Skip to main content

नयाँ तृष्णा

ह्वाट्सएपमा गज्जबको नयाँ फिचर आउँदै

[adsforwp id="2511"]

लोकप्रिय मेसेजिङ प्लाटफर्म ह्वाट्सएपले कम प्रकाशयुक्त ठाउँमा फोटोग्राफीलाई उत्कृष्ट बनाउनका लागि आफ्नो एन्ड्रोइड एपमा एक नयाँ फिचरको तयारी गरिरहेको छ ।

समाचार अनुसार उक्त नाइट मोड फिचर ह्वाट्सएपको नयाँ बिटा भर्सनको क्यामेरा इन्टरफेसमा देखिएको छ । उक्त फिचरको उद्देश्य कम प्रकाशमा उत्कृष्ट तथा सफासँग देखिने तस्वीर खिच्नु हो, ताकि कुनै बाहिरी फिल्टर आवश्यक नपरोस् ।

नाइट मोडले कसरी काम गर्छ ?

WABetaInfo का अनुसार WhatsApp Beta for Android v2.25.22.2 मा यो नयाँ फिचर देखिएको छ । यसको क्यामेरा इन्टरफेसको दायाँ माथिपट्टि कर्नरमा फ्लास आइकनकै छेउमा चन्द्रमा आकारको आइकन थपिएको छ ।

उक्त आइकनलाई ट्याप गरेपछि नाइट मोडलाई अन/अफ गर्न सकिन्छ । अर्थात् यो मोड अटोम्याटिक हुनेछैन र आफैले यसलाई खोल्न वा बन्द गर्न सकिनेछ ।

के गर्छ यो फिचरले ?

यो एउटा सफ्टवेयरमा आधारित अपडेट हो जसले कम प्रकाशमा खिचिएका तस्वीरको प्रष्टतालाई अझै उत्कृष्ट बनाउँछ । यसले खासगरी छायाँमा तस्वीरको विस्तृतता बढाउन सहयोग गर्दछ, जसबाट कुनै बाह्य प्रकाश विना पनि प्रष्ट तस्वीर खिच्न सकिन्छ । यो फिचर इन्डोर फोटोग्राफी वा रातमा तस्वीर खिच्ने प्रयोजनका लागि उपयोगी सावित हुनेछ ।

हाल गुगल प्ले बिटा प्रोग्रामका माध्यमबाट केही निश्चित बिटा प्रयोगकर्ताका लागि यो फिचर उपलब्ध गराइएको बताइएको छ । रिपोर्ट अनुसार आगामी केही हप्तामै धेरै प्रयोगकर्ताका लागि ह्वाट्सएपको उक्त फिचर प्राप्त हुन सक्नेछ ।

यद्यपि यसका केही समस्या पनि रहेका छन् । जस्तो कि नाइट मोडले अत्यधिक चमक वा विस्तृतता भएको तस्वीर तयार गर्दैन ।

निकै अँध्यारो वातावरणमा यसले तस्वीरको गुणस्तरमा सामान्य सुधार मात्रै गर्नसक्छ । अर्थात् यो कुनै व्यावसायिक फोटोग्राफी सेटअपको विकल्प होइन र हुन सक्दैन ।

तर, यो फिचरको माध्यमबाट ह्वाट्सएप प्रयोगकर्ताले अँँध्यारोमा पनि बाहिरी प्रकाशविनै सेल्फी वा अन्य तस्वीर खिचेर पठाउन वा भिडियो कल गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत गरिएको छ ।  बिहीबारको मन्त्रिपरिषद् बैठकले असोज ६ देखि १० सम्म संय...
अर्जेन्टिनाको समुद्र सुकेको होइन: भाइरल भिडियोको वास्तविकता के हो ?

अर्जेन्टिनाको समुद्र सुकेको होइन: भाइरल भिडियोको वास्तविकता के हो ?

काठमाडौँ — सामाजिक सञ्जालमा पछिल्लो समय अर्जेन्टिनाको समुद्र अचानक सुकेको, समुद्रको पानी हराएको तथा ठूलो प्राकृतिक विपत्ति आउन ला...
किरात राई यायोक्खा झापाको अध्यक्षमा गणेशबहादुर राई पुनः निर्वाचित

किरात राई यायोक्खा झापाको अध्यक्षमा गणेशबहादुर राई पुनः निर्वाचित

बिर्तामोड । किरात राई यायोक्खा झापाको नवौँ जिल्ला अधिवेशनबाट गणेशबहादुर राई पुनः अध्यक्षमा निर्वाचित हुनुभएको छ। अधिवेशनले राईको ...
काँकरभिट्टामा २०औँ मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवस, जिल्लास्तरीय भेला हुँदै

काँकरभिट्टामा २०औँ मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवस, जिल्लास्तरीय भेला हुँदै

काँकरभिट्टा, २०८३ भदौ १९ गते ।‘प्रविधिको सही प्रयोग : मानव बेचबिखनरहित राष्ट्र निर्माणमा ऐक्यबद्धता’ भन्ने नाराका साथ २०औँ मानव ब...