१८ कार्तिक, ललितपुर। संस्कृति संरक्षण र प्रवर्द्धनमा क्रियाशील ललितपुरका दुई युवालाई राेट्रयाक्ट क्लब अफ ललितपुरले सम्मान गरेको छ । नेपाल संवत् ११४५ काे अवसर पारेर पाटन दरबार क्षेत्रमा आयोजित एक समाराेहका बीच साम्राज्यदेव श्रेष्ठ र सुप्रिन्स शाक्यलाई सम्मान गरिएकाे हाे । संस्कृति संरक्षण र प्रवर्द्धनका लागि युवा नारा राखेर उनीहरूलाई सम्मान गरिएकाे क्लबका अध्यक्ष शाेभना शाक्यले जानकारी दिईन् । साे अवसरमा ललितपुर महानगरपालिकाका कार्यवाहक मेयर मञ्जरी शाक्यले दाेसल्ला अाेढाई सम्मानपत्र प्रदान गरिन् । श्रेष्ठ लिच्छविकाल राजा मानदेवले स्थापना गरेको सांस्कृतिक धराेहरका रूपमा रहेकाे मानमानेश्वरी भवानीकाे खड्गजात्रासंग सम्बन्धित मूछें अागंछेका मुख्य गुठीयार हुन्। याे जात्रा दशै समयमा हुने गर्दछ।२४ वर्षदेखि राेकिएकाे याे परम्परा…
१४ कार्तिक, काठमाडौं । साफ वुमन्स च्याम्पियनसिपमा बंगलादेशविरुद्ध नेपालले गोल फर्काएको छ । बंगलादेशले गोल गरेको ४ मिनेटपछि नै नेपालकी अमिशा कार्कीले गोल फर्काएकी हुन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा बंगलादेशले ५२ औं मिनेटमा अग्रता लिएको थियो । बंगलादेशकी मोनिका चक्माले गोल गरेकी थिइन् । त्यसको ४ मिनेटपछि नेपालले गोल फर्काएको हो ।
११ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई दिएको छ । संविधान संशोधन गरेर चुच्चे नक्सा जारी भएपछि चुच्चे नक्सा अंकित गरेर पहिलो पटक नयाँ नोट छाप्न लागिएको हो । नेपाल सरकार मन्त्रिपरिषद्ले गत वैशाखमा नेपाल राष्ट्र बैंकलाई १०० रुपैयाँ दरको नोटको डिजाइन परिर्वतन गर्ने स्वीकृति दिएको थियो । ७ जेठ २०७७ मा संविधान संशोधन मार्फत नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेत समेटेर नेपालको नयाँ नक्सा जारी गरेको थियो । १०० रुपैयाँ दरको नेपाली नोटमा नेपालको नक्सा अंकित भएकोले डिजाइन संविधान संशोधनसँगै १०० रुपैयाँ दरको नोटको डिजाइन पनि परिवर्तन…
५ कार्तिक, काठमाडौँ । नेपालले साफ महिला च्याम्पियनसिप अन्तर्गत माल्दिभ्सविरुद्ध शानदार जित हासिल गरेको छ । सोमबार दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले माल्दिभ्सको पोष्टमा ११ गोल गरेको थियो । नेपालको सामु माल्दिभ्सको टिम निरीह जस्तो देखिएको थियो । नेपालको जितमा रेखा पौडेलले ५ गोल गरेकी थिइन् भने प्रिती राईले ३ गोल गरेकी थिइन् । त्यस्तै अनिता केसी, सबिता राना मगर र अमिशा कार्कीले एक एक गोल गरेका थिए । यो जितपछि समूह बी मा रहेको नेपालको ४ अंक भएको छ र शिर्ष स्थानमा उक्लिएको छ । समूह बी मा भुटानको पनि ४ अंक रहेको छ र गोल अन्तरका आधारमा दोस्रो…
२८ असोज, मेचीनगर । काँकरभिट्टाको कृपा फ्रि मेथोडिष्ट चर्च भवनमा महान आज्ञा कार्यशाला गोष्टि सम्पन्न भएको छ । सोमबार अनाथ, असाहाय बाल–बालिका,एकल महिला र गरीव बालबालिकाहरुको सेवा गर्ने उद्देय र यस कार्यशालाको मुख्य थिम नै “आफ्नो छिमेकीलाई आफूलाई झै प्रेम गर” भन्ने रहेकाले सबैले यस अर्गनाइजेसनको भिजनलाई साथ दिनुपर्ने संस्थाका निर्देशक रेभ.सिमसन तामाङ्गले बताउनु भयो । ग्लोवल अर्फन रिलिफ अर्गनाइजेसनको आयोजनामा भएको गोष्ठिमा अनाथ, असाहाय, असक्त बाल–बालिकाहरुमाभफ सेवा गर्ने उद्देश्यले नेपालमा स्थापना भएको निर्देशक तामाङ्गको भनाइ छ । कार्यक्रममा बाल–बालिका सम्बन्धि नेपालका कानूनी परामर्शदाता, बाल–मनोबैज्ञानिक तथा सामाजिक ब्यक्तित्वहरुबाट प्रशिक्षण लिएका थिए । संस्थाका निर्देशक तामाङ्गले दर्शन त्यसको कामबारे प्रस्ट्याएका थिए…
२४ आश्विन , काठमाडौं, असोज २४ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा आज सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह हुँदैछ । बडादसैँको सातौं दिन आयोजना हुने फूलपाती बढाइँ कार्यक्रममा सैनिक परेड मुख्य आकर्षण रहनेछ । राष्ट्रपति पौडेल नेपाली सेनाको परमाधिपति हुन्। बढाइँ कार्यक्रममा सैनिक हेलिकोप्टरद्वारा पुष्पवृष्टिका साथै राष्ट्रिय गीतसहित विभिन्न धुन प्रस्तुत हुनेछ । सेनाले फूलपाती बढाइँअन्तर्गत राइफलबाट लहरे र एकठ्ठा तथा तोपबाट पनि बढाइँ प्रस्तुत गरिने छ । समारोहमा प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष, उपप्रधानमन्त्री एवं रक्षामन्त्रीलगायत विशिष्ट व्यक्ति सहभागी हुनेछन् । बडादसैंका सन्दर्भमा गरिने फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने विशिष्ट मौलिक कार्यक्रम मानिन्छ । नेपाली…
५ आश्विन , झापा । बुद्धशान्ति प्रेस क्लबले झापा मिडिया कप २०८१ को आयोजना गर्ने भएको छ । प्रतियोगितामा झापाका ६ वटा पालिकास्तरका प्रेस क्लब र नेपाल खेलकुद पत्रकार मञ्च झापाको टिम सहभागी रहने क्लबका अध्यक्ष तीर्थ तिम्सिनाले बताए । उनका अनुसार प्रतियोगितामा आयोजक बुद्धशान्तिसहित अर्जुनधारा, मेचीनगर, कनकाई र भद्रपुर प्रेस क्लबले प्रतिस्पर्धा गर्ने छ । त्यस्तै पत्रकार मञ्च दमक र खेलकुद पत्रकार मञ्च झापा सहभागी हुनेछन् । प्रतियोगिताको प्रथम पुरस्कार ट्रफी, मेडल र प्रमाण पत्र सहित नगद २५ हजार रहेको छ । त्यस्तै द्वितिय पुरस्कार पनि ट्रफी, मेडल र प्रमाण पत्र सहित नगद १५ हजार रहेको खेल संयोजक नारायण…
२ असाेज, झापा । जैतुन छाँया लाइभ कन्सर्ट (सिजन–३ एपिसोड–२ ) पासाङ्ग ल्हामु स्मृति जेसिस सामुदायीक सभाहल धुलावारीमा हुने भएको छ । भाेलि बिहीबार हुने निश्चित भएको हुँदा कन्सर्ट लागि प्रमुख व्यक्तित्व नेपाली ईसाई जगतका प्रख्यात गायक एड्रिन देवान तथा द सोजुनर्स ब्याण्ड बिर्तामोड आइपुगेका छन् । ब्याण्डका प्रमुख व्यक्तित्व एड्रिन देवानले आराधना र सुसमाचारिय आत्मिक कन्सर्ट भएको बताएका छन् । र याे कार्यक्रम फलदायी र आशिषमय हुने उनको भनाइ छ । जैतुन छाँयाले ख्रीष्टिय आत्मिक ज्ञान, अनन्तकाे सत्यताहरुकाे शब्द संगीत र स्तुतिगानको उत्कृष्ट प्रस्तुतीद्वारा आजको बिकृतिले जगडिएकाे संसारीक सन्जालहरुबाट ख्रीष्टकाे प्रेमको उत्कृष्ट साैगातहरु जवानहरुमा पस्कनु हाम्रो उद्देश्य रहेको छ…
१ असोज, मेचीनगर । झापा मेचीनगरका युवा जयराम दाहालले आइल्याण्ड पिक हिमालको सफल आरोहण गर्नु भएको छ । मेचीनगर १५ ज्यामिरगढीका दाहालले १७ सेम्टेम्बर अर्थात असोज १ गते आज बिहान उक्त हिमालको सफल आरोहण गर्न सफल हुुनु भएको हो । सोलुखुम्बु जिल्लाको सगरमाथा हिमाल क्षेत्रमा नै रहेको ६ हजार एक सय ६५ मिटर उचाईको आइल्याण्ड पिक हिमालको टुप्पोमा आज विहान ९ः३० बजे पुग्न सफल भएको दाहालले सेतोपत्रलाई बताउनु भयो । २७ बर्षे युवा दाहालले आइल्याण्ड पिक हिमालको सफल आरोहणका लागि १४ दिन लागेको वहाँले बताउनु भयो । भदौ १९ गते हिमाल आरोहणका लागि सुरुवात गर्नु भएका दाहाल असोज १ गते शिखरमा…
१८ भाद्र, काठमाडौं । प्रकाश तामाङ ‘काले’ ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरेका छन्। सोमबार साँझ प्रकाशले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई भेट गरेका हुन्। ‘हेर्ने कथा’ बाट आफ्नो परिवारको सम्पर्कमा पुगेका प्रकाशलाई आइतबार प्रशासनका अधिकारीले प्रकाशलाई उनको घर भोजपुर षडानन्द नगरपालिका-१० छाप्लेगाउँ (साम्पाङ) मा पुगेर नागरिकता दिइसकेका छन्। प्रधानमन्त्री ओलीले प्रकाशको नागरिकता बनिसकेकाले अब उनलाई अन्य कुरामा पनि सहज हुने बताएका छन्।