झापा । करीब साढे तीन महिनादेखि हराइरहेका मोरङको विराटनगर–८ मथुरा टोल निवासी ११ वर्षीय बालक दिप अग्रवालको सकुशल उद्धार गरिएको छ। काँकरभिट्टा नाकामा कार्यृरत सामाजिक संस्था नव अभियान नेपाल र भारतको कोलकातामा अवस्थित नेपाली दूतावासको संयुक्त पहलमा बालकलाई फेला पारेर आज काँकरभिट्टा इलाका प्रहरी कार्यालयमा ल्याइ उनको दिदी खुसी अग्रवालको जिम्मा दिइएको हो। बालक अग्रवाल हराएपछि विभिन्न निकायमार्फत खोजीकार्य भइरहेको थियो। नव अभियान नेपाल र नेपाली दूतावास कोलकाताको समन्वयमा भएको खोजी तथा उद्धार अभियान सफल भई बालकलाई सुरक्षित रूपमा घर फिर्ता गराइएको नव अभियान नेपाल शाखा काँकरभिट्टाका प्रमुख कुमार बस्नेतले नयाँ तृष्णा डटकमलाई जानकारी दिनुभयो । बालकको पुनर्मिलनप्रति परिवारजनले खुसी…
मेचीनगर । प्रेस क्लब मेचीनगरको आयोजना तथा मेचीनगर नगरपालिकाको आर्थिक सहयोगमा तीन दिवसीय एआईसम्बन्धी तालिम सम्पन्न भएको छ। काँकरभिट्टा स्थित होटल नमस्ते बर्मेली टोलमा शुक्रबारदेखि सञ्चालन भएको तालिम आइतबार समापन गरिएको हो। तालिमको पहिलो दिन सञ्चार क्षेत्रका विज्ञ भानुभक्त आचार्यले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) विषयमा प्रशिक्षण दिएका थिए। दोस्रो र तेस्रो दिन भिडियो इडिटिङ सम्बन्धी विषयमा शितल प्रसाद मण्डलले प्रशिक्षण दिए भने डिजिटल पत्रकारितामा कानूनी जटिलताबारे तारामणि सापकोटाले प्रशिक्षण प्रदान गरे। तालिमको समापन कार्यक्रममा प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले यस्ता तालिमहरुले नगरका पत्रकार तथा सञ्चारकर्मीहरुको क्षमता अभिवृद्धिमा सघाउ पुर्याउने विश्वास व्यक्त गरे। उनले तालिममा प्राप्त ज्ञान लेखनी तथा व्यवहारमा…
काठमाडौँ। ‘भ्वाइस अफ नेपाल’को छैटौं सिजनको उपाधि प्रशेष पाण्डेले जितेका छन् । शुक्रबार भएको ग्राण्ड फिनालेमा पाण्डे विजेता घोषित भएका हुन् । विजेता भएसँगै पाण्डेले भ्वाइसबाट २० लाख नगद प्राप्त गरे प्रशेषले टीम खेम सेन्चुरीको समूहबाट प्रतिनिधित्वगरेका थिए। यस्तै कोच मेलिना राईको समूहबाट खोटाङका रोशन राई फस्ट रनरअप घोषित भए । कोच राजु लामाको समूहका इलामका प्रमेश राई सेकेन्ड रनरअप घोषित भए । कोच उदय सोताङको समूहबाट प्रतिस्पर्धी गरेकी सिक्किमकी अर्पणा आचार्य थर्ड रनरअप घोषित भइन् । विजेतालाई हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसाल लगायतका अतिथिले पुरस्कार प्रदान गरेका थिए ।
झापा / झापाकाे मेचीनगरमा आदिवासी जनजाति तेस्रो बृहत् साँस्कृतिक महोत्सवमा शुरु भएको छ । प्रतिनिधि सभाका उप- सभामुख इन्दिरा राना मगरले सबै जात – जातीले अधिकार प्राप्तिका लागि निरन्तर लाग्न आग्रह गर्नु भएकाे छ । झापाकाे मेचीनगरमा आदिवासी जनजाति तेस्रो बृहत् साँस्कृतिक महोत्सवमा राना मगरले सबै जात- जातीकाे भावनाकाे कदर गर्न सक्नु पर्नेमा जाेड दिनु भयाे । आदिवासी जनजाति महासंघ मेचीनगर समितिले आयोजना गरेकाे साँस्कृतिक महोत्सवकाे प्रमख अतिथि उप- सभामुख इन्दिरा राना मगरले शान्तिकाे प्रतिक परेवा उडाएर समदघाटन गर्नु भएकाे हाे । मेचीनगरका १८ जातजातिको साँस्कृतिक पहिचान सहितकाे संस्कृतिक प्रस्तुती रहकाे छ। १८ भन्दा बढी स्टल रहेका छन। ‘त्यस बाहेक…
लन्डन । स्कटल्याण्डबाट एउटा यस्तो घटना बाहिर आएको छ, जसले सबैलाई चकित बनाएको छ । बिहेको तयारीमा व्यस्त रहेकी एउटी युवती क्रिस्टिना मार्कले आफ्नो हुने ससुरा आफ्नो पूर्व प्रेमी अरु कोही नभएको थाहा पाएपछि उनको हुनेवाला नयाँ संसार नै चकनाचुर भएको छ । यो सनसनीपूर्ण गोप्य खुलासाले युवती र उनको प्रेमीबीचको सम्बन्धमा मात्रै तनाव उत्पन्न भएको छैन, परिवारमा पनि ठुलो हंगामा मच्चिएको छ । पोडकास्टमा आफ्नो कथा साझा गर्दै ती महिलाले भनिन् कि केही समय पहिले उनले अनलाइन डेटिङ एपमा एक युवकलाई भेटेकी थिइन । बिस्तारै कुराकानी बढ्यो, मित्रता गहिरियो र त्यसपछि यो सम्बन्ध प्रेममा परिणत भयो। दुवैले विवाह गर्ने…
तरुण राई, मेचीनगर । `हिमनदी संरक्षण’ भन्ने मूल नाराका साथ आज सरसफाइ कार्यक्रम गरी पानी दिवस मनाएकाे छ । धुलाबारी। एक्का नेपाल र वार्ड कार्यालयको सहयोगमा 'परिवर्तनका लागी यूवा' समुहद्धारा मेचीनगर नगरपालिका -१०, धुलाबारी अवस्थित बुद्ध विकास टोलमा रहेको हट बजार क्षेत्र र टिमाई नदीको सरसफाइ सहित ‘हिमनदी संरक्षण’ सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरेर 'विश्व पानी दिवस २०२५' सम्पन्न भएको छ। 'परिवर्तनका लागी यूवा'का काउन्सेलर सरिता घिमिरेले पछिल्ला दिनमा जलवायु परिवर्तनका कारण हिमनदी सुक्दै गएको र त्यसले मानव जीवन र समग्र प्रकृतिमाथि ठूलो चुनौती थपिरहेको भन्ने आत्मबोधका साथ यस पटक पानी दिवसको मूल नारा नै हिमनदीको संरक्षण राखिएको जानकारी गराउनको…
महोत्तरी । नेपाली, भोजपुरी, मैथिली लगायत विभिन्न भाषामा गीत गाएर साङ्गीतिक क्षेत्रमा राम्रो नाम कमाइसकेका लोकप्रिय गायक रुद्रसेन विश्वकर्माको भोजपुरी गीत ‘दे दन प्यार गोरी’ को भिडियो सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको जोडीले दर्शकको मन लोभ्याउने प्रस्तुति दिएका छन् । गीतमा रुद्रसेन विश्वकर्मा र प्रतिमा अर्यालको स्वर सुन्न सकिन्छ । गीतका शब्द र संगीत पनि रुद्रसेनकै सिर्जना हुन् भने भिडियोको नृत्य निर्देशन प्रदीप कुमार रसाइलीले गरेका छन् । छायांकन ज्ञानेन्द्र शर्मा र उनको टिमले काठमाडौंमा सम्पन्न गरेका हुन् । गीतको निर्माण निर कुमारी विश्वकर्मा 'सविना'ले गरेकी हुन् । एरेन्जिङ, मिक्सिङ र मास्टरिङ प्रमोद…
काठमाडौं । गायिका मेलिना राईले लगनगाँठो कस्ने भएकी छन् । लमजुङका डा. ध्रुव गुरुङसँग उनको विवाह हुन लागेको निकटस्थ स्रोतले बतायो । गुरुङ पेसाले चिकित्सक हुन् । स्रोतका अनुसार उनीहरूले छोटो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् । हालै उनीहरूको इन्गेजमेन्ट भएको छ । उनीहरूले जातीय पहिरनमा इन्गेजमेन्ट गरेको तस्बिर र भिडिओहरू सार्वजनिक भएका छन् । भोलि पारिवारिक जमघटका बीच विवाह हुने स्रोतले बतायो । केही समयअघि राईले एक गिटारिस्टसँगको इन्गेजमेन्ट तोडेकी थिइन् ।
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेका छन् । उनले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा बुधबार उक्त अध्यादेश जारी गरेका हुन् । यसअघि यही सोमबार राष्ट्रपति पौडेलले गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार विभिन्न चारवटा विधेयक जारी गरेका थिए । तर भूमिसम्बन्धी अध्यादेश भने केही अध्यय गर्नुपर्ने जरुरी भएकाले जारी नभएको शीतल निवासले जनाएको थियो । तर उक्त अध्यादेश पनि बुधबार जारी भएसँगै सरकारबाट सिफारिस सबै ५ अध्यादेशले अब कानुनको रुप लिएका छन् । यसअघि सोमबार नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम ‘सुशासन प्रवद्र्धधन तथा…
बिर्तामोड । रिया शर्मा नेपाली अन्डर–१९ टिमकी बलर हुन् । १६ वर्षीया रियाले दायाँहाते लेग ब्रेक बलिङ गर्ने गर्छिन् । झापा धुलाबारीमा जन्मिएकी रियाले १२ वर्षको उमेरदेखि क्रिकेट खेल्न थालेकी हुन् । स्कुलमा क्रिकेट खेल्दै गर्दा एकेडेमीमा पनि खेल्न थालेको र त्यसपछि उनको क्रिकेट यात्रा सुरू भएको थियो । उनले पिएम कपमा कोशी प्रदेशको टिमबाट खेलेकी छन् । त्यसपछि अन्डर–१९ टिममा परेकी थिइन् । विश्वकप छनोटका बेलादेखि नेपालको अन्डर–१९ टिममा रहेकी रियाले अन्डर–१९ एसिया कप पनि खेलिन् । पहिलोपटक विश्वकप खेल्न लाग्दा नर्भस पनि भएको र उत्साहित पनि उत्तिकै रहेको उनको भनाइ छ । धेरैभन्दा धेरै विकेट लिएर राम्रो प्रदर्शन…