने भएको छ। कार्यक्रममा सहभागी विजयीहरूलाई पुरस्कारको व्यवस्था समेत गरिएको आयोजकहरूले जनाएका छन्। कार्यक्रममा झापाका साथै…
साउन १५, झापा । गर्मीमा सुन्तलाको जुस पिउनुले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने चिकित्सकहरू बताउँछन्। अत्यधिक गर्मीका कारण हुने डिहाइड्रेसन, थकान र रोग प्रतिरोधात्मक क्षमतामा गिरावटलाई ध्यानमा राख्दै पोषणविद्हरूले नियमित रूपमा ताजा फलफूलको सेवन गर्न सुझाव दिँदै आएका छन्। त्यसमा, सुन्तलाको जुस एक प्रभावकारी र सुलभ उपायका रूपमा अगाडि आएको हो। स्वास्थ्य विज्ञहरूका अनुसार, सुन्तलामा प्रचुर मात्रामा पाइने भिटामिन C, पोटासियम र एन्टिअक्सिडेन्ट ले शरीरलाई ऊर्जावान बनाउनुका साथै पाचन सुधार, रक्तचाप नियन्त्रण र छाला संरक्षण मा समेत सहयोग पुर्याउँछ। "गर्मीमा धेरै पसिना आउँछ, जसले शरीरमा पानी र इलेक्ट्रोलाइटको कमी गराउँछ। सुन्तलाको जुसले यी तत्वहरू पूर्ति गरी शरीरलाई हाइड्रेट राख्न मद्दत गर्छ,"…
लोकप्रिय मेसेजिङ प्लाटफर्म ह्वाट्सएपले कम प्रकाशयुक्त ठाउँमा फोटोग्राफीलाई उत्कृष्ट बनाउनका लागि आफ्नो एन्ड्रोइड एपमा एक नयाँ फिचरको तयारी गरिरहेको छ । समाचार अनुसार उक्त नाइट मोड फिचर ह्वाट्सएपको नयाँ बिटा भर्सनको क्यामेरा इन्टरफेसमा देखिएको छ । उक्त फिचरको उद्देश्य कम प्रकाशमा उत्कृष्ट तथा सफासँग देखिने तस्वीर खिच्नु हो, ताकि कुनै बाहिरी फिल्टर आवश्यक नपरोस् । नाइट मोडले कसरी काम गर्छ ? WABetaInfo का अनुसार WhatsApp Beta for Android v2.25.22.2 मा यो नयाँ फिचर देखिएको छ । यसको क्यामेरा इन्टरफेसको दायाँ माथिपट्टि कर्नरमा फ्लास आइकनकै छेउमा चन्द्रमा आकारको आइकन थपिएको छ । उक्त आइकनलाई ट्याप गरेपछि नाइट मोडलाई अन/अफ गर्न सकिन्छ…
झापा । परिवर्तनको लागि युवा नामक समूहको आयोजना र एक्का नेपालको सहकार्यमा झापाको मेचीनगर–६, बर्मेलीटोल गैरीगाउँमा अपांगता समावेशीकरणसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा परिवर्तनको लागि युवाका सहजकर्ता बिष्णु प्रसाईंले अपांगता के हो, अपांगताको प्रकार तथा वर्गीकरण सम्बन्धि जनचेतनामूलक प्रशिक्षण प्रदान गरे। उनले सहभागीहरूलाई अपांगता सम्बन्धी आधारभूत जानकारी दिँदै सामाजिक समावेशीताको महत्वप्रति सचेत गराए। कार्यक्रममा समूहकी संयोजक प्रियंका दनुवारले नेपाल सरकारले प्रदान गर्ने अपांगता परिचयपत्रका चारवटा प्रकारहरू र तिनले दिने सुविधाहरूका बारेमा स्पष्ट विवरण दिइन्। कृपा फ्रि मेथोस्टि चर्च भवनमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन चाँदनी अन्सारीले गरेकी थिइन् भने एक्का नेपाल पूर्वाञ्चल क्षेत्रीय संयोजक तरुण राईसहित समूहका अन्य सदस्यहरूको…
मानिसलाई निन्द्रा लाग्दा "हाइ आउनु" (yawning) एकदम सामान्य जैविक प्रक्रिया हो। यसको स्पष्ट र एक मात्र कारण अझै वैज्ञानिक रूपमा पूर्णरूपमा पुष्टि भइसकेको छैन, तर केही सम्भावित कारणहरू यस्ता छन्: १. तापक्रम नियन्त्रण (Brain cooling hypothesis) कसैकसैले भन्छन् कि हाइ आउनु मस्तिष्कको तापक्रम घटाउने तरिका हो। जब तपाईं थकित हुनुहुन्छ वा निदाउँदै हुनुहुन्छ, मस्तिष्क अलिकति तातो हुन सक्छ। हाइ गर्दा चिसो हावा नाक र मुख हुँदै शरीरमा प्रवेश गर्छ र त्यसले मस्तिष्कलाई चिस्याउने काम गर्न सक्छ। २.मस्तिष्कलाई अक्सिजन पुर्याउने प्रयास हाइ आउँदा हामी गहिरो सास फेर्छौं, जसले गर्दा बढी अक्सिजन फोक्सोमा जान्छ र त्यसले रगतमार्फत मस्तिष्कसम्म अक्सिजन पुर्याउँछ। थकाइ लाग्दा…
झापा . वरिष्ठ संगीतकार रञ्जित गजमेर यस वर्षको ‘बिसे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान’बाट सम्मानित भएका छन् । गोर्खा फाउन्डेसनद्वारा प्रदान गरिँदै आएको उक्त प्रतिष्ठित सम्मान शनिबार झापाको बिर्तामोडमा आयोजित भव्य समारोबीच यस वर्ष बिसे नगर्ची सम्मान प्रदान गरिएको हो । संगीतकार गजमेरले ‘इशाराले बोलाउन पर्दैन’, ‘सुन भन न’, ‘कुसुमे रुमाल’, ‘बस है आमा’, ‘टुङ्नाको धुनमा’, ‘लहनाले जुरायो कि’ जस्ता कालजयी गीतमा संगीत भरेका छन् । नेपाली चलचित्र र आधुनिक संगीत क्षेत्रमा गजमेरको योगदानलाई उच्च प्रशंसा गरिएको छ। गजमेरसँगै शिक्षासेवी जयनारायण ढुंगानालाई समेत उक्त सम्मान प्रदान गरिएको छ । आयोजक गोर्खा फाउन्डेसनका अध्यक्ष विरू दर्नालका अनुसार समारोहमा यसै कार्यक्रममा गीत-संगीत, साहित्य…
झापा । झापाली महिला पत्रकारहरुको साझा संस्था नारी सञ्चार गृहले स्थापना गरेको नारी सञ्चार प्रोत्साहन अक्षयकोषमा ५० लाख रुपैयाँ पुगेको घोषणा गरेको छ। बिर्तामोडमा आयोजित एक समारोहका बीच पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा आज (आइतवार) नारी सञ्चार गृहकी अध्यक्ष रेजिना गौतमले कोषमा ५० लाख पुगेको घोषणा गरेकी हुन् । २०६९ सालमा स्थापना गरिएको संस्थाले पत्रकार महिलाहरुको स्वास्थ्योपचार, लेखनवृत्ति तथा प्रोत्साहनका लागि अम्बिका भण्डारी अध्यक्ष रहेको बेला अक्षयकोषको सुरुवात गरेको थियो । २०७५ सालदेखि सुरु भएको अक्षयकोषमा हाल ५१ लाख ५१ हजार रुपैयाँ पुगिसकेको संस्थाकी कोषाध्यक्ष स्वास्तिका आचार्यले जानकारी दिइन् । कोषमा संस्थागत तथा व्यक्तिगत सहयोग प्राप्त हुँदै आएको र एक…
झापा, २४ जेठ । विर्तामोड । झापाको विर्तामोडमा विज्ञान तथा प्रविधि प्रदर्शनी सुरु भएको छ । प्रदर्शनीको उद्घाटन प्रमुख अतिथि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गरिन । उनले प्रविधिको प्रयोग गर्दै विद्यार्थीले तयार पारेको रिमोट कन्ट्रोल बिद्धुत सर्किटको प्रयोग गर्दै पानसमा बत्ती बालेर उद्घाटन गरिन् । कोशी प्रदेशको विज्ञान तथा प्रविधि विभागले बिर्तामोड स्थित देवि माविमा शनिबारदेखि सोमबारसम्म सञ्चालन गरेको प्रदेश स्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएकी हुन् । उनका अनुसार बालबालिकाहरुलाई वैज्ञानिक दृष्टिकोणबाट सोच्न सक्ने बनाए मात्रै मुलुकको समृद्धि सम्भव हुने दावी गरिन् । पूर्व राष्ट्रपति भण्डारीले परिवर्तनको आधार नै विज्ञान प्रविधि भएकाले सामाजिक, राजनीतिक, नीजि…
काठमाडौं । व्यावसायिक रुपमा सफल हुन नसकेको भए पनि फिल्म ‘पिताम्बर’को दोस्रो श्रृंखला निर्माण गरिने भएको छ । बिहीबार फिल्मले प्रदर्शनको ५१ औं दिन मनाएको खुसीयाली साट्न काठमाडौंमा आयोजित एक कार्यक्रममा निर्माताले दोस्रो भागको घोषणा गरेका हुन् । कृषा चौलागाईंको निर्देशनमा बन्न लागेको फिल्मको निर्माण र रिलिज कहिले हुन्छ भन्नेबारेमा भने जानकारी गराइएको छैन । बुझिए अनुसार ‘पिताम्बर’को दोस्रो श्रृंखला प्रिक्वेल (पहिलो भाग) हुनेछ । फिल्म रिलिजअघि नै निर्देशक चौलागाईंले यसको प्रिक्वेल निर्माण गरिने र त्यसका लागि एक घण्टाको फुटेज (दृश्य) समेत खिचिसकेको बताएकी थिइन् । उनले फिल्मीखबरसँग भनेकी थिइन्, ‘प्रिक्वेलका लागि झन्डै एक घण्टाको फुटेज तयार भइसकेको छ…
राजनीतिक परिस्थितिका कारण निर्धारित मिति जेठ १५ गतेबाट पोस्टपोन्ड भएको फिल्म ‘महाभोज’को नयाँ प्रदर्शन मिति तय गरिएको छ । निर्माण पक्षले जेठ ३० गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो । यो मितिमा फिल्मलाई एकल रिलिजको अवसर मिलेको छ । यसअघि ‘भाइरल गोर्खे’ले उक्त मिति रोजेको भए पनि विभिन्न कारणले फिल्मको रिलिज स्थगन गरिएको छ । नयाँ प्रदर्शन मिति घोषणा गर्दै निर्देशक दिनेश राउतले भनेका छन्, ‘हामीले धेरै मिहिनेतका साथ तयार पारेको ‘महाभोज’ केही विशेष परिस्थितिका कारणले निर्धारित मितिमा रिलिज गर्न सकेनौँ । यसबाट दर्शकहरूमा असहजता सिर्जना भएकोमा क्षमा प्रार्थी छौँ । अब जेठ ३० गते फिल्म प्रदर्शन हुँदैछ । यो…