Skip to main content

नयाँ तृष्णा

संस्कृति संरक्षणमा क्रियाशील दुई युवाको सम्मान

[adsforwp id="2511"]

ललितपुर। संस्कृति संरक्षण र प्रवर्द्धनमा क्रियाशील ललितपुरका दुई युवालाई राेट्रयाक्ट क्लब अफ ललितपुरले सम्मान गरेको छ । नेपाल संवत् ११४५ काे अवसर पारेर पाटन दरबार क्षेत्रमा आयोजित  एक समाराेहका बीच साम्राज्यदेव श्रेष्ठ र सुप्रिन्स शाक्यलाई सम्मान गरिएकाे हाे  ।

संस्कृति संरक्षण र प्रवर्द्धनका लागि युवा नारा राखेर उनीहरूलाई सम्मान गरिएकाे क्लबका अध्यक्ष शाेभना शाक्यले जानकारी दिईन् । साे अवसरमा ललितपुर महानगरपालिकाका कार्यवाहक मेयर मञ्जरी शाक्यले दाेसल्ला अाेढाई सम्मानपत्र प्रदान गरिन् ।

श्रेष्ठ लिच्छविकाल राजा मानदेवले स्थापना गरेको सांस्कृतिक धराेहरका रूपमा रहेकाे मानमानेश्वरी भवानीकाे खड्गजात्रासंग सम्बन्धित मूछें अागंछेका मुख्य गुठीयार हुन्। याे जात्रा दशै समयमा हुने गर्दछ।२४ वर्षदेखि राेकिएकाे याे परम्परा विगत ७ वर्षदेखि निरन्तर सञ्चालन भईरहेकाे छ ।

याे जात्रा सञ्चालनमा श्रेष्ठ र उनकाे परिवारकाे याेगदान समेत सम्मानपत्रमा उल्लेख गरिएकाे छ ।

त्यस्तै शाक्य विगत अाठ वर्षदेखि अष्टमातृका नाचमा देवगण भूमिका निर्वाह गर्दै अाएका छन् भने कार्तिक नाचमा सक्रिय रहेका छन् ।

सांस्कृतिक क्षेत्रमा किशाेरकिशाेरी र युवापुस्तामाझ लाेकप्रिय शाक्य सामाजिक सञ्जालकाे अधिकत्तम प्रयाेग मार्फत  उपत्यका विभिन्न जात्रा, पर्वकाे प्रवर्द्धन र प्रचारप्रसारमा सक्रिय छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक...
लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरण...
फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चा...
पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

काठमाडौँ, । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर...