आइतराज राई, झापा । झापाली साहित्य समाजको आयोजनामा तथा विराटपोखरी सरोवर बहुउद्देश्यीय विकास समितिको सहआयोजनामा ‘शब्द यात्रा’ नामक गजल वाचन तथा सांगीतिक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम बिर्तामोड–३ स्थित विराटपोखरी परिसरमा आयोजना गरिएको थियो। झापाली साहित्य समाजका अध्यक्ष हरि बरालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा गोपालकुमार बस्नेत प्रमुख अतिथिका रूपमा सहभागी थिए। साथै कोशी साहित्य कला परिषद्का अध्यक्ष केशु विरहीलगायत झापा, मोरङ तथा भारतका विभिन्न स्थानबाट आएका साहित्यप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा वर्तमान राजनीतिक तथा सामाजिक परिस्थितिमाथि केन्द्रित रहँदै ज्ञानवर्द्धक तथा सन्देशमूलक गजल र कविताहरू वाचन गरिएको थियो। सहभागी स्रष्टाहरूले समसामयिक विषयवस्तुलाई प्रभावकारी रूपमा प्रस्तुत गरेका थिए। आयोजकका अनुसार पछिल्लो…
२१ फाल्गुन २०८२, बिहीबार, झापा । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मेचीनगर नगरपालिका–१० स्थित धुलाबारी माध्यमिक विद्यालयको मतदान केन्द्रबाट १०४ वर्षीया वृद्धाले मतदान गरेकी छन्। झापा जिल्ला क्षेत्र नं. १ की स्थानीय तुलसा कोइरालाले उक्त मतदान केन्द्रमा मतदान गरेकी हुन्। उनी छोरा र नातिको सहयोगमा मतदान केन्द्र पुगेर मतदान गरेकी थिइन्। उच्च उमेर हुँदाहुँदै पनि मतदानमा सहभागी भएकी कोइरालाको उत्साहले अन्य मतदातालाई पनि प्रेरणा दिएको स्थानीयले बताएका छन्।
झापा, नेपाल पत्रकार महासंघ झापाको आयोजनामा निर्वाचन रिपोर्टिङ र पत्रकार आचारसंहिता अभिमुखीकरण कार्यक्रम आज फागुन १४ गते विहीबार भद्रपुरमा सम्पन्न भएको छ। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशको सहयोग तथा नेपाल पत्रकार महासंघ कोशी प्रदेशको सहकार्यमा भएको कार्यक्रमको उद्घाटन नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको थियो। प्रेस क्लव भद्रपुरको सभाकक्षमा आयोजित कार्यक्रममा निर्वाचन रिपोर्टिङ र पत्रकार आचारसंहिता अभिमुखीकरणको सहजीकरण नेपाल पत्रकार महासंघ झापाका निवर्तमान उपाध्यक्ष केशव भट्टराई र पत्रकार गणेशमान मुखियाले गरेका थिए। कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष गोविन्दचन्द्र क्षेत्री र चिन्तामणि दाहाल, प्रेस चौतारी नेपाल झापाका अध्यक्ष प्रदिप परियार, सञ्चारिका समूह नेपाल झापाकी…
नेपालको समकालीन राजनीतिमा जब सादगी, स्पष्टता र कर्ममुखी नेतृत्वको कुरा उठ्छ, तब हर्क साम्पाङ्गको नाम स्वतः अगाडि आउँछ। उनी केवल एउटा पदमा निर्वाचित व्यक्ति मात्र होइनन्, बरु एउटा सोच, एउटा आन्दोलन र एउटा जनभावनाको प्रतिनिधि पात्र हुन्। देशले चाहेको इमान्दार, निडर र देशप्रेमी नेताको प्रतिरूपका रूपमा उनी स्थापित भएका छन्। सिधा बोल्ने, नडराउने स्वभाव हर्क साम्पाङ्गको सबैभन्दा ठूलो विशेषता भनेको उनको सिधा र स्पष्ट बोली हो। उनी कूटनीतिक घुमाउरो भाषाभन्दा पनि तथ्य र सत्यलाई प्राथमिकता दिन्छन्। गलत देखेपछि चुप लागेर बस्ने स्वभाव उनको छैन। चाहे त्यो सरकारी संयन्त्रको ढिलासुस्ती होस् वा राजनीतिक विकृति—उनी खुलेर आलोचना गर्छन्। यसले उनलाई कहिलेकाहीँ विवादमा…
झापा । हिमालय टिभीमा प्रसारण हुँदै आएको सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरले जितेकी छन्। शोको इतिहासमा उपाधि जित्ने उनी पहिलो महिला प्रतिस्पर्धी बनेकी छन्। शनिबार आयोजित ग्रान्ड फिनालेमा कोच राजु लामाको टिमबाट प्रतिस्पर्धा गर्दै उनले उत्कृष्ट प्रस्तुति दिँदै उपाधि उचालेकी हुन्। फिनालेमा कोच खेम सेन्चुरीका प्रतिस्पर्धी सागर संसार राई प्रथम उपविजेता घोषित भए। त्यसैगरी, कोच प्रमोद खरेलका प्रतिस्पर्धी पुनम गुरुङ द्वितीय उपविजेता बनिन् भने कोच ःमेलिना राईकी प्रतिस्पर्धी सञ्जिता दुरा तृतीय उपविजेता घोषित भइन्। फिनाले समारोहमा हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसाल र कार्यकारी निर्देशक श्याम कँडेलले विजेता तथा उपविजेतालाई पुरस्कार…
झापा । विश्वका सबैभन्दा धनी व्यक्ति तथा स्पेसएक्सका संस्थापक एलन मस्कले मंगल ग्रहभन्दा अघि चन्द्रमामा मानव बस्ती बसाल्ने योजना सार्वजनिक गरेका छन्। आगामी १० वर्षभित्र चन्द्रमामा आफैँ विस्तार हुँदै जाने ‘सेल्फ ग्रोइङ सिटी’ स्थापना गर्ने लक्ष्य राखिएको मस्कले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत जानकारी दिएका हुन्। मस्कका अनुसार स्पेसएक्सको दीर्घकालीन उद्देश्य मानव जीवनलाई पृथ्वीबाहिर विस्तार गर्नु हो। तर रणनीतिक र प्राविधिक कारणले मंगलभन्दा चन्द्रमालाई पहिलो प्राथमिकतामा राखिएको उनले उल्लेख गरेका छन्। उनका अनुसार चन्द्रमामा पुग्न केवल दुई दिन लाग्छ र हरेक १० दिनमा प्रक्षेपण सम्भव हुन्छ। मंगल ग्रहका लागि भने प्रक्षेपणको अवसर हरेक २६ महिनामा एक पटक मात्र मिल्ने र…
रेभ. शमूएल तामाङ, प्रारम्भिक चर्चहरुमा पहिलो शताब्दी देखि तेस्रो शताबदीसम्म पनि धूप बाल्ने प्रचलन थिएन, किनकी त्यसबेला धूप बाल्ने कुरा रोमीहरुको मूर्तिपुजासंग जोडिएको थियो । त्यसपछि चौथो शताब्दीपछि राजा Constantine चर्चमा प्रवेश गरेपछि इसाईमतलाई सार्वजनिक मान्यता पाए, त्यसपछि चर्चमा लिटर्जीको प्रचलन र चर्चमा रोमी संस्कृतिको प्रभावमा र यहोदी धर्मको प्रभावले धूप बाल्ने चलन चर्चमा पसेको हो । पछि अर्थोडक्स चर्च, रोमन क्याथोलिक चर्चले अधिकरुपमा धूप बाल्ने प्रचलन प्रयोगमा ल्याएको देखिन्छ । हाल नेपालमा बिलिभर्स इस्ट्रन चर्चले पनि यो धूप बाल्ने प्रचलनलाई सुरुवात गरेको र यसले व्यापक्ता पाएको देखिन्छ । हुनत उनीहरुले यो प्रचलन प्रेरितहरुको समय देखि कै हो भनेर दाबी…
आत्मिक बोलाहट, मण्डलीको एकता र नेपाली ख्रीष्टियन समाजको जिम्मेवारी – होमराज राई, ७ माघ २०८२, बुधबार, नेपाल ख्रीष्टियन समुदायका लागि अहिलेको समय आत्मिक मात्र होइन, गम्भीर आत्म–मूल्याङ्कनको समय पनि बनेको छ। प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचन नजिकिँदै गर्दा केही पास्टर तथा आत्मिक अगुवाहरू प्रत्यक्ष राजनीतिमा उम्मेदवार बनेको देखिनु, र त्यसले मण्डलीभित्र विभिन्न प्रश्न, बहस र विवाद जन्माउनु स्वाभाविक हो। ख्रीष्टियन विश्वासको मूल उद्देश्य मानिसलाई एक परमेश्वरसँग आत्मिक रूपमा डोर्याउनु, पवित्रता, प्रेम र मेलमिलापमा हुर्काउनु हो। चर्च कुनै राजनीतिक संस्था होइन; यो आत्मिक परिवार हो। त्यस परिवारका अगुवा—पास्टर, बिशप र सेवकहरू—मण्डलीका गोठालो हुन्, पार्टीका नेता होइनन्। बाइबल अनुसार पास्टरको भूमिका सत्ता प्राप्त गर्ने…
– होमराज राई, ३० पुष २०८२, बुधबार, माघे संक्रान्ति नेपालको एक महत्वपूर्ण चाड हो, जुन प्रत्येक वर्ष पौष महिनाको अन्तिम दिन पारेर माघ १ गते मनाइन्छ। नेवारी भाषामा घ्युँचाकु, तराईमा खिचरी पर्व, र पहाडी भेगमा सामान्यतः माघे संक्रान्ति भनेर चिनिने यो पर्व संस्कृतिमा जति प्राचीन छ, प्रकृतिसँगको सम्बन्ध पनि उति नै गहिरो छ। खगोल, मौसम र अर्थ माघे संक्रान्ति सूर्य दक्षिणायनबाट उत्तरायणतर्फ प्रवेश गर्ने दिन हो—अर्थात् सूर्य मकर राशिमा प्रवेश गर्छ। हिन्दु परम्परामा यो दिनबाट दिन बढ्ने र उज्यालो समय विस्तारिन थाल्ने विश्वास गरिन्छ।नेपाल कृषि प्रधान समाज भएकाले दिन लामो हुनु र तातो ताप बढ्नु जीवनयापन तथा खेतीपाती दुवैका लागि…
झापा, पुस २७। मेचीनगर नगरपालिकामा राजवंशी समुदायले पहिलोपटक ‘प्रथम भाक्का पिठ्ठ उत्सव’ उत्साहपूर्वक मनाएको छ। मेचीनगर–७ इटाभट्टास्थित राजवंशी समाज विकास समितिद्वारा आयोजित उत्सवमा करिब पाँच सय केजी धानको पीठो प्रयोग गरी भाक्का तयार गरिएको थियो। रैथाने परम्परागत परिकार भाक्काको संरक्षण र प्रवर्धन उद्देश्यसहित आयोजना गरिएको कार्यक्रममा समुदायको भाषा, कला, संस्कार र संस्कृतिसँगै पहिचान प्रस्तुत गरिएको समितिका अध्यक्ष दिनेश राजवंशीले जानकारी दिए। कार्यक्रमका प्रमुख अतिथि गोपाल चन्द्र बुढाथोकीले यस्तो सांस्कृतिक कार्यक्रमले नगरको पर्यटन प्रवद्र्धनमै टेवा पुग्ने धारणा राखे। उनका अनुसार मेचीनगरमा २५ भन्दा बढी जातजातिको बसोवास रहे पनि राजवंशी समुदायको उपस्थिति उल्लेखनीय छ। उत्सवमा नगरका १५ वटै वडाबाट आएका ३० जना…