Skip to main content

नयाँ तृष्णा

रोचक

माइती नेपाललाई एक करोड दिने प्रधानमन्त्री ओलीकाे घोषणा

माइती नेपाललाई एक करोड दिने प्रधानमन्त्री ओलीकाे घोषणा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक संस्था माइती नेपालको गौशलास्थित केन्द्रीय कार्यालयमा आज स्थलगत अवलोकन गरी उक्त संस्थाको अक्षय कोषमा एक करोड रूपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । चेलिबेटी बेचबिखनविरुद्ध लामो समयदेखि कार्यरत सो संस्थाका गतिविधिबारे संस्थापक अनुराधा कोइरालासहितका पदाधिकारी, आश्रित महिला र बाल बालिकासँगको छलफलपछि सरकारले नै गर्नुपर्ने काममा यस संस्थाले सघाइरहेकाले यसको अक्षय कोष वृद्धि गर्ने घोषणा गरेका हुन । प्रधानमन्त्री ओलीले अवलोकनमा क्रममा देखेका र सुनेका समस्यालाई समाधानका लागि सरकारका तर्फबाट गम्भीरतापूर्वक पहल गर्ने विश्वास दिलाउँदै सो संस्थाका काम र प्रयासप्रति प्रशंसा व्यक्त गरेका थिए । नागरिकको रक्षा र हेरचाहको जिम्मेवारी सरकारको भए पनि विविध…
Read More
झापामा मनाइयो आठौं राष्ट्रिय भाक्का दिवस (तस्विर सहित)

झापामा मनाइयो आठौं राष्ट्रिय भाक्का दिवस (तस्विर सहित)

Share झापा । झापामा आठौं राष्ट्रिय भाक्का (भाका) दिवस सोमबार हर्सोल्लासका साथ मनाइएको छ। जिल्लाको बिर्तामोड, भद्रपुर, बाह्रदशीसहित विभिन्न स्थानमा भक्का दिवस हर्सोउल्लासका साथ मनाइएको हो। झापाको बिर्तामोडमा रहेको डोमालाल राजवंशी रंगशालामा भब्यताको साथ भाक्का दिवस मनाइएको छ । राजवंशी समाज झापाको आयोजनामा विभिन्न नगरपालिकाहरु मिलेर एकसाथ भाक्का दिवस मनाएको हो । कार्याक्रममा विभिन्न पालिका ब्यवसायकर्मीहरुले आर्थिक सहयोग गरेका थिए । कार्यक्रमको उद्देश्य भनेको भाक्कालाई ब्यबसाय र सांकृतिक पहिचानकोरुपमा खाजालाई प्रयोगमा जोड दिएको छ । कार्यक्रममा विभिन्न नेता समाजसेवीले शुभकामना दिएका थिए । कार्यक्रमको अध्यक्षता राजवंशी बिकास समाजका अभय राजवंशीले गरेका थिए । प्रमुख अतिथि खानेपानी, सिंचाई तथा ऊर्जा मन्त्रि…
Read More

सर्वोत्कृष्ट नेपाली खेलाडी बने दीपेन्द्र, पाए कार

६ पुस, काठमाडौं । सुदूरपश्चिम रोएल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले नेपाल प्रिमियर लिग (एनपीएल) मा कार पुरस्कार पाएका छन् । आफ्नो नेतृत्वमा सुदूरपश्चिमलाई फाइनलसम्म पुर्‍याएका दीपेन्द्रले टिम उपविजेता बनेपनि व्यक्तिगत उपलब्धी भने हात पारे । उनले एनपीलको नेपाली खेलाडीतर्फ प्लेअर अफ दि सिरिज बन्दै ओमोडा ई ५ कार पुरस्कार प्राप्त गरेका हुन्   । ललित राजवंशी रोहित पौडेल पनि कारको होडमा भएपनि दीपेन्द्रले बाजी मारे । टिमले उपाधि जित्न नसकेपनि दीपेन्द्रले कप्तानी देखि ब्याटिङ बलिङ र फिल्डिङ तीन क्षेत्रमा उत्कृष्ट अलराउण्ड प्रदर्शन गरेका थिए । कप्तान भए पनि विना दबाब खेल्ने र आवश्यक परेका बेला ब्याटिङ बलिङ र फिल्डिङ जता पनि…
Read More
पत्रकार महासंघको ६९ वर्षीय लामो इतिहास :  पहिलोपटक महिला  शर्मा अध्यक्षमा विजयी, महासचिवमा दाहाल

पत्रकार महासंघको ६९ वर्षीय लामो इतिहास : पहिलोपटक महिला शर्मा अध्यक्षमा विजयी, महासचिवमा दाहाल

३० मंसिर , काठमाडौं । नेपाल पत्रकार महासंघको ६९ वर्षीय लामो इतिहासमा पहिलोपटक महिला नेतृत्व स्थापित भएको छ । महासंघको गत शुक्रबार सम्पन्न महाधिवेशनले अध्यक्षमा वरिष्ठ सञ्चारकर्मी निर्मला शर्मालाई निर्वाचित गरेको छ। शर्मा १३ हजार पत्रकारको कमान्ड सम्हाल्ने पहिलो महिला सञ्चारकर्मी बन्नुभएको छ। तीन दशकदेखि नेपाली पत्रकारितामा सक्रिय रहँदै आउनुभएकी शर्माले सञ्चारिका समूह तथा दक्षिण एसियाली स्वतन्त्र पत्रकार संघ (साफ्मा) मा समेत सफल नेतृत्व दिइसक्नुभएको छ। शर्मा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको संयुक्त व्यावसायिक प्यानलबाट चुनावी मैदानमा उत्रनुभएको थियो। शर्मा नेतृत्वको प्यानलले रमेश विष्ट नेतृत्वको समूहलाई पराजित गर्दै जित हासिल गरेको हो । शर्मा नेतृत्वको प्यानलमा रहेकाहरू अधिकांशले…
Read More
झापाबाट केन्द्रीय परिसद् सदस्यमा सुब्बा र कार्की निर्वाचित

झापाबाट केन्द्रीय परिसद् सदस्यमा सुब्बा र कार्की निर्वाचित

२९ मंसिर, झापा । नेपाल पत्रकार महासंघको केन्द्रीय परिसद् सदस्यमा झापाबाट  २ जना निर्वाचित भएका छन् भने २ जना निर्विरोध  भए । महासंघ झापाको राति १० वजे सम्पन्न केन्द्रीय परिसद् सदस्यको मतपरिणाम अनुसार केन्द्रीय परिसद् सदस्यमा विष्णु सुब्बा र अर्जुन कार्की निर्वाचित भएका हुन् । निर्वाचन अधिकृत शिरो सान्दाईले केन्द्रीय परिसद् सदस्य पदमा विष्णु सुब्बाले १०१ र अर्जुन कार्कीले ९९ मत ल्याएर निर्वाचित भएको जानकारी दिए । केन्द्रीय परिसद् सदस्य पदका प्रतिस्पर्धीहरु कमन देवानले २८, नेत्रविक्रम विमलीले, पर्वत पोर्तेलले ६४ र होमप्रकाश अधिकारीले ५६ मत मात्र प्राप्त गरेको निर्वाचन अधिकृत सान्दाईले बताए । झापाबाट ४ जना केन्द्रीय परिसद् सदस्यमा ८…
Read More
चीनका विद्यालय र विश्वविद्यालयमा अब ‘लभ र रोमान्स पढाइने

चीनका विद्यालय र विश्वविद्यालयमा अब ‘लभ र रोमान्स पढाइने

२१ मंसिर, बेइजिङ । अहिले चीनको सबैभन्दा ठूलो समस्या देशको घट्दो जन्मदर हो, जसलाई लिएर सरकार निकै चिन्तित छ । चिनियाँ सरकारले यसको समाधान खोज्न निरन्तर प्रयास गरिरहेको छ। यसै सन्दर्भमा सरकारले अब कलेज र विश्वविद्यालयबाट ‘लभ एजुकेशन’ कार्यक्रम सुरु गर्ने सोच बनाएको छ । यसले विवाह, प्रेम र पारिवारिक जीवनमा सकारात्मक प्रभाव पार्ने सरकारको अपेक्षा छ । यो पहल चीनले लगातार दोस्रो वर्ष जनसङ्ख्यामा आएको गिरावटको सामना गरिरहेको बेला गरिएको हो। जसका कारण सरकारी श्रोत र अर्थतन्त्रमा वृद्धवृद्धाको प्रभावको चिन्ता बढ्दै गएको छ । तपाईलाई भनौं कि करिब १.४ अर्ब अर्थात् १४० करोड जनसंख्या भएको चीन विश्वको दोस्रो ठूलो…
Read More
जनताको समस्यामा चाँडै पुग्न नगर प्रहरीलाई गाडी

जनताको समस्यामा चाँडै पुग्न नगर प्रहरीलाई गाडी

२१ मंसिर , मेचीनगर । जनतालाई परेको समस्यालाई छिटो र सहज ढंगले सुरक्षा दिन खटिएका नगर प्रहरीलाई नगरपालिकाले आज गाडी उपलब्ध गराएको छ । विहीबार विहान मेचीनगर नगरपालिका कार्यालयको परिसरमा एक कार्यक्रमको आयोजना गरेर नगर प्रहरीलाई गाडी जिम्मा दिईएको हो । मेयर गोपालचन्द्र बुढाथोकी, उपमेयर मीना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती लगायतले नगर प्रहरीलाई गाडीको चावी बुझाईएको हो । जिम्मेवारीलाई समयमै कार्यन्वयन गर्न, काममा सहजता होस र जनताका समस्यालाई सहज ढंगले कार्यान्वयन गर्न भनेर नगर प्रहरीलाई सवारी साधन दिएको मेयर बुढाथोकी बताए । उपमेयर उप्रेतीले न्यायिक समितिले गरेका निर्णय तथा बजारमा हुने कालोबजारी, खाद्य…
Read More
मसिने र त्यो “रंगीन कागज”

मसिने र त्यो “रंगीन कागज”

खोज – तरुण राई, ए भामारा, तेरो आउने समय यही हो ? आकाशको घामलाई हेर त कहाँ पुगीसक्यो ? मैले तँलाई हिजो नै भनेको होइन ? भोली बिहानै आइजा भनेर, तँलाई थाहा भाकै हो आज रोपाँई छ, कति धेरै काम हुन्छ भनेर आधा काम गरिसक्यो ...... । मसिने ठुलो काजीको घरको गेटबाट आँगनमा पाइला मात्र के टेकेको थियो, मसिनेलाई देख्नसाथ ठूलो काजी रिसले रातो पिरो भएर गाली गर्न थाल्यो, हुन त यस्ता गाली मसिनेको लागि कुनै नयाँ कुरा थिएन र नभएर नै होला उसले यसलाई समान्य प्रकारले लिँदै त्यसको बेवास्ता गर्दै अलिक अदार तथा डरको भान देखाउँदै आफ्नो शिरमा भएको…
Read More
प्रहरी अतिरिक्त महानिरीक्षकद्वय गुरुङ र ढकाललाई दर्ज्यानी चिन्ह प्रदान

प्रहरी अतिरिक्त महानिरीक्षकद्वय गुरुङ र ढकाललाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षकद्वय बुद्धिराज गुरूङ र केदार ढकाललाई आज दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।   नेपाल सरकार मन्त्रिपरिषद्को यही मङ्सिर ६ गतेको निर्णयअनुसार प्रहरी नायब महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका गुरुङ र ढकाललाई आज प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले दर्ज्यानी चिन्ह प्रदान गरेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । प्रहरी महानिरीक्षक कुँवरले सङ्गठनको हितको लागि सकल दर्जाको सामूहिक प्रतिबद्धता आवश्यक रहेको उल्लेख गर्दै आ–आफ्नो जिम्मेवारी र भूमिकामा सदैव क्रियाशील, चिन्तनशील र दृढ सङ्कल्पित रहन निर्देशन दिए । समाजमा कानुनी शासनको प्रयात्याभूति दिलाउनु प्रहरीको…
Read More
यूएईलाई पराजित गर्दै नेपाल यू-१९ महिला विश्वकपमा छनोट

यूएईलाई पराजित गर्दै नेपाल यू-१९ महिला विश्वकपमा छनोट

२८ कात्तिक, काठमाडौं । नेपाल यू-१९ महिला टी-२० विश्वकपमा छनौट भएको छ । आज भएको अन्तिम खेलमा युएईलाई ८ विकेटले पराजित गर्दै नेपाल विश्वकपमा पुगेको हो । युएईले दिएको ८४ रनको लक्ष्य पछाएको नेपालले १४.३ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गर्दै प्रतियोगितामा शिर्ष स्थानमा रहदै विश्वकपमा छनौट भएको हो । यसअघि नेपालले टस हारेर पहिला बलिङ गर्दै शानदार बलिङ गरेर युएईलाई २० ओभरमा ९ विकेट गुमाउदै ८३ रनमा रोकेको थियो । यू-१९ महिला टी-२० विश्वकप आगामी जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा हुदै छ । १६ देशले भाग लिने यस विश्वकपमा १५ देशको टुंगो यसअघि नै लागिसकेको थियो…
Read More