Skip to main content

नयाँ तृष्णा

रोचक

अलपत्रबाट आशातर्फ : मेचीनगरको ‘बहुआयामिक सांस्कृतिक संग्रहालय’ अब सञ्चालनको तयारीमा

अलपत्रबाट आशातर्फ : मेचीनगरको ‘बहुआयामिक सांस्कृतिक संग्रहालय’ अब सञ्चालनको तयारीमा

  २८ कार्तिक २०८२, शुक्रबार, वर्षौंसम्म अलपत्र पर्दै आएको ‘पूर्वको पहिलो बहुआयामिक सांस्कृतिक संग्रहालय’ सञ्चालनमा ल्याउने अन्तिम तयारीमा मेचीनगर नगरपालिका जुटेको छ। झापा क्षेत्रका २२ जातजातिको कला, पहिचान र संस्कृतिलाई संरक्षण गर्ने लक्ष्यसहित २०७५ सालमा जमिन व्यवस्थापनबाट सुरू भएको यो परियोजना कानुनी तथा प्राविधिक जटिलताका कारण बीचैमा रोकिएको थियो। २०७८ सालमै आंशिक संरचना तयार गरिए पनि विद्यालय व्यवस्थापन समिति र नगरपालिकाबीच कागजी सहमति नहुँदा निर्माण अघि बढ्न नसकेको नगरप्रमुख मनोजकुमार बुढाथोकी बताउँछन्। उनका अनुसार, ‘सम्भावित मुद्दा र अस्पष्ट सम्झौताका कारण राज्यको लाखौं बजेट उपयोगविहीन हुन लागेको थियो। अब सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरी निर्माणको वास्तविक स्थिति मूल्यांकन गरेर सञ्चालनमा लैजाने…
Read More
“Inter-Church 5A Futsal Tournament” Concludes Successfully in Birtamod

“Inter-Church 5A Futsal Tournament” Concludes Successfully in Birtamod

Organized by Shalom Events Nepal | Powered by SDA Church Nepal | Main Sponsor: United Citizens Party, Kathmandu Birtamod, Jhapa —The much-anticipated Inter-Church 5A Futsal Tournament has concluded successfully in Birtamod, Jhapa. The event was organized by Shalom Events Nepal with the main sponsorship of the United Citizens Party, Kathmandu and active participation from various local churches and Christian fellowships. The tournament aimed to strengthen unity, friendship, and fellowship among Christian communities through sports and teamwork.  Tournament Results The competition was filled with energy and sportsmanship, producing the following winners:  Champion: New Life Fellowship Team — Prize: Rs. 40,000  Runner-Up:…
Read More
बिर्तामोडमा फुटसल प्रतियोगिता सम्पन्न

बिर्तामोडमा फुटसल प्रतियोगिता सम्पन्न

२४ कार्तिक २०८२, सोमबार, झापा, बिर्तामोड । झापाको बिर्तामोडमा ईसाई मण्डलीहरूले आयोजना गरेको फुटसल टुर्नामेन्ट सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगितामा न्युलाईफ फेलोसिप समूह विजेता बनेको छ भने गड भिजन समूह उपविजेता रह्यो। त्यस्तै, N.E.M समूह ले तेस्रो (सान्त्वना) स्थान हासिल गर्न सफल भयो। प्रतियोगिताको पुरस्कार राशी यस प्रकार रहेको थियो:  पहिलो स्थान: रु. 40,000 दोस्रो स्थान: रु. 20,000 तेस्रो स्थान: रु. 10,000 कार्यक्रमको आयोजना सालोम इभेन्ट नेपाल ले गरेको थियो भने संयुक्त नागरिक पार्टी मुख्य प्रायोजक रहेको थियो। साथै, विभिन्न मण्डली र संस्थाहरूको सहयोगमा प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिएको आयोजकहरूले जानकारी दिएका छन्।
Read More
झापा महिला गोलकपको उद्घाटन खेलमा नेपाल पुलिसको विजयी सुरुवात

झापा महिला गोलकपको उद्घाटन खेलमा नेपाल पुलिसको विजयी सुरुवात

१७ कार्तिक २०८२, सोमबार, झापा, सिवसताक्षी | झापाको सिवसताक्षी–दूदे रंगशालामा सुरु भएको महिला गोलकप प्रतियोगिताको उद्घाटन खेलमा नेपाल पुलिस क्लबले शानदार जीत दर्ता गरेको छ। उद्घाटन खेलमा पुलिस क्लबले चर्च ब्वाइज नेपाललाई ८–० गोलको फराकिलो अन्तरले पराजित गरेको हो। प्रतियोगिताको उद्घाटन सिवसताक्षी नगर प्रमुख मेघाहाङ थोप्रा रोशनले पानसमा दियो बालेर गर्नुभएको थियो। कार्यक्रममा झापा जिल्लाभरिका विभिन्न पालिकाका प्रमुख, बुद्धिजीवी, समाजसेवी तथा खेलप्रेमी दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमका क्रममा दर्शकहरूको मनोरञ्जनका लागि लिम्बू संस्कृतिको झल्को दिने नृत्य र गायन प्रस्तुति पनि गरिएको थियो। कार्यक्रमको सञ्चालन भुमिका फ्याक लिम्बूले गरेकी थिइन्।
Read More
टी–२० विश्वकप एसिया छनोटको उपाधि नेपाललाई

टी–२० विश्वकप एसिया छनोटको उपाधि नेपाललाई

३१ आश्विन २०८२, शुक्रबार, काठमाडौँ। नेपालले आईसीसी टी–२० विश्वकप एसिया–ईस्ट एसिया प्यासिफिक छनोटको उपाधि जितेको छ । ओमनमा भएको छनोटको अन्तिम खेलमा सामोआलाई १२४ रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो । नेपालले दिएको २१२ रनको लक्ष्य पछ्याएको सामोआले २० ओभरमा ७ विकेट गुमाएर मात्र ८७ रन बनाउन सक्यो । सामोआका लागि सेन सोलियाले सर्वाधिक ४० रन बनाए । बलिङमा नेपालका ललित राजवंशीले सर्वाधिक ३ विकेट लिए । करण केसी, सन्दीप लामिछाने र कप्तान रोहित पौडेलले एकएक विकेट लिए । त्यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २११ रन बनाएको थियो । नेपालका…
Read More
बडादशैंको मुख्य दिन आज, टीका लगाउने उत्तम साइत ११:५३ बजे

बडादशैंको मुख्य दिन आज, टीका लगाउने उत्तम साइत ११:५३ बजे

१६ आश्विन २०८२, बिहीबार, काठमाडौं । नेपालीहरूको महान चाड बडादशैंको आज मुख्य दिन, विजयादशमी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको छ। टीका लगाउँदा ग्रहण गर्ने व्यक्ति पूर्व र दिने व्यक्ति पश्चिम फर्किनुपर्ने बताइएको छ। बिहान ९:२३ बजे देवी विसर्जन गरी, वैदिक विधिपूर्वक अभिषेकपछि नवदुर्गाको टीका, जमरा र प्रसाद थापी आशीर्वाद लिने परम्परा छ। आज टीका लगाउन नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म टीका ग्रहण गर्न सक्नेछन्। आजदेखि पूर्णिमासम्म टीका, जमरा र प्रसादलाई समृद्धिको प्रतीक मानिन्छ।
Read More
दसैँमा मासु स्वस्थ तरिकाले खान चिकित्सकको सल्लाह

दसैँमा मासु स्वस्थ तरिकाले खान चिकित्सकको सल्लाह

  १४ आश्विन २०८२, मंगलवार, झापा । दसैँमा मासु बिना पर्वको स्वाद अधुरो हुन्छ भन्ने बुझाइ प्रायः सबै नेपालीमा छ। तर चिकित्सकहरुले भने स्वादसँगै स्वास्थ्यलाई पनि उत्तिकै प्राथमिकता दिनुपर्ने सुझाव दिएका छन्। स्वास्थ्य विशेषज्ञहरुले चेतावनी दिएका छन् कि मासु उच्च तापक्रममा लामो समय पकाउँदा शरीरका लागि हानिकारक यौगिक (HCAs र PAHs) बन्न सक्छन्। त्यस्तै, पूर्ण रूपमा नपाकेको मासु सेवन गर्दा ब्याक्टेरिया (जस्तै साल्मोनेला वा इ.कोलाई) को जोखिम हुने भएकाले आन्तरिक तापक्रममा विशेष ध्यान दिनुपर्ने बताइन्छ। कसरी पकाउने त ? चिकित्सकका अनुसार मासु पकाउँदा यी उपाय अपनाउन सकिन्छः मासुमा रहेको बढी बोसो हटाएर मात्र पकाउने। दही, निम्बू रस, अदुवा–लसुनजस्ता प्राकृतिक म्यारिनेड…
Read More
दसैँको चौथो दिन कुष्माण्डा देवीको पूजा

दसैँको चौथो दिन कुष्माण्डा देवीको पूजा

  ९ आश्विन २०८२, बिहीबार, काठमाडौं ।  आज नवरात्रको चौथो दिन देशभरका शक्तिपीठ तथा मन्दिरहरूमा देवी कुष्माण्डा माताको पूजा–आराधना भव्य रूपमा सम्पन्न भइरहेको छ। धार्मिक विश्वासअनुसार देवी कुष्माण्डा सृष्टिको आदिशक्ति हुन्, जसले अण्ड (ब्रह्माण्ड) को उत्पत्ति गरेकी थिइन्। सिंहवाहिनी अष्टभुजा देवीको हातमा विभिन्न दिव्य अस्त्रशस्त्र छन्। कुभिण्डो देवीलाई प्रिय भएकाले मन्दिरहरूमा यसको बलि दिने परम्परा छ। देवी सूर्य मण्डलमा वास गर्ने भएकाले यिनको शरीर सूर्य जस्तै देदिप्यमान मानिन्छ। भक्तिपूर्वक पूजा गर्दा आयु, यश, बल, बुद्धि र आरोग्य प्राप्त हुने धार्मिक विश्वास रहेको छ। आज देशभरका नवदुर्गा मन्दिरहरूमा भक्तजनहरूको ठुलो भीड लागेको छ।
Read More
अर्ग्यानिक उत्पादनमा जोड दिँदै बाहुनडाँगी साना किसान सहकारीको २२औं वार्षिक साधारण सभा सम्पन्न

अर्ग्यानिक उत्पादनमा जोड दिँदै बाहुनडाँगी साना किसान सहकारीको २२औं वार्षिक साधारण सभा सम्पन्न

७ आश्विन २०८२, मंगलवार, बाहुनडाँगी । साना किसान कृषि सहकारी संस्था लि., बाहुनडाँगीको २२औं वार्षिक साधारण सभा मंगलबार एक विशेष कार्यक्रमकाबीच सम्पन्न भएको छ । मेचीनगर–४ स्थित बाहुनडाँगी सामुदायिक भवनको सभाहलमा आयोजित कार्यक्रममा अर्ग्यानिक तरकारी उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यले सदस्यहरूले उत्पादन गरेको अचार ‘मायाको चिनो’ का रूपमा वितरण गरिएको थियो । साना किसान कृषि सहकारी संस्था लि. बाहुनडाँगीकी अध्यक्ष टुका देवी दाहालको सभापतित्वमा भएको कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष ठाकुरप्रसाद आचार्यको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा कार्यपालिका सदस्य तिलजा देवान, पूर्व जिल्ला समन्वय सदस्य गंगादेवी कार्की, वडा सदस्यहरु सीता विक, सीता मोते, धनमाया कोइरालालगायतको आतिथ्यता रहेको थियो । संस्थाका उपाध्यक्ष…
Read More
बिराटपोखरीमा दुर्गा पूजाको भव्य तयारी सम्पन्न

बिराटपोखरीमा दुर्गा पूजाको भव्य तयारी सम्पन्न

झापा । बिर्तामोड–३ स्थित बिराटपोखरीमा यस वर्षको दुर्गा पूजाको भव्य आयोजना हुने भएको छ । बिराटपोखर सरोबर बहुद्देश्य संस्था र स्थानिय बासिन्दाको संयुक्त सहकार्यमा आयोजना हुने कार्यक्रममा आवश्यक सम्पूर्ण तयारी पूरा भएको आयोजक समितिले जानकारी दिएको छ । समितिका अध्यक्ष आकास उप्रेती र सचिब जगन्नाथ भट्टराईका अनुसार पूजा स्थल सजावट, मण्डप निर्माण, देवी प्रतिमाको स्थापना तथा धार्मिक कार्यक्रमका लागि आवश्यक सामग्रीहरू तयारी अवस्थामा छन् । भोलिदेखि दुर्गा पूजा औपचारिक रूपमा सुरु हुने र विजयादशमीसम्म विभिन्न धार्मिक एवं सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ । स्थानिय समुदायको सक्रिय सहभागितामा आयोजना हुन लागेको यस दुर्गा पूजाले धार्मिक आस्था मात्र नभई सामाजिक एकता र सद्भाव…
Read More