Skip to main content

नयाँ तृष्णा

रोचक

आफन्त नेपाल झापा शाखाद्वारा त्रैमासिक प्रगति समीक्षा तथा समन्वयात्मक बैठक सम्पन्न

आफन्त नेपाल झापा शाखाद्वारा त्रैमासिक प्रगति समीक्षा तथा समन्वयात्मक बैठक सम्पन्न

  मेचीनगर। मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्यका लागि कार्यरत आफन्त नेपाल झापा शाखाले त्रैमासिक कार्य प्रगति समीक्षा तथा स्थानीय निकायहरूसँगको समन्वयात्मक बैठक सम्पन्न गरेको छ। मेचीनगर–६ का वडा अध्यक्ष ध्रुवकुमार राई को प्रमुख आतिथ्यता तथा शाखा प्रमुख मात्रिका गुरुङ को अध्यक्षतामा आयोजित कार्यक्रममा प्रितिका थामीले संस्थाको त्रैमासिक कार्य प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन्। प्रतिवेदनअनुसार मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्य अभियानअन्तर्गत सीमा अनुगमन, सूचना सम्प्रेषण, उद्धार तथा बचावट, परामर्श सेवा, आकस्मिक आवास गृह सञ्चालन, भारतबाट उद्धार तथा स्वदेश फिर्ती, चितवनस्थित पुनःस्थापना केन्द्रमार्फत सेवा प्रवाह, व्यावसायिक सीप विकास तालिम, सामाजिक नेतृत्व विकास तालिम, पारिवारिक पुनर्मिलन, समुदाय परिचालन, सचेतना तथा पैरवीलगायतका…
Read More
गर्मीमा यसकारण नरिवल पानी पिउने

गर्मीमा यसकारण नरिवल पानी पिउने

गर्मी बढेसँगै शरीरमा पानीको कमी हुने जोखिम पनि बढ्छ। यस्तो अवस्थामा नरिवल पानी प्राकृतिक र स्वास्थ्यकर पेयका रूपमा उत्कृष्ट विकल्प मानिन्छ। यसमा पोटासियम, म्याग्नेसियम, सोडियमजस्ता आवश्यक इलेक्ट्रोलाइट पाइने भएकाले शरीरलाई हाइड्रेट राख्न मद्दत गर्छ। नरिवल पानीले गर्मीका कारण हुने थकान कम गर्न, शरीरमा ऊर्जा कायम राख्न तथा तरल पदार्थको सन्तुलन मिलाउन सहयोग पुर्‍याउँछ। साथै, यसमा क्यालोरी र बोसो कम हुने भएकाले अन्य गुलिया पेय पदार्थको तुलनामा स्वस्थ विकल्प मानिन्छ। विशेषज्ञहरूका अनुसार अत्यधिक गर्मीमा पर्याप्त पानीसँगै नरिवल पानी सेवन गर्दा शरीर ताजा र ऊर्जावान् रहन मद्दत मिल्न सक्छ। तर कुनै विशेष स्वास्थ्य समस्या भएमा चिकित्सकको सल्लाह अनुसार सेवन गर्नु उपयुक्त हुन्छ।
Read More
लिव्यात्तान: बाइबलको रहस्यमय समुद्री जीव कि घमण्ड र अराजकताको प्रतीक

लिव्यात्तान: बाइबलको रहस्यमय समुद्री जीव कि घमण्ड र अराजकताको प्रतीक

- किरण सुनुवार, बाइबलको पुरानो नियममा वर्णन गरिएको लिव्यात्तान जस्तो विशाल, शक्तिशाली र भयानक समुन्द्री जीवको विषयले हामीमा ठूलो कौतूहल जगाउन सक्छ। विशेष गरी बाइबलको अय्यूब ४१ अध्यायमा यस जीवको शारीरिक बनावट, वैभव र शक्तिको विस्तृत बयान गरिएको छ, जहाँ यसलाई पृथ्वीकै सबैभन्दा निडर प्राणीको रूपमा प्रस्तुत गरिएको देखिन्छ। यसको ढाड दर्शन ढुङ्गाको पर्खालले जस्तै घेरिएको छ, जसमा एउटामाथि अर्को खप्टिएका कत्लाहरू यसरी जोडिएका छन् कि तिनको बीचबाट हावा पनि छिर्न सक्दैन। यसलाई कुनै पनि मानव निर्मित भाला वा काँडले छेड्न असम्भव छ। यस अध्यायको पद १८ देखि २१ सम्म त यसको भयानक शक्तिको बयान गर्दै लेखिएको छ कि यसको…
Read More
आजबाट फिफा विश्वकप २०२६ सुरु,

आजबाट फिफा विश्वकप २०२६ सुरु,

  काठमाडौं । विश्व फुटबलकै महाकुम्भ मानिने फिफा विश्वकप– २०२६ को ऐतिहासिक र भव्य शंखनाद आजबाट उत्तर अमेरिकामा हुँदैछ । पहिलोपटक कुल ४८ राष्ट्रहरूले आफ्नो देशको झण्डा र सपना बोकेर मैदानमा उत्रिन लागेको यसपटकको विश्वकप फुटबल इतिहासकै सबैभन्दा विशेष र कीर्तिमानी बन्ने भएको छ । अमेरिका, क्यानाडा र मेक्सिकोको संयुक्त आतिथ्यतामा आयोजना हुन लागेको यो ‘मेगा इभेन्ट’ केवल खेलमात्र नभई इतिहासकै सबैभन्दा विशाल महोत्सव बन्ने निश्चित छ । विगतको तुलनामा थप १६ टोलीहरू थपिँदै कुल १ सय ४ खेलहरूको रोमाञ्चक भिडन्त हुने यो प्रतियोगिताले विश्वकपको इतिहासमै नयाँ रेकर्ड कायम गर्नेछ । सन् १९९४ को आयोजक अमेरिका र दुईपटकको अनुभवी आयोजक…
Read More
ईजलास दैनिकको १०औँ वार्षिकोत्सव तथा स्मारिका विमोचन सम्पन्न

ईजलास दैनिकको १०औँ वार्षिकोत्सव तथा स्मारिका विमोचन सम्पन्न

  झापा । बिर्तामोडबाट प्रकाशित ईजलास दैनिकको १०औँ वार्षिकोत्सव तथा स्मारिका (म्यागजिन) विमोचन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा निर्मला शर्मा प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। कार्यक्रमको उद्घाटन प्रमुख अतिथिबाट पानसमा दीप प्रज्वलन गरी गरिएको थियो। सो अवसरमा ईजलास दैनिकको १०औँ वार्षिकोत्सव विशेष स्मारिका विमोचन गरिएको थियो। साथै विभिन्न व्यक्तित्व तथा संस्थाहरूलाई सम्मान तथा कदरपत्र हस्तान्तरण गरिएको आयोजकले जनाएको छ। कार्यक्रमका क्रममा नेपाल पत्रकार महासंघको तर्फबाट झापा जिल्लाका प्रमुख जिल्ला अधिकारीसमक्ष हस्ताक्षरसहितको ज्ञापनपत्र समेत पेश गरिएको थियो। कार्यक्रममा सांस्कृतिक तथा मनोरञ्जनात्मक नृत्य प्रस्तुत गरी सहभागीहरूलाई मनोरञ्जन प्रदान गरिएको थियो। बिर्तामोडस्थित सिटी सेन्टर साई पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रममा…
Read More
कमल गाउँपालिका इसाई समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कमल गाउँपालिका इसाई समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

  बिर बहादुर तामाङ, केर्खा, झापा। कमल गाउँपालिका इसाई समाजको आयोजनामा आइतबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ। समाजका अध्यक्ष पास्टर प्रताप बि.क.को प्रमुख आतिथ्यमा आयोजित कार्यक्रम केर्खास्थित ज्योति चर्चको प्राङ्गणमा सम्पन्न भएको हो। कार्यक्रमको उद्घाटन नेपाल रेडक्रस सोसाइटी दमक शाखाका अधिकृत सिद्धार्थ दाहालले इसाई समाजका अध्यक्ष पास्टर प्रताप बि.क.लाई ब्लड ब्याग हस्तान्तरण गरी गर्नुभएको थियो। रक्तदान कार्यक्रम कमल गाउँपालिका इसाई समाजको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा सहयोगी संस्थाका रूपमा लुथरन सामुदायिक कल्याण समाज तथा सुसमाचारिय लुथरन मण्डली, रंगेली–२ मोरङ रहेका थिए भने प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी दमकले प्रदान गरेको थियो। कार्यक्रममा ३७ पिन्ट रगत संकलन भएको आयोजकले जनाएको छ।…
Read More
मानव शरीरमा हुने खुशी मिल्ने हर्मोनहरू

मानव शरीरमा हुने खुशी मिल्ने हर्मोनहरू

- किरण सुनुवार, आजको समयमा मानिसहरू धेरै संख्यामा मानसिक स्वास्थ्य समस्याको सिकार भइरहेका छन्। विश्व स्वास्थ्य संगठन (WHO) र 'इन्स्टिच्युट फर हेल्थ मेट्रिक्स एन्ड इभ्यालुएसन' (IHME) द्वारा हालै (मे २०२६ मा) सार्वजनिक गरिएको सबैभन्दा नयाँ र विस्तृत अनुसन्धान अनुसार, विश्वभरका लगभग १५% मानिसहरू (अर्थात् प्रत्येक ७ जनामा १ जना) कुनै न कुनै प्रकारको मानसिक स्वास्थ्य समस्याबाट ग्रसित छन्। ​मानसिक स्वास्थ्य बिग्रनुका पछाडि धेरै कारणहरू हुन्छन्। तर, हामीले हाम्रो मस्तिष्क र भावनाहरूलाई नियन्त्रण वा व्यवस्थापन गर्न नसक्दा यसको सिकार भइने कुरामा कुनै दुईमत छैन। मानिसको मुड, भावना, र मानसिक स्वास्थ्यलाई नियन्त्रण गर्ने मस्तिष्क तथा शरीरका यी प्राकृतिक रासायनिक सन्देशवाहकहरूलाई मनोविज्ञानको भाषामा…
Read More
इग्नाइटर टिमद्वारा बाइबल पद कण्ठस्थ पहिलो चरणको प्रतियोगिता सम्पन्न

इग्नाइटर टिमद्वारा बाइबल पद कण्ठस्थ पहिलो चरणको प्रतियोगिता सम्पन्न

मेचीनगर । झापा स्थित इग्नाइटर टिमको आयोजनामा बाइबल पद कण्ठस्थ प्रतियोगिता २०८३ अन्तर्गत पहिलो चरणको छनोट कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। आज सम्पन्न कार्यक्रममा बाहुण्डागी इलाका ईसाई समाज र मेची इलाका ईसाई समाजका युवाहरुको उत्साहजनक सहभागिता रहेको थियो। प्रतियोगितामार्फत युवाहरुमा बाइबल अध्ययन, कण्ठस्थ गर्ने बानी तथा आत्मिक जीवनलाई अझ सुदृढ बनाउने उद्देश्य राखिएको आयोजकले जनाएको छ। कार्यक्रममा सहभागी युवाहरुले उत्साहपूर्वक बाइबलका पदहरू प्रस्तुत गरेका थिए भने उपस्थित दर्शकहरुले पनि कार्यक्रमको प्रशंसा गरेका थिए। यसैबीच, भोलि शनिबार र आइतबार मध्यपूर्व इलाका ईसाई समाज तथा सानीअर्जुन इलाका ईसाई समाजमा पनि उक्त प्रतियोगिता सञ्चालन हुने आयोजकले जानकारी दिएको छ। ्
Read More
मृत्यु अगाडि झुकेको मानव शक्ति, चेतना र अस्तित्वको अन्तिम सत्य

मृत्यु अगाडि झुकेको मानव शक्ति, चेतना र अस्तित्वको अन्तिम सत्य

 विशेष खोज, – होमराज राई, यो पृथ्वीको सबैभन्दा जिज्ञासु, सबैभन्दा चेतनायुक्त, र सायद सबैभन्दा विरोधाभासी प्राणी मानिस......!, । उसले आफ्नो बुद्धि, कल्पना, विज्ञान र अथाह इच्छाशक्तिको बलमा प्रकृतिलाई चुनौती दियो। उसले अन्धकार चिरेर प्रकाश निकाल्यो। समुद्र चिरेर महादेशहरू जोड्यो। आकाश नाप्यो, चन्द्रमामा पाइला टेक्यो, र अन्तरिक्षको असीम शून्यतामा आफ्नो अस्तित्वको छाप छोड्ने साहस गर्‍यो। उसले रोगहरूसँग युद्ध गर्‍यो, समयलाई घडीभित्र बाँध्यो, विद्युत् निर्माण गर्‍यो, परमाणुको रहस्य चिर्‍यो, कृत्रिम बुद्धिमत्तालाई जन्म दियो। उसले धर्म निर्माण गर्‍यो, दर्शन सिर्जना गर्‍यो, साहित्य लेख्यो, संगीतलाई आत्माको भाषा बनायो, र सभ्यतालाई इतिहासको महानतम उपलब्धिमा रूपान्तरण गर्‍यो। मानिसले पृथ्वीको स्वरूप नै बदलिदियो। तर एउटा सत्यको स्वरूप भने…
Read More
अमेरिकाविरुद्ध नेपालको शानदार जित

अमेरिकाविरुद्ध नेपालको शानदार जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज सम्पन्न खेलमा नेपालले अमेरिकालाई १२२ रनको फराकिलो अन्तरले पराजित गरेको छ । र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा ३१८ रनको लक्ष्य पछ्याएको अमेरिका ४१ दशमलव दुई ओभरमा १९५ रन बनाउँदा अलआउट भयो । अमेरिकालाई अलआउट गर्ने क्रममा सन्दीप लामिछानेले तीन विकेट लिए । साथै ललित राजवंशी, दीपेन्द्र सिंह ऐरी र गुल्शन झाले दुई÷दुई विकेट लिए भने सोमपाल कामीले एक विकेट हात पारे । अमेरिकाका लागि सञ्जय कृष्णमूर्तीले सर्वाधिक ५६ रन बनाए । साथै नोथुष केन्जिगेले २९, शयान जहाङ्गिरले २७, शेहान जयसूर्याले २६, कप्तान शैतेजा मुक्कामुल्लाले २२ रनको योगदान दिए…
Read More