Skip to main content

नयाँ तृष्णा

रोचक

समयको सिँढीमा उभिएको मानिस

समयको सिँढीमा उभिएको मानिस

कबिता, – होमराज राई, समयको सिँढीमा उभिएको मानिस,आफ्नै छायाँसँग हरपल युद्ध गरिरहेछ,बाहिर मुस्कानको दीप बालेरभित्रभित्रै शून्यतासँग जलिरहेछ,। जीवन...,कहिले फूलको सुवास बनेर आउँछ,कहिले काँडाको पीडा बोकेर,तर समयको कठोर पाठशालालेहरेक आत्मालाई केही न केही सिकाएरै छोड्छ। मानिसले आकाश जित्ने सपना देख्यो,तर आफ्नै मन जित्न सकेन,उसले संसारलाई बदल्न खोज्यो,तर आफ्नो अहंकार गलाउन सकेन। धनको उचाइ चुम्दैमामानिस ठूलो हुँदैन साथी...,बरु आँसु पुछ्ने हातमाईश्वरको सबैभन्दा सुन्दर रूप लुकेको हुन्छ। जीवन त धुवाँझैँ क्षणभंगुर छ,आज देखिएको दृश्यभोलि स्मृतिमा मात्र बाँच्छ,तर प्रेमले छोएको हृदय भनेमृत्युपछि पनि धड्किरहन्छ। जब अन्तिम साँझ झर्छ,जब सासहरू थाकेर मौन हुन्छन्,त्यो बेला मानिसले सम्झिने कुराउसले कमाएको सम्पत्ति होइन ,उसले बाँडेको माया,दिएको सम्मान,र कसैको…
Read More
मेचीनगरमा व्यवसाय दर्ता अभियान सुरु

मेचीनगरमा व्यवसाय दर्ता अभियान सुरु

२८ वैशाख, काँकरभिट्टा । मेचीनगर नगरपालिकाले व्यवसाय दर्ता नगरी सञ्चालन भइरहेका व्यवसायलाई कानुनी दायरामा ल्याउने उद्देश्यले आजदेखि व्यवसाय दर्ता अभियान सुरु गरेको छ । अभियानको उद्घाटन काँकरभिट्टा स्थित सब्जी बजारमा नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख बुढाथोकीले स्थानीय सरकारमा व्यवसाय दर्ता गरेर सुरक्षित र कानुनी रूपमा व्यवसाय सञ्चालन गर्न व्यवसायीलाई आग्रह गरे । उनले व्यवसाय दर्ता गरी राज्यलाई कर तिर्नु प्रत्येक व्यवसायीको दायित्व भएको उल्लेख गर्दै दर्ताविना व्यवसाय सञ्चालन गर्न कानुनले अनुमति नदिने बताए । नगरपालिकाका अनुसार अभियान नगरका मुख्य बजार क्षेत्रमा सञ्चालन हुनेछ । सेवाग्राहीको सहजताका लागि काँकरभिट्टाको ज्येष्ठ नागरिक भवन, होटल व्यवसायी भवन र…
Read More
मेची उद्योग वाणिज्य संघको अध्यक्षमा प्रसाई विजयी

मेची उद्योग वाणिज्य संघको अध्यक्षमा प्रसाई विजयी

मेचीनगर । मेची उद्योग वाणिज्य संघ को अध्यक्षमा खेमराज प्रसाई विजयी हुनुभएको छ। धुलाबारीमा सम्पन्न मतगणनाअनुसार प्रसाईले ७७३ मत प्राप्त गर्दै अध्यक्ष पदमा विजयी हुनुभएको हो। उहाँका निकटतम प्रतिद्वन्द्वी किशोर क्षेत्री ले ७३३ मत प्राप्त गर्नुभयो। वरिष्ठ उपाध्यक्षमा आनन्द खड्का ७५२ मतसहित विजयी हुनुभयो भने उहाँका प्रतिस्पर्धी भूमी पौडेल ले ७४५ मत प्राप्त गर्नुभयो। उद्योग उपाध्यक्षमा हरिप्रसाद कोईराला ७९५ मतसहित विजयी हुनुभयो। उहाँका प्रतिस्पर्धी भीमबहादुर कुँवर ले ६४२ मत प्राप्त गर्नुभयो। वाणिज्य उपाध्यक्षमा सन्तोष खवास ८०७ मतसहित विजयी हुनुभयो। उहाँका प्रतिस्पर्धी नरबहादुर थापा ले ६२१ मत प्राप्त गर्नुभयो। महिला उपाध्यक्षमा उषा श्रेष्ठ ७८० मतसहित विजयी हुनुभयो भने सुन्दरीकुमारी श्रेष्ठ ले…
Read More
गर्मीमा छालाको स्याहार: छुटाउनै नहुने खानेकुरा

गर्मीमा छालाको स्याहार: छुटाउनै नहुने खानेकुरा

२३ बैशाख २०८३, बुधबार, गर्मी बढेसँगै छालामा रुखोपन, कालोपन, चाउरी पर्ने जस्ता समस्या देखिन सक्छन्। यस्तो अवस्थामा बाह्य स्याहार मात्र होइन, सही खानपान पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। छालालाई स्वस्थ, चम्किलो र सुरक्षित राख्न यी खानेकुरा आफ्नो दैनिक आहारमा समावेश गर्न नबिर्सनुहोस्  तरबुजा र खरबुजा ९०% भन्दा बढी पानीयुक्त यी फलहरूले शरीरलाई हाइड्रेट राख्नुका साथै गर्मीमा छालालाई भित्रैदेखि चिसो, ताजा र स्वस्थ राख्न मद्दत गर्छन्।  कागती र पुदिना पानी डिटक्सका लागि उपयोगी यो पेयले शरीरमा पानीको सन्तुलन कायम राख्दै विषाक्त पदार्थ बाहिर निकाल्न मद्दत गर्छ र छालालाई ताजा, सफा तथा चम्किलो बनाउँछ।  दही प्रोबायोटिक्सयुक्त दहीले पाचन प्रणाली सन्तुलित राख्न मद्दत गर्छ,…
Read More
विश्व प्रसिद्ध बक्सर किथ थर्मनद्वारा नेपालको पहिलो व्यवसायिक बक्सिङ क्लबको उद्घघाटन

विश्व प्रसिद्ध बक्सर किथ थर्मनद्वारा नेपालको पहिलो व्यवसायिक बक्सिङ क्लबको उद्घघाटन

२१ बैशाख २०८३, सोमबार, काठमाडौं । पारिवारिक भ्रमणका सिलसिलामा नेपालमा रहेका विश्वचर्चित अमेरिकी बक्सर तथा डब्लुबीसी एवं डब्लुबीए वेल्टरवेटका पूर्व विश्व च्याम्पियन किथ थर्मन ‘वान टाइम’ ले ललितपुरको इमाडोलस्थित म्याक्स बक्सिङ क्लबको औपचारिक उद्घघाटन गरेका छन् । सोमबार आयोजित एक विशेष समारोहका बीच नेपालको पहिलो व्यवसायिक बक्सिङ क्लबको रूपमा स्थापित यस क्लबको उद्घघाटन गर्दै थर्मनले नेपाली बक्सिङको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । सो अवसरमा नेपाल प्रोफेसनल बक्सिङ कमिसन (एनपीबीसी) का अध्यक्ष राजन प्रजापति र म्याक्स बक्सिङ प्रमोशनका प्रबन्ध निर्देशक मुक्ति थापाले पूर्व विश्व च्याम्पियन थर्मनलाई भव्य स्वागत गरेका थिए ।कार्यक्रममा एनपीबीसीका तर्फबाट थर्मनलाई मानार्थ सल्लाहकारको जिम्मेवारी सुम्पिँदै आधिकारिक…
Read More
“आँसु र सपनाको बीचमा”

“आँसु र सपनाको बीचमा”

– होमराज राई, पहाडको चिसो हावामाउसले बालसपनालाई अन्तिमपटक छोयो,ढुंगाको काखमा गुञ्जिएका निर्दोष हाँसोहरूमनको गहिरो कुनामा गुम्साएरऊ शहरतर्फ हिँड्यो.....,आँखामा उज्यालो सपना,ओठमा नबोलेको निर्दोष वाचा। बगिरहेको आमाको पिलपिल आँशूचोलीको किनारामा लुकिरहेको थियो,जानैपर्ने बाध्यता उसकोढोका समाएर उभिएको थियो ,“जानै पर्छ बाबु…”त्यो एक वाक्यलेपूरै आँगन भिजाइदियो। शहर.......,उसले सोचेको जस्तो थिएन।यहाँ भीड धेरै थियो,तर आत्माहरू सुनसान।बत्तीहरू चम्किन्थे,तर मनभित्रअँध्यारो अझ गहिरो थियो। उसले धेरै ढोका ढकढक्यायो,धेरै आँखामा भविष्य खोज्यो,तर हरेक ठाउँमाउसलाई आफ्नै थकानले मात्रै भेट्यो.......,अस्वीकृतिको चिसो स्वर,र असफलताले भरिएको दिन। रातहरू लम्बिँदै गए,झ्यालबाहिर सहर निदाइरहेको जस्तो,तर ऊभित्रआमाको स्वर जागिरहन्थ्यो—“खाइस् खाना बाबु ?”त्यो एक प्रश्नलेउसको भोकभन्दा गहिरो घाउ बनाउँथ्यो। समयसँगैउसले सपनाभन्दा बढीचुप बस्न सिक्यो।हाँसो हरायो,तर बाँच्ने संघर्ष…
Read More
प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक

२९ चैत्र २०८२, आईतवार, काठमाडौँ। सरकारले मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । आइतबार सरकारले प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो। मन्त्रिपरिषद्का सदस्यहरुले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० बमोजिम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पत्ति विवरण पेस गरेका थिए।  
Read More
झापामा इसाई समाजद्वारा इस्टर महोत्सव २०८२ भव्य रूपमा सम्पन्न

झापामा इसाई समाजद्वारा इस्टर महोत्सव २०८२ भव्य रूपमा सम्पन्न

२२ चैत्र २०८२, आईतवार, झापा । झापामा इसाई समुदायको एकता, सद्भाव र उत्साह झल्काउँदै इस्टर महोत्सव २०८२ भव्य रूपमा सम्पन्न भएको छ। झापा इसाई समाजको आयोजनामा बिर्तामोडस्थित खुल्ला मैदानमा सम्पन्न उक्त कार्यक्रम श्रद्धा, भक्ति र उल्लासका साथ मनाइएको हो। कार्यक्रमको अध्यक्षता झापा इसाई समाजका अध्यक्ष रेभ. पास्टर इसाहक सिन्चिउरीले गर्नुभएको थियो भने संयोजन मेचीनगर इसाई समाजका अध्यक्ष तथा कार्यक्रम संयोजक पास्टर राजु खड्काले गर्नुभएको थियो। कार्यक्रमको सुरुवात बरिष्ठ सल्लाहकार रेभ. पास्टर एन.डी. थुलुङको प्रारम्भिक प्रार्थनाबाट गरिएको थियो, जसले वातावरणलाई आध्यात्मिक बनाएको थियो। झापा इसाई युवा समितिका अध्यक्ष जनक बस्नेतको नेतृत्वमा रहेको क्वायर समूहले आराधना गीतहरू प्रस्तुत गर्दै कार्यक्रमलाई अझ प्रेरणादायी…
Read More
क्रूसको रहस्य: येशू ख्रीष्ट को दुःख, मृत्यु र पुनरुत्थान

क्रूसको रहस्य: येशू ख्रीष्ट को दुःख, मृत्यु र पुनरुत्थान

👉 होमराज राई, मानव इतिहासमा धेरै व्यक्तिहरू जन्मिए, बाँचे र मरे। तर केही घटना मात्र यस्ता छन् जसले सम्पूर्ण मानवताको दिशा नै परिवर्तन गरिदिन्छन्। येशू ख्रीष्टको क्रूस, उहाँको पीडा, मृत्यु र पुनरुत्थान त्यहीँ प्रकारको अद्वितीय घटना हो—जहाँ इतिहास, धर्मशास्त्र र आत्मिक सत्य एकै ठाउँमा भेटिन्छन्। यो केवल धार्मिक कथा होइनस यो परमेश्वरको न्याय, प्रेम र उद्धारको गहिरो योजना हो, जसले आज पनि मानव जीवनलाई अर्थ दिन्छ। काँडाको मुकुट: अपमानमा लुकेको महिमा रोमी सैनिकहरूले येशू ख्रीष्ट लाई “यहूदीहरूको राजा” भनेर उपहास गर्न काँडाको मुकुट बनाइ उहाँको टाउकोमा जबरजस्ती थोपरे। यो केवल शारीरिक यातना मात्र थिएन—यो गहिरो अपमान र व्यंग्यको कार्य थियो।…
Read More
सीमा क्षेत्रमा मानव बेचबिखनविरुद्ध सहकार्य सुदृढ गर्न काँकरभिट्टामा समन्वय आफन्त नेपाल

सीमा क्षेत्रमा मानव बेचबिखनविरुद्ध सहकार्य सुदृढ गर्न काँकरभिट्टामा समन्वय आफन्त नेपाल

१७ चैत २०८२ मंगलबार, काँकरभिट्टा । मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्य गर्ने उद्देश्यले काँकरभिट्टामा स्थानीय निकाय र सरोकारवालाबीच समन्वयात्मक बैठक सम्पन्न भएको छ। कार्यक्रम आफन्त नेपाल, शाखा कार्यालय काँकरभिट्टाको आयोजनामा सम्पन्न भएको हो। “मानव बेचबिखन र लैङ्गिक हिंसा अन्त्यको अभियान” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा जिल्ला संयोजक मात्रिका गुरुङको अध्यक्षता रहेको थियो। प्रमुख अतिथिका रूपमा मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोख्रेल उप्रेती सहभागी रहनुभएको थियो। साथै वडा नं. ६ का सदस्य ध्रुवकुमार राई, इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल, विभिन्न संघसंस्था तथा सरोकारवालाको उपस्थिति रहेको थियो। कार्यक्रममा आफन्त नेपालका गतिविधिबारे विस्तृत प्रस्तुति संस्थाकी मेनुका नेपालले दिनुभयो। उहाँले संस्थाको परिचय, उद्देश्य, कार्यक्षेत्र,…
Read More